मधेसमा अनेरास्ववियुका चुनौती

September 21, 2006 at 10:12 pm Leave a comment

मधेसमा अनेरास्ववियुका चुनौती

जितेन्द्र देव

असोज १ देखि ६ सम्म अनेरास्ववियुको १८ औं राष्ट्रिय सम्मेलन चितवनमा हुँदै छ । अध्यक्ष्ा खिमलाल भट्टराईले अखिललाई मधेसी विद्यार्थीमाझ कसरी फैलाउने र आस्था तथा भरोसाको केन्द्र बनाउने सुझाव माग्नुभयो । सिंगो मुलुक आमूल परिवर्तनको सँघारमा उभिएका बेला विद्यार्थी सम्मेलनले ऐतिहासिक फड्को मार्ने निर्णय गर्न सक्नुपर्छ । अखिल देशव्यापी संगठन हो । यो अनेक किसिमका उकाली- ओराली, सफलता-कमजोरी, चुनौती र अवसर छिचोल्दै अनुभवको कसौटीमा तिखारिएको छ । अखिल अगाडि अवसरको पहाड छ भने चुनौतीको समुद्र पनि छ, जोे शास्त्रीय चिन्तन र व्यवहारले सम्पन्न गर्न सकिँदैन । नवीनता र श्रृजनात्मकता अपरिहार्य छ । यस्तो स्थितिमा मधेसी विद्यार्थीबीच अनेरास्ववियुलाई लोकपि्रय बनाउन, प्रभाव तथा संगठन विस्तार गर्न निम्न विषयमाथि ध्यान दिनुपर्छ–१) मधेसी समुदायको चाहना स्वीकार- मधेसी समुदाय  सचेत र सशक्त नेपाली नागरिकका रूपमा राज्यको मान्यता चाहन्छ । राज्य सञ्चालन, नीति निर्माण र शक्ति अभ्यास गरिने ठाउँमा समावेशी- समानुपातिक प्रतिनिधित्व चाहन्छ । आत्मनिर्णय र स्वशासनको अधिकार चाहन्छ । संघीय राज्यव्यवस्था र लोकतान्त्रिक गणतन्त्र चाहन्छ । आफ्नो भाषा र संस्कृतिको मान्यता, नागरिकता समस्याको समाधान चाहन्छ । तसर्थ अखिलले मधेसी विद्यार्थीबीच आफ्नो संगठनलाई लोकपि्रय बनाउनेे हो भने मधेसी समुदायका आवाजलाई नीतिगत र वैचारिक रूपमा संगठनभित्र समावेश गर्नुपर्छ र त्यसको पारदर्शी थालनी १८ औं सम्मेलनबाटै सुरु हुनुपर्छ ।

-२) दैनिक समस्यासँग एकाकार- मधेसी विद्यार्थी  महिला हुन् वा पुरुष विशेषगरी काठमाडौं उपत्यकाका शिक्षण संस्था र सार्वजनिक जीवनमा अनेकानेक समस्या बेहोरिरहेछन् । शिक्षण संस्थामा भर्ना, कक्षा कोठामा, माक्र्स-मूल्यांकनमा, क्यान्टिन वा क्याफ्टेरियामा, होस्टल इत्यादि सन्दर्भमा मधेसी विद्यार्थीले विभेदकारी व्यवहार बेहोरिरहेका हुन्छन् । त्यस्तै सार्वजनिक यातायात उपभोग गरिराख्दा, सार्वजनिक स्थलमा जाँदा-आउँदा विभिन्न अपमानपूर्ण व्यवहार भोगिरहेका हुन्छन् । क्याम्पसहरूमा गुन्डा र आवारा केटाबाट आक्रमण र छेडछाडको सिकार भइरहेका हुन्छन् । यस्त्ाो स्थितिमा मधेसी विद्यार्थी सहयोग, समर्थन र साथको अपेक्षा गर्छ । अनेरास्ववियु मधेसी विद्यार्थीको रक्षकका रूपमा खडा हुनुपर्छ । मधेसी विद्यार्थीका लागि वा भनांै उत्पीडितका लागि माक्र्सवाद, समाजवाद सबै त्यहीँनेर खडा हुन्छ । त्यस्तो परिस्थितिमा जुन संगठनसाथ खडा हुन्छ, मधेसी विद्यार्थीले त्यसैलाई रोज्छ । यस्त्ाो व्यावहारिक, अत्यन्त संवेदनशील र भावनात्मक घडीमा मधेसी विद्यार्थीले साथ पाउनुपर्छ ।

-३) संगठनात्मक प्रतिनिधित्व दिने- मधेसी विद्यार्थी अहिले निकै जागरुक, सचेत, जुझारु र आक्रामक मुडमा देखिन्छन् । अधिकारको लागि छट्पटाहट छ । अनेरास्ववियुप्रति मधेसी विद्यार्थीको मूल आक्रोश  अखिलमा मधेसीको प्रतिनिधित्व न्यून वा प्रायः शून्य भयो, केहीलाई प्रतिनिधित्व दिइए पनि झारा टार्ने र न्यून महत्त्वको ठाउँ दिइन्छ भन्ने छ । यो गुनासो धेरै हदसम्म जायज देखिन्छ । केन्द्रीय सचिवालय, केन्द्रीय कमिटीमा, राष्ट्रिय परिषद् र विशेष गरी केन्द्रीय पदाधिकारीमा मधेसी विद्यार्थीलाई स्थान दिनुपर्छ । यो प्रतिनिधित्व समावेशी-समानुपातिक र सम्मानजनक साझेदारीको सिद्धान्तमा आधारित हुनुपर्छ । यसको सुरुवात १८ औं सम्मेलनबाटै गर्नुपर्छ ।

-४) व्यवहारमा परिवर्तन- यतिखेर मधेसी विद्यार्थीले आपसमा सम्मानजनक-साझेदारीको सिद्धान्तलाई मूलमन्त्रको रूपमा अगाडि बढाइरहेको देखिन्छ । समाजमा सम्मानजनक र समान व्यवहारको अपेक्ष्ाा राखेजस्तै विद्यार्थी-विद्यार्थीबीच पनि सम्मानजनक साझेदारी अगाडि बढाउन चाहन्छन् । मधेसी विद्यार्थीको गुनासो के छ भने उनीहरूलाई दुई नम्बर दर्जाको रूपमा व्यवहार गरिन्छ । यस्तो हो भने यसलाई अविलम्ब हटाउनुपर्छ । कीर्तिपुर, त्रिचन्द्र, पोखरा क्याम्पसको सन्दर्भमा वा अन्य धेरै सन्दर्भमा अनेरास्ववियु आबद्ध मधेसी विद्यार्थीको गुनासो र आक्रोश के छ भने यिनीहरूलाई नेविसंघ वा अन्य कुनै संगठनका विद्यार्थीबाट भौतिक आक्रमण  भए पनि अखिलकै साथीबाट जुन साथ र सहयोग हुनुपर्ने हो त्यो भइरहेको छैन । अखिलको सदस्य हो भने त्यो पहाडको होस् कि मधेसको, पुरुष होस् कि महिला संगठनको नीति र धर्मअनुसार सबैले समान व्यवहार पाउनुपर्छ । यो नीति औपचारिक रूपमा अनेरास्ववियुले पारित गरी व्यवहारमा लागू गर्नुपर्छ ।

-५) विगतको व्यवहार बदल्नुपर्छ- काठमाडौं उपत्यकाका मधेसी विद्यार्थी, जो अनेरास्ववियुमा अत्यन्त क्रियाशील रहेर विभिन्न क्याम्पसमा नेतृत्व प्रदान गरी रहेका छन्, तिनीहरूको भेला र अन्तर्त्रिmयाले केही वास्तविकता उजागर गरेको छ । भेलामा महासचिव  माधव नेपाललगायत अन्य पार्टी तथा अखिल नेता उपस्थित थिए । त्यहाँ मधेसी विद्यार्थीले प्रस्तुत गरेको चित्र अत्यन्त गम्भीर र विचारणीय थियो । त्यसको एउटा निचोड थियो- अनेरास्ववियुमा लागेका मधेसी विद्यार्थी नेताले स्ववियु निर्वाचनमा संगठनभित्र उचित स्थान पाएनन् । जसले उम्मेदवारी पाए तिनीहरूलाई उचित पद दिइएन र केही न्यून सिट पाउन पनि निकै संघर्ष र द्वन्द्व गर्नु पर्‍यो । अब यो स्थिति कायम रहन दिनुहुँदैन । मधेसी विद्यार्थीलाई स्ववियु चुनावमा योग्यता र क्षमता अनुसार उचित र उपयुक्त स्थान दिनुपर्छ । विगतका व्यवहार बदलेर नयाँ अध्याय सुरु गर्नुपर्छ । अनेरास्ववियुले सांगठनिक निर्णय लिँदा जातीय, सामुदायिक, क्षेत्रीय वा लैंगिक रूपमा कहिलेकाहीँ अत्यन्त नयाँ उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ ।

-६) मधेसी विद्यार्थी संयन्त्र व्यवस्थित गर्ने- अनेरास्ववियुभित्र केही महिनादेखि औपचारिक रूपमै मधेसी विद्यार्थी केन्द्रीय सम्पर्क कमिटी क्रियाशील देखिन्छ । जसले मधेसी विद्यार्थीबीच अखिलको प्रभाव र संगठन विस्तार निम्ति काम गरिरहेकै छ । एमालेले पनि केन्द्रीय कमिटी  बैठकबाट एउटा लोकतान्त्रिक मधेसी संगठनको नाममा सामुदायिक संगठन खडा गर्ने औपचारिक निर्णय भर्खरै गरेको छ । यो अनेरास्ववियुको लागि खुसीको कुरा हुनुपर्छ । अनेरास्ववियुभित्र खडा गरिएको मधेसी विद्यार्थी संयन्त्रलाई विचारमा व्यवस्थित, नीतिमा स्पष्ट, अधिकारक्षेत्रको हिसाबले स्पष्ट परिभाषित र एउटा अत्यन्त क्रियाशील संगठनका रूपमा विकास गर्नुपर्छ । संगठनलाई १८औं सम्मेलनबाट अधिकार सम्पन्न र अनेरास्ववियुको सिस्टर अंगका रूपमा विकास गर्नुपर्छ । त्यसको रूप र संरचना कस्तो हुनुपर्छ यसबारे संगठनभित्र र एमालेमा समेत व्यापक र गहिरो बहस, छलफल हुँदा राम्रै हुन्छ । त्यो संगठनलाई मधेसी विद्यार्थीबीच स्थापित र लोकपि्रय बनाउन सकियो भने अनेरास्ववियुलाई त्यसले धेरै ठूलो मद्दत र सहयोग हुनेछ ।

-७) महासंघको रूपमा अघि बढाउने- देशमा विभिन्न किसिमको राजनीतिक बहस जारी छ । नेपाल अब ढिलोचाँडो संघीय राज्य संरचनामा जाने निश्चित छ । यस परिप्रेक्ष्यमा अनेरास्ववियुलाई एउटा एकात्मक संरचना, जो अहिलेसम्म चल्दै आएको छ यही रूपमा निरन्तर अघि बढाइराख्ने कि यसलाई संघीयताको परिप्रेक्ष्यमा महासंघको संरचनामा लैजाने ? यो एउटा अत्यन्त वैचारिक, राजनीतिक प्रश्न उभिएको छ । मुलुकभित्र समावेशी-समानुपातिक लोकतन्त्रको कुरा चलिरहँदा के अनेरास्ववियु यसबाट अलग रहन सक्छ वा अलग राख्नु उपयुक्त हुन्छ ? द्वन्द्वात्मक भौतिकवादले भन्छ- ‘जब उत्पादन सम्बन्ध र उत्पादक शक्तिबीच अन्तर्विरोध सिर्जना हुन्छ तब परिस्थितिले परिवर्तन -क्रान्ति) खोज्छ ।’

सिंगो सामाजिक संरचना र राजनीतिक परिपाटीले रूप र सार फेर्ने तर राजनीतिक संगठन पुरानो संरचनामा रहन असम्भव छ ? अन्तर्विरोध पैदा हुँदैन ? माक्र्सवादले त पैदा हुन्छ भन्छ । तसर्थ आगतका लागि अनेरास्ववियुजस्तो प्रगतिशील, क्रान्तिकारी संगठनभित्र अहिलेदेखि गम्भीर र व्यापक बहस हुनुपर्छ । यसको  प्रस्थान बिन्दु १८ औं राष्ट्रियसम्मेलन हुन सक्नुपर्छ । विचारमाथि बहस चलाउन र नवीन विचार उत्पादन तथा स्थापित गर्न इतिहास बोकेको संगठनले खुट्टा कमाउनुहुँदैन ।

Posted on: 2006-09-12 21:02:38

Source::http://www.kantipuronline.com/kolnepalinews.php?&nid=85944

Advertisements

Entry filed under: Articles, Uncategorized.

Case Study – Haat Colors पहाडियामा शासकीय र मधेशीहरुमा दास मनोवृत्ति छ: मात्रृका यादव

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 49 other followers


%d bloggers like this: