मधेसलाई हेर्ने दृष्टिकोण

August 30, 2006 at 11:50 am 2 comments

कितावः मधेसः समस्या र सम्भावना
सम्पादकः वसन्त थापा र मोहन मैनाली
प्रकाशकः सोसल साइन्स वहाः
ललितपुर, २००६
पृष्ठः १५३+ मूल्यः रु.१७५

 book2.jpg

नेपालको कुल जनसङ्ख्याको आधा मानिस मधेसमा बसोबास गर्छन्। यो भू–भागलाई देशको अन्नभण्डार पनि मानिन्छ। तथ्याङ्क विभागले उल्लेख गरेको नेपालका ९२ भाषाभाषिकामध्ये १५ वटा तराई वा मधेसमा बोलिन्छन्। आर्थिक विकासको मेरुदण्ड मानिने धेरैजसो उद्योगधन्दा पनि मधेसमै स्थापित छन्। तर पनि त्यहाँका जनताले राष्ट्र–निर्माणमा आफूहरूलाई समावेश नगरिएको र राज्यबाट उपेक्षित एवं अपहेलित हुनुपरेको ठान्छन्। मधेसमा थुप्रै सम्भावनाहरू भ्ाएपनि राज्यले त्यसमाथि उचित ध्यान दिन सकेको देखिँदैन। यस्तै कुराहरूलाई महत्त्वका साथ उठाएको छ; मधेसः समस्या र संभावना ले। यो कृति सोसल साइन्स वहाः द्वारा मार्च २००५ मा आयोजित ‘मधेस समस्या र सम्भावना’ विषयक दुईदिने राष्ट्रिय सम्मेलनमा प्रस्तुत कार्यपत्रहरूको सम्पादित रुप हो।

किताबमा रामावतार यादवले मधेसी भएकै कारण भोग्नुपरेका पीडा, एम्. बर्नाडोको ‘तराईः मुग्लानको भाग वा गोर्खाको?’ शीर्षकको अध्ययन, मृणमोय मजुम्दारको धनी ठाउँ भएर पनि गरीब अर्थतन्त्रमा बाँचिरहेको नेपालको तराई, अर्जुन गुनरत्नेको ‘थारू र राज्यः प्रजातन्त्र, राज्य निर्माण र जनजाति पहिचान’; जगन्नाथ अधिकारी, हरि ढुङ्गाना र ओमप्रकाश देवको तराईको वन व्यवस्थापनबारेको रोचक तथा यथार्थपरक अनुसन्धान, योगेन्द्रप्रसाद यादवको ‘तराईका भाषाहरूः सन्दर्भ र सम्भावना’, बी.सी. उप्रेतीको नागरिकताको राजनीति, के ह्योमेको मधेसीप्रतिको विभेद र समानता आन्दोलन तथा धीरेन्द्र प्रेमर्षिको मधेसलाई साँचो अर्थमा चिन्न र बुझ्न नसक्ने नेपाली मिडियाबारेको टिप्पणी सङ्गृहीत छन्।

किताबमा मधेसको समस्यालाई मात्र केलाइएको छैन, मधेसीहरूलाई समावेशीकरणको माध्यमद्वारा राज्यको मूल प्रवाहमा ल्याउनुपर्ने खाँचो समेत औँल्याइएको छ। तराई एकातिर प्राकृतिक साधन–स्रोत, मानव संशाधन र भाषा–संस्कृतिले समृद्ध छ भने अर्कोतिर गरीबी, विपन्नता र पछौटेपनजस्ता समस्याहरूबाट उत्तिकै ग्रसित छ। यी समस्याहरूको समाधानका लागि राज्यले ध्यान दिनु जरुरी छ। अब हिजोका दिनमा झैँ आरक्षणको बहानामा दुईचार जना उच्च घरानियाँ वा पढेलेखेका मधेसीहरूलाई मन्त्री बनाएर वा अन्य सरकारी निकायहरूमा मनोनीत गरेर समग्र मधेसको समस्या समाधान नहुने निर्क्योलसहित शासकीय स्वरुपमै परिवर्तनको खाँचो महसूस गरिरहेका मधेसवासीको आवाजको प्रतिबिम्ब नै पुस्तकको मूल अन्तर्वस्तु हो।

पुस्तकका सम्पादकद्वयलेे कार्यपत्रहरूको नेपाली रुपान्तर गरेर नेपालीभाषी पाठकहरूलाई ठूलो गुण लगाएका छन्। मुलुकको बदलिँदो परिस्थितिमा राज्य पुनःसंरचनाको कुरा जोडतोडले उठिरहेका बेला समाज विज्ञानमा रुचि भएका पाठकहरूका लागि यो किताब उपयोगी सावित हुनसक्छ।

ध्रुब सिम्खडा

Source::http://www.nepalihimal.com/2063/bhadra-1-15/pustak_parichaya.html

Advertisements

Entry filed under: Articles.

Tigers in the Plains SEPARATISM OR FREEDOM

2 Comments Add your own

  • 1. lama  |  September 1, 2006 at 6:53 pm

    True Nepalese do not care where they are from or who they are.

  • 2. Dirgha Raj Prasai  |  April 22, 2009 at 5:05 am

    Dear friends,
    I read your article. I think that you are also like the unity of the country.
    Please don’t mind, I request to you and your website not to write Madhesi. You can correct . Because, we have Madhsis in our country but not Madhes. So, please, write Tarai but not Madhes.
    Thank you.
    Dirgha Raj Prasai

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 47 other followers


%d bloggers like this: