Case Study – धर्मको नाममा पाप

November 5, 2006 at 9:30 am 1 comment

Case Study : Child Marriage in Madhesh

धर्मको नाममा पाप

अमृता अनमोल

घनश्याम कुर्मीको घर सिंगारियो । मान्छेहरूको चहलपहल बढ्यो । झ्याइ-झ्याई बाजा बज्न थाले । जन्ती भेला भए । चिटिक्क पारेर सिंगारिएको घर अगाडिको मण्डपमा १५/१६ वर्षका दुलाहा राखियो ।  भित्रबाट गहना र कपडाले सजिएकी दुलही निकालियो ।  र, मधेसी परम्पराअनुसार विवाह सुरु गरियो । भर्खरै जंुगाका रेखी बसेका दुलाहाको छेउमा कपडा संहाल्न नसक्ने दुलही । झट्ट देख्दा कुनै चलचित्रको अभिनय जस्तो लाग्थ्यो । वास्तविक ठानिँदैनथ्यो । गत वैशाखमा रुपन्देहीको लुम्बिनी आदर्शमा देखिएको यो वास्तविक थियो जहाँ घनश्याम ७ वर्षे छोरीको बिहे गराउँदै थिए । नाकको सिंगान राम्ररी पुछ्न नसक्ने छोरीलाई पराईलाई सुम्पँदै थिए । तर उनलाई गुनासो थिएन । न त विस्मात नै । बरु गौरव महसुस पो गरेका थिए ।

‘माइतैमा छुई -रजस्वला) होला कि भन्ने डर कत्रो । डरैडरले १० वर्षभित्र त बिहे गराउनै पथ्र्यो । ठीक्कै भयो । केटी माग्न उनीहरू घरमै आए । बिहे भयो । केटा खोज्दै हिंड्नु परेन,’ उनले खुसी पोखे  ।

कुर्मीले यसअघि ४ बहिनी छोरीको विवाह गराइसकेका छन् । छिमेकीका अनुसार तिनीहरूको उमेर पनि ७/८ वर्ष माथि थिएन । किन त ? घनश्याम भन्छन्- ‘बाजेबराजुका पालादेखिको चलन हो । लात मार्न सकिएन । कन्या हुँदै छोरीको बिहे गरिदिनु, ठूलो पुण्य कमाइन्छ भन्थे । पुण्य कमाउन मन लाग्ािहाल्यो । मैले पनि

त्यसै गरेँ ।’

रुपन्देही मर्चवार क्षेत्रमा मधेसी समुदायका अधिकांश परिवारले आफ्ना छोरी १० वर्ष नपुग्दै विवाह गराउँछन् । मर्चवारका मानव अधिकार कार्यकर्ता तथा शिक्षक प्रभुनारायण यादवका अनुसार मधेसी समुदायका यादव, गुप्ता, ठहरे, कुर्मी, लोध, हरिजन, बाजिया, कलवार, पासी, पासवान, मौर्य र थारू जातिमा बालविवाहको चलन अझै छ । शिक्षित र सम्पन्न परिवारमा पनि यो चलन उस्तै छ । यादव भन्छन्- ‘यहाँका अधिकांश मधेसी धर्ममा बढी कट्टर छन् । रजस्वला नहुँदै छोरीको बिहे गराए ७८ सय गाई दान गरेसरह धर्म हुन्छ रे ।

मर्चवारका ११/१२ वर्षका बालिका सिउँदोमा सिन्दुर, घाँटीमा मोटो पोते र हातभरि रातै चुरा लगाएका भेटिन्छन् । तर ती बालिकालाई विवाह कोसित भएको हो थाहा हुँदैन । न थाहा हुन्छ, विवाह कहाँ भएको हो ?

‘कुन्नि कोसित बिहे भयो ? मलाई के थाहा ? ऊ आमाबासित सोध्नुस् न । उहाँहरूलाई सबै थाहा छ,’ उमाले भनिन् । टाउकोभरि सिन्दुर लत्पताएकी लबनीकी ९ वर्षे उमालाई विवाहबारे केही थाहा छैन । जो दुलाहा बनेर आए पनि पत्याउँछिन् ।

आमाबाका अनुसार उमाको बिहे गत माघमा कपिलवस्तुको भैंसीकुण्ड गाविसमा भएको हो । उता केटा सानो यतातिर केटी झन् सानी । दुवैतिरका आमाबाको मिलोमतोमा विवाह गराएका थिए । उमाका बा रामहरक चौधरी भन्छन्- ‘परम्पराअनुसार ८ वर्षमा बिहे गराइयो । अहिले त देखे पनि दुलाहालाई चिन्दिन । पछि ठूली हुँदै जाली, बिहेबारे पनि बुझ्दै जाली ।’ दस वर्ष नपुग्दै विवाह भए पनि उनीहरू माइतमै बस्छन् । दुलाहा दुलहीको भेटघाट हुँदैन । १३/१४ वर्षमा गौना गरेपछि मात्र उनीहरू केटाको घर जान्छन् ।

हुन पनि  वैदिक धर्मग्रन्थ, धर्मसिन्धु र मनुस्मृतिमा सात वर्षभन्दा मुनिका छोरी बिहे गरी पठाएमा ७८ सय गाई दान गरेसरह फल मिल्छ भनी लेखिएको छ । यसअनुसार सनातनदेखि नै बालविवाह हुने गरेको कुरा स्पष्ट हुन्छ । तर बेलाबेलामा नियम परिवर्तन भएका भेटिन्छन् । उतिबेलै स्वयं मनुले आफ्नी छोरी देवभूतिलाई सात वर्षमा करदम ऋषिसँग विवाह गराएका थिए । विवाहपछि गृहआश्रम र देवभूति पतिव्रता भए । यसैले सात वर्षमा गरिएको उक्त विवाह उत्तम ठाने । र, सात वर्षमा विवाह गर्ने चलन चलाए ।

समय बित्दै जाँदा क्रमशः विदुषीहरूले धर्मशास्त्रलाई जितेर आफूखुसी उमेरमा बिहे गर्ने चलन पनि चलाएका थिए । तर भारतमा मुस्लिम राजाहरूले राज्य गर्न थालेपछि औरंग्ाजेवको पालामा यो प्रथा अन्त्य भयो । मुस्लिम राजाहरूले राम्रा-राम्रा केटीहरूसँग जबर्जस्ती विवाह गर्न थाले । त्यसपछि ब्राह्मणहरूले छोरीहरूको सानैमा बिहे गरिदिने चलन बसाए । बच्ची आठ वर्षकी भए गौरी, नौ वर्षकी भए रोहिणी र दस वर्षकी भए कन्या मानेर विवाह गरिदिने चलन बसाले । केहीगरी दस वर्षभित्रमा विवाह भएन भने पनि रजस्वला हुनुअगाडि छोरीको विवाह नगरे ७८ सय गाई मारेसरह महापाप लाग्छ भन्ने उक्ति चल्ााए ।

जमाना बदलियो । नियम कानुन पनि फेरिए तर धर्मको नाममा चलेको कुसंस्कार उस्तै छ । धार्मिक शास्त्रहरू र मनुस्मृतिले समेत नारीलाई उपभोग्य वस्तु र साधनका रूपमा चित्रण गरेका छन् । बालविवाह यसैको उदाहरण हो । समय बित्दै जाँदा अरु समुदायमा यो प्रथा कम भए पनि मधेसी समुदायमा अझै व्यापक रूपमा रहेको छ ।

बालविवाह नहट्नुमा सामाजिक मान्यता पनि उत्तिकै जिम्मेवार छ । मर्चवार क्षेत्र  महिला सशक्तीकरणकी सामाजिक कार्यकर्ता पम्फादेवी खनाल भन्छिन्- छोरी ठूली भएपछि बिग्रन्छन्, परिवारको इज्जत घट्छ, समाजले हेंला गर्छ र ठूली भएपछि बिहे गर्न पनि अप्ठेरो पर्छ भन्ने मान्यताले पनि मधेसी समुदायले छेारीको बिहे सानैमा गरिदिएका हुन् ।

बालविवाह हटाउन मर्चवार क्षेत्रमा थुप्रै कार्यक्रम चलाइएका छन् । सफलता भने हात परेको छैन । प्रायः अश्ािक्षित मधेसीहरूले भोजपुरी र अवधीभन्दा अरू भाषा जान्दैनन् तर कार्यक्रम चलाउनेहरू चाहिँ नेपाली बोल्छन् । खनालका अनुसार यही भाषिक समस्याले पनि यस्ता कार्यक्रम सफल भएका छ्रैनन् ।

उसो त, कानुनले समेत बालविवाहलाई गैरकानुनी घोषित गरेको छ तर आजसम्म बालविवाहविरुद्ध अदालतमा मुद्दासमेत परेका छैनन् । नेपाल बार एसोसिएसन बुटवल शाखा सदस्य मीना पन्त भन्छिन्-र् मर्चवारका मधेसीहरूमा बालविवाह मानव अधिकार विरोधी काम हो भन्ने चेतना छैन । त्यसैले मानव अधिकारको ठाडो उल्लंघन भइरहँदा पनि कसैले विरोध गरेका छैनन् । मीनाको सुझाव छ, ‘नियम कानुनमात्र बनेर हुँदैन, व्यवहारमा लागू हुनुपर्छ । शिक्षा र चेतना नफैलिएसम्म बालविवाहजस्तो कुप्रथा मौलाइरहन्छ ।’ विश्व हिन्दु महासंघ रुपन्देहीका गणेशमान सैंजू पनि समाजमा नराम्रो असर पार्ने संस्कारहरू धर्मका नाममा बचाउन नहुने बताउँछन् । उनी भन्छन्- ‘धर्मकै नाममा मधेसी समुदायमा बालविवाह भएका हुन् भने त्यो धर्मका नाममा कलंक र पाप हुनेछ । समयअनुसार  पुरातन धार्मिक संस्कारहरू पनि परिवर्तन गर्दै जानुपर्छ ।’

Source::http://www.kantipuronline.com/kolnepalinews.php?&nid=90257

Advertisements

Entry filed under: Articles.

Nepal becoming country of marginal farmers लोकतन्त्रमा मधेश

1 Comment Add your own

  • 1. Dirgha Raj Prasai - Nepal  |  April 15, 2009 at 2:03 am

    Dear sister Anamol !
    I extend thanks that you have published this fine and analitical real article. But, I request you, plese, write Tarain people but not madhesi people. If you will start to write Tarain people there will be no confusion. In Tarai there are meny rtibes- Tharu, Rajbanshi, Dhimal, Madhsis etc.
    I always read your article in another newspapers.
    Thank you.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 49 other followers


%d bloggers like this: