मधेसीहरूलाई व्यवहारमै नेपालीको रूपमा अझै हेरिएको छैन – अमरेशकुमार सिंह

October 14, 2006 at 5:33 am Leave a comment

मधेसीहरूलाई व्यवहारमै नेपालीको रूपमा अझै हेरिएको छैन
– अमरेशकुमार सिंह, मधेशी अधिकारवादी

जवाहरलाल नेहरू विश्वविद्यालय नयाँदिल्लीमा अन्तर्रर्ााट्रय सम्बन्ध विषयमा विद्यावारिधि गर्दै रहनुभएका अमेरशकुमार सिंह यतिखेर नेपाली मधेसी र जनजातिमाथि शोध गर्दै हुनुहुन्छ । मधेसी अधिकारवादीका रूपमा पहिचान बनाउनुभएका सिंहसँग भएको कुराकानीको संक्षिप्त रूप प्रस्तुत गरिएको छ-
० नागरिकता समस्या भनेको के हो र यो तर्राईमा मात्र छ कि देशको अन्य भागमा पनि छ ?
– नागरिकता समस्या भनेको नेपालमा सदियौंदेखि बसोबास गरिराखेका नेपालीहरू जसले नागरिकताको प्रमाणपत्र विभिन्न कारणले पाउन सकेका छैनन् । नागरिकता समस्या मुख्यतः मधेसीहरूको नै समस्या हो तर केही संख्यामा पहाडमा पनि नागरिकता समस्या छन् । मधेसमा नागरिकता समस्या खासगरी तलो तहमा बढी छ जुन शिक्षाको अभावमा नागरिकताको महत्व बुझेनन् र उनीहरू आर्थिक, सामाजिक र राजनीतिक रूपले कमजोर छन् । मधेसका राजवंशी, सतार, गंगाई, मुसहर, चमार, डोम, खत्वे, दुसाध, धोबी, कहार, नुनिया जातिका मान्छेहरू नागरिकताको प्रमाणपत्र पाउनबाट बन्चित छन् । उनीहरूको स्थिति राज्यविहीनको स्थिति छ र अन्तर्रर्ााट्रय मानवअधिकारअनुसार राज्यविहीनताको स्थितिमा आफ्नो देशको जनतालाई राख्नु ठूलो मानवअधिकारको हनन हो ।
० नागरिकता समस्या समाधान निम्ति भनी सरकारले हालै गरेको निर्ण्र्ााा के-कस्ता राम्रा र कमजोर पक्षहरू छन् भन्ने ठान्नुहुन्छ ?
– नेपाल सरकारले अहिले नागरिकताको विधेयक ल्याएको छ, त्यसको मैले अध्ययन गर्दा केही कमी-कमजोरी छन्, जसलाई हटाउनका लागि सरकारको प्रमुख व्यक्तिहरूसँग हामी मधेसी समुदायका व्यक्तिहरूले छलफलका साथै दबाब दिने कार्य गरिराखेका छौं । आशा छ, सरकारले हाम्रो कुरा समयमा नै बुझेर समाधान गर्ला । अहिलेको विधेयक लाउनुभन्दा २०४७ सालको संविधानको धारा ८ र ९ -आठ र नौ) खारेज गर्नुपर्दछ । त्यो खारेज भएन भने यो विधेयक त्यो र्दुइवटा धारासँग बाझेर जान्छ र नागरिकता समस्याबाट ग्रस्त नेपालीहरू नागरिकता पाउनबाट फेरि बन्चित हुन्छन् । त्यो नागरिकता विधेयकमा तीनजना नेपाली नागरिकतावालाले सिफारिस गरेको र २०३६, २०४६ र २०५६ सालको मतदाता नामावलीमध्ये कुनै एक निर्वाचनको मतदाता नामावलीमा नाम हुनुपर्छ भन्ने प्रावधानबाट पनि पूरै नेपालीको नागरिकता समस्या समाधान हुँदैन । त्यस कारणले मेरो विचारमा तीनजना व्यक्तिको सिफारिस वा मतदाता सूचीमा भएका नाममध्ये एउटालाई नागरिकता दिनका लागि आधार बनाइनुपर्दछ ।
० तीनजना नेपाली नागरिकले सिफारिस गरेको व्यक्तिलाई नागरिकताको प्रमाणपत्र दिने प्रावधानले विकृति जन्माउने या भविष्यमा राष्ट्रिय संकट नै निम्त्याउने सम्भावना देख्नुहुन्छ कि हुन्न ?
– तीनजना नेपाली नागरिकले सिफारिस गरेको व्यक्तिलाई नागरिकताको प्रमाणपत्र दिने प्रावधानले कुनै किसिमको विकृति वा राष्ट्रिय संकट जन्माउँदैन । तपाईं विधेयकको दण्डसजायलाई हेर्नुस् कुनै व्यक्तिले गैरनेपाली अर्थात् विदेशीलाई सिफारिस गरे ५ वर्षजेल सजायको व्यवस्था गरेको छ, जुन कुनै व्यक्तिले चाहँदैन एक व्यक्तिको नियत खराब भए पनि तीनैजनाको नियत खराब हुँदैन र आजको दिनमा कुनै मधेसीले बाहिरको व्यक्तिलाई आफ्नो भूमिमा नागरिकताको प्रमाणपत्र दिलाउन चाहँदैन । यस्तो खालको मानसिकता राजा महेन्द्रको खोखला वा ढोंगी राष्ट्रवादबाट प्रेरित हुन्छ र सदियौंदेखि मधेसीहरूलाई आर्थिक, सामाजिक र राजनीतिक रूपले शोषण गरिराखेको स्थितिलाई अहिले र भविष्यमा पनि कायम राख्ने मनसायले पनि प्रेरित छजस्तो मलाई लागेको छ ।
० नेपालजस्तो सानो र खुला सीमा भएको मुलुकमा नागरिकताको प्रमाणपत्र वितरणमा अलिक कठिनाइ र होसियारी अपनाउनुपर्छ भन्ने तपाईंलाई लाग्छ कि लाग्दैन ?
– तपाईंले भनेको कुरा सही हो । हाम्रोजस्तो सानो मुलुक र खुला सिमाना भएकोले होसियारी गर्नुपर्छ तर त्यो कडाइ र होसियारी गर्ने नाउँमा आफ्नो मुलुकका जनतालाई नागरिकताको प्रमाणपत्र नदिनु अपराध हो । यहाँ कडाइको नाममा एउटा जाति, वर्ग र क्षेत्रविशेषको व्यक्तिलाई नागरिकता प्रमाणपत्र नदिने कार्य भएको छ । साथै पहाडे मूलको व्यक्ति जुन वर्मा, मेघालय, तिब्बत, भुटान, सिक्किम र आसाम एवं उत्तराञ्चलबाट आएको व्यक्तिलाई सरकारले सहज तरिकाले नागरिकता प्रमाणपत्रको साथसाथै जग्गा पनि उपलब्ध गराएको छ र उनीहरूमध्ये केही राष्ट्रको नीति-निर्माण गर्ने तहमा पनि पुगेका छन् ।
० तर्राईको हित भनेको के हो र के गर्दा तर्राईको हित हुन्छ ?
– तर्राईको हित भनेको त्यहाँको शोषित-पीडित मधेसीहरूलाई राष्ट्रको मुख्य धारामा जोड्नु हो त्यो अहिलेको प्रतिनिधिमूलक व्यवस्थाले हुँदैन, त्यसका लागि सहभागितामूलक व्यवस्थाको निर्माण गरिनुपर्दछ । समस्या तर्राईको मात्र होइन समस्या मधेसीहरूको पनि हो । तर्राईको समस्या भएको भए गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड) नेपालका आजको प्रमुख तीन राजनीतिक पार्टी प्रमुख हुनुहुन्छ । तर उहाँहरू मधेसी हुनुहुन्न । तराई भन्नाले भौगोलिक बनोटलाई सूचित गर्छ तर मधेसी भन्नाले एउटा खास वर्ग र जाति जसको भेषभूषा खानपिन, संस्कृति, रहनसहन र भाषा पहाडे मूलको व्यक्तिसँग भिन्न हुन्छ । मधेसीहरूको हित संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक प्रतिनिधित्वबाट मात्र सम्भव हुन्छ ।
० तपाईं आफूलाई नेपाली नै ठान्नुहुन्छ कि तराईयन मात्र ?
– म पहिला मधेसी छु, त्यसपछि मात्र नेपाली आफूलाई ठान्दछु किनभने देशको शासक वर्गले पनि मलाई यसै रूपमा हेरेका छन् । म आफूलाई कहिले पनि तराईयन भन्दिनँ किनकि यसबाट मेरो पहिचान स्पष्ट हुँदैन । जबसम्म मधेसीहरूलाई व्यवहारमा नेपालीको रूपमा हेर्ने दृष्टिकोण आउँदैन तबसम्म म आफूलाई मधेसी पहिला र नेपाली दोस्रो रूपमा लिने गर्छु । म जहिले पनि लोकतन्त्र र मधेसीहरूको हकहितका लागि संर्घरत छु र भविष्यमा पनि मेरो संर्घष जारी रहन्छ ।
० मानिसहरू भारतबाट नेपालको राष्ट्रियतामाथि सधैं खतरा छ भन्छन्, तपाईंलाई के लाग्छ ?
– मलाई भारतबाट नेपालको राष्ट्रियतामाथि कहिले पनि खतरा लाग्दैन । अहिलेको २१ औं शताब्दीमा कुनै पनि सानो राष्ट्रमाथि ठूलो खतरा देखेको छैन । खासगरी नेपाल दर्ुइवटा ठूला राष्ट्र चीन र भारतको बीचमा भएकोले यस्तो कुनै खतरा छैन । यस्तो प्रपोगण्डाको प्रचार-प्रसार तथाकथित राष्ट्रवादीले सुनियोजित ढंगले गरेका छन् जुन राजसंस्था (अत्यन्त दक्षिणपन्थी) र घोर वामपन्थीबाट भएको जसको शिकार मधेसीहरूलाई बनाइएको छ । तर मेरो विचारमा चीन र भारतको आर्थिक विकासबाट नेपालले फाइदा लिनर्ुपर्दछ र नेपाललाई विकासको मूल बाटोमा डोर्‍याउनुपर्दछ । अहिलेको ग्लोबलाइजेसनको समयमा पहिलेको महेन्द्रको राष्ट्रवादमा पढेलेखेका र कुनै पनि सचेत नेपाली नागरिक लाग्दैनन् ।
० राजाको शासनकालमा तपाईंले पासपोर्ट पनि पाउनुभएन भन्ने सुनियो, त्यसबेला कस्तो महसुस भयो ?
– कुनै पनि राजाको शासनकाल लोकतन्त्रविरोधी र खासगरी मधेसीविरोधी हुने गरेका छन् । मेरो केसमा म लोकतन्त्रवादी र मधेसी पनि हुँ त्यसकारणले मलाई त्यति आर्श्चर्य लागेन बरु मलाई लोकतन्त्रको आन्दोलनमा सशक्त र मजबुतीका साथ लाग्नका लागि प्रेरित गर्‍यो । एउटा कुरा तपाईंलाई के स्पष्ट पार्न चाहन्छु भने म जहिले पनि आफ्नो र आफ्नो समुदायको राष्ट्रियताको खोजीमा छु । हामीलाई नेपाली होइन मधेसी मात्र किन भनिन्छ र मधेसीको नाममा किन आर्थिक, सामाजिक र राजनीतिक भेदभाव गरिने गरिन्छ – चाहे त्यो लोकतान्त्रिक सरकारको पालामा किन नहोस् ।

source::http://www.nepal.hk/news/?p=158

Advertisements

Entry filed under: Articles.

DISCRIMINATION: UNTIL WHEN? संविधानसभामा मधेसको एजेन्डा

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 46 other followers


%d bloggers like this: