विश्वविद्यालयमा समावेशीकरण

October 21, 2006 at 6:54 am Leave a comment

विश्वविद्यालयमा समावेशीकरण

असोज १ गते उपकुलपति डा सुरेशराज शर्माले काठमाडौं विश्वविद्यालयको बाह्रौं दीक्षान्त समारोहमा दिएको वक्तव्य पढियो । वक्तव्यको पृष्ठ ७ मा डा शर्मा भन्छन्- ‘पीएचडी गर्ने ३ जना, चिकित्साशास्त्रमा एमडी/एमएसएमएस्सीको कुल उपाधि पाउने ४२ मध्ये विदेशी १८ जना र महिला १७ जना छन् भन्न पाउँदा सन्तोष र गर्व लाग्छ ।’

विश्वविद्यालयको यो नतिजा हेर्दा सानो र धमिलो चित्र देखेजस्तो भयो । प्रस्ट चित्र हेर्न पाए हुन्थ्यो भन्ने लाग्यो । ‘बाह्रौं दीक्षान्त समारोहमा उपाधि पाउने विद्यार्थीको नामावली अनुसूचीहरू’ शीर्षक पुस्तिका हेर्‍यौं । अनि नामावलीलाई समावेशीकरणको दृष्टिले -विभिन्न जातजातिको आधारमा) खण्डीकृत गरेर हेरियो । उत्तीर्ण भई उपाधि पाउनेको निम्न समूह देखिए- १) बाहुन/क्ष्ाेत्री, २) नेवार/थकाली, ३) मारवाडी/विदेशी, ४) जनजाति, ५) मधेसी, ६) मुसलमान, ७) दलित र ८) अन्य । उत्तीर्ण हुनेको तथ्याङकीय चित्र तालिका १ मा देखिन्छ-

जातजातिहरू एमबीए डिग्री एमबीबीएस

बाहुन/क्षेत्री १८ १०४

नेवार/थकाली २२ ५३

मारवाडी/विदेशी ७ २०६

जनजाति २ १३

मधेसी ० २२

मुसलमान ० २

दलित ० ०

जम्मा ४९ ४००

तथ्याङ्कमा एमबीए गर्ने पहिलो स्थानमा नेवार/थकाली -२२ जना) देखिन्छ । दोस्रो स्थान क्ष्ाेत्री/बाहुन -१८ जना) को छ । तेस्रोमा मारवाडी/विदेशी -७ जना), चौथोमा जनजाति -२ जना) छन् भने मधेसी, मुसलमान र दलितको स्थान शून्य देखिन्छ । यस्तै एमबीबीएस गर्नेको पहिलो स्थानमा मारवाडी/विदेशी -२०६ जना), दोस्रो स्थानमा बाहुन/क्षेत्री -१०४ जना), तेस्रो स्थानमा नेवार/थकाली -५३ जना), चौथो स्थानमा मधेसी -२२ जना), पाँचौं स्थानमा जनजाति -१३ जना), छैठौं स्थानमा मधेसी -२२ जना), सातौं स्थानमा मुसलमान -२ जना) देखिन्छन् । दलितको अवस्था यहाँ पनि शून्य छ ।

जनसंख्याको अनुपात र उत्तीर्ण विद्यार्थीको अनुपात अध्ययन गर्दा यो वर्ष काठमाडौं विश्वविद्यालयबाट नगण्य मात्रामा मधेसी, मुसलमानले एमबीए गर्ने मौका पाए । दलितले मौकै पाएनन् । जनजाति समूहबाट सिर्फ दुईजनाले मौका पाए । सबैभन्दा धेरै नेवार/थकालीले मौका पाए । दोस्राे स्थानमा बाहुन/क्षेत्रीले मौका पाए । तेस्रोमा मारवाडी/विदेशीले मौका पाए । यसले के देखाउँछ भने नेपाली समाजको व्यवस्थापन क्षेत्रमा नेवार/थकाली, बाहुन/क्षेत्री र मारवाडी/विदेशीहरूकै नेतृत्व रहनेछ । परिणामस्वरूप अधिकतम जनजाति, मधेसी, मुसलमान र दलितले सहायकको तहमा बसेर गुजारा गर्नु पर्नेछ । यसरी विश्वविद्यालयले हुने र नहुने वर्गको सिर्जना गर्न सहयोग गरेको प्रस्ट देखियो ।

विश्वविद्यालयबाट एमबीबीएस गर्नेमा पनि दलितले मौकै नपाएको देखिन्छ भने मुसलमानले ज्यादै न्यून -२ जना) ले तथा जनजाति -१३ जना) र मधेसी -२२ जना) ले मौका पाएको देखिन्छ । एमबीबीएस गर्नेमध्ये सबैभन्दा धेरै मारवाडी/विदेशी -२०६ जना) ले तथा दोस्रो स्थानमा बाहुन/क्षेत्री -१०४ जना) ले र तेस्रो स्थानमा नेवार/थकाली -५३ जना) ले मौका पाएको प्रस्ट भयो । यसले के देखाउँछ भने नेपाली समाजको स्वास्थ्य क्षेत्रमा पनि नेतृत्व गर्नेमा सबैभन्दा धेरै मारवाडी/विदेशी हुनेछन् । त्यसपछि बाहुन/क्षेत्री हुनेछन् र तेस्रोमा नेवार/थकाली हुनेछन् । जनजाति, मधेसी, मुसलमान र दलितले सहयोगीको भूमिकामा चीरकालसम्म रहनु पर्नेछ । सायद नेपालका अन्य विश्वविद्यालयको पनि -अध्ययन गरे) उत्तीर्ण हुने विद्यार्थीको जातिगत अनुपात काठमाडौं विश्वविद्यालयको भन्दा फरक नहोला ।

विश्वविद्यालयबाटै असमान किसिमले जनशक्ति उत्पादन भइरहेको समाजमा समानताको परिकल्पना गर्न सकिन्छ ? समाजमा असमानता व्याप्त रहँदासम्म द्वन्द्व नहोस् भनी कसरी अपेक्षा गर्ने ? असमान किसिमले मानिस उत्पादन गरेर विश्वविद्यालयहरूले समाजमा असमानता अर्थात् द्वन्द्वको वीउ रोपेको देखिन्छ । केही जातिले बेस्सरी मौका पाउने, केहीले नपाउने किन ?

मेरी बी एन्डरसनको डुनो हार्म प|mेमवर्कअनुसार जुन-जुन व्यक्ति, समूह, संस्था, नियत, आचरण, गतिविधि आदिले थाहा पाएर वा नपाइकन समाजमा संयोजक- जुटाउने पक्षहरू बढी सिर्जना गर्छ, उसले शान्तिपूर्ण समाज स्थापना गर्न योगदान गर्छ । र जुन-जुन व्यक्ति, समूह, संस्था, नियत, आचरण, गतिविधिले विभाजक- फुटाउने पक्ष बढी सिर्जना गर्छ, तिनले समाजमा युद्धका तत्त्वहरूलाई मलजल गर्छ । यो प|mेमवर्कअनुसार हेर्दा पनि सरकार र विश्वविद्यालयहरूले समाजका केही समूहलाई मात्र शिक्षाको स्रोतमा पहुँच दिएको र समाजमा धेरै समूहका लागि शिक्षाको स्रोतमा पहुँच नदिएको देखिन्छ । यो भनेको समाजमा युद्धका बिरुवा रोप्नु हो । युद्धका बिरुवा समाजमा रोप्दै जाने र शान्तिको कामना गर्ने काम सुल्टो हुन सक्दैन ।

समाधानको उपायका रूपमा डीफीड र विश्व बैंकले प्रकाशित गरेको असमान नागरिकहरू ः वञ्चितीमा परेका नेपालका लिङ्ग, जाति र जनजातिहरूले दिएको सुझाव सान्दर्भिक देखिन्छ । जसले वञ्चितीमा परेका जनताबीच सशक्तीकरणको काम गर्नुपर्छ र संस्था वा नीतिगत पक्षहरू समावेशी हुनुपर्छ । यसो भएमात्र समतामूलक रूपमा समाजले समृद्धि हासिल गर्छ भनी सुझाव दिएको छ । अर्थात् राज्यका नीतिहरू समावेशी नभए असमानता बढ्छ र द्वन्द्व त्यसको स्वाभाविक परिणतिमात्र हुनेछ । द्वन्द्व न्यून गर्दै सन्तुलित समाज सिर्जना गर्न चाहने सरकार र विश्वविद्यालयहरूले आफ्ना नीति नफेर्ने र सामाजिक तथा भौगोलिक रूपमा समावेशीकरणको नीति नलिने हो भने परन्तुसम्म असमानता फैलाउने कामका जिम्मेवार निकाय सरकार तथा विश्वविद्यालय हुनेछन् ।

काठमाडौं विश्वविद्यालयको तथ्याङ्कको आधारमा यहाँ विषय प्रवेश भए पनि यसबाट सरकार र अरू विश्वविद्यालयलाई आफ्ना शिक्षा नीतिहरूले युद्धतिर योगदान गरिरहेका छन् कि शान्तितिर मलजल गरिरहेछन् ? भनी गम्भीर समीक्षा गर्न सघाओस् । जानिफकारलाई इसारै काफी हुनपर्ने हो, हेरौं, सरकार र विश्वविद्यालयहरूले के कसो गर्दै जान्छन् ।

– विक्रम सुब्बा, उत्तर सुब्बा

बबरमहल, काठमाडौं

Source::http://www.kantipuronline.com/kolnepalinews.php?&nid=87555

Advertisements

Entry filed under: Articles.

समावेशी लोकतन्त्रको स्वरुप र संरचनामा कर्णालीलगायत पिछडिएका क्षेत्र Rastra ko Sabal ra madhesi janta

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 49 other followers


%d bloggers like this: