Case Study – जागीरे गाउँको जाँगर

November 11, 2006 at 10:40 am Leave a comment

Case Study – Pahadi’s Migration in Terai Region

जागीरे गाउँको जाँगर

शङ्कर खनाल

कुनै बेला रातो वनले ढाकिएको लालबन्दी गाउँ अहिले सर्लाहीको एक मुख्य ग्रामीण बजारमा परिणत भएको छ बीस वर्षअघिसम्म लालबन्दी एउटा सानो गाउँ थियो । मुलुकका पिछडिएका अन्य गाउँमा झैँ लालबन्दीमा पनि मानिसहरूको खासै चहलपहल थिएन  । तर, अहिले यो गाउँ बजारमा परण्िात भएको छ भने यसले नयाँ बस्तीका रूपमा नयाँ जीवन पाएको छ । सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने एउटा महत्त्वपूर्ण बजारका रूपमा स्थापित लालबन्दी यसरी भरीभराउ होला भनेर यहाँका बूढापाकाहरूले सोचेका पनि थिएनन् । तर, आफू जिउँदै छँदा लालबन्दीको कायापलट भइरहेको देख्दा उनीहरू मक्ख छन् । ७४ वषर्ीय देवबहादुर घिमिरे विगत स्मरण गर्दै भन्छन्, “गाउँमा पातला घर थिए, सबै क्षेत्र राताम्य वनले ढाकेको थियो । एक्लैदोक्लै छिर्न पनि गाह्रो हुन्थ्यो । अहिले त ठ्याम्मै फेरयिो ।”

रातो वनले पूरै ढाकेको क्षेत्र भएकाले गाउँको नाम लालबन्दी राखिएको किंवदन्ती घिमिरेले सुनाए । तर, अहिले लाबन्दीको लाल वनको नामोनिशान छैन । त्यहाँका राता र हरयिा वन फाँडिएका छन् । जनसङ् ख्या बढ्दै गएपछि वन क्ष्ाेत्र बस्तीमा परण्िात भएको छ । सर्लाहीको सदरमुकाम मलङ्गवाबाट २५ किलोमिटरको मोटर यात्रापछि पुगिने एवम् सदरमुकामबाट दक्षिण पश्चिममा पर्ने लालबन्दी अहिले व्यापारकि केन्द्रका रूपमा स्थापित छ । जब्दी, नेत्रगन्ज, पत्थरकोट, रानीगन्ज, ईश्वरपुरलगायतका एक दर्जनभन्दा बढी गाविसहरूको केन्द्रमा रहेको लालबन्दी बजारले रौतहट, सिन्धुली, महोत्तरी र भारतको विहार, सीतामडी जिल्लासम्मको कारोबार ओगटेको छ ।

लालबन्दीको विशेषता के हो भने तराई भएर पनि यो ठाउँ पहाडको नजिक छ । औलो उन्मूलनसँगै पहाडबाट मधेश झर्ने क्रम शुरू भयो । बसाइँसराइको यस माचोमा सम्म, उब्जनी हुने र अनेक सुविधाका दृष्टिले पायक पर्ने ठाउँमा मान्छेहरूले बस्ती बसाउन थाले । जङ्गलै फाँडेर बस्ती बसाउने क्रम लालबन्दीमा पनि तीव्र भयो । लालबन्दी नजिकैका काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली र दोलखाका मानिसहरू पहाडबाट लालबन्दी झर्ने क्रम अझै रोकिन सकेको छैन । बसाइँसराइको यही लस्करले नै लालबन्दीको भाग्य चम्कायो  ।

लालबन्दी आफैँमा आत्मनिर्भर बस्ती हो । त्यसैले सदरमुकाम मलङ्गवासँग यसको सम्बन्ध निकै कम छ । सरकारी कामबाहेक आर्थिक र व्यापारकि कामका लागि मलङ्गवा जानुपर्ने बाध्यता छैन  । यहाँका अधिकांश मानिसहरू सरकारी जागीरमा छन् । लोकसेवा आयोगले लिने परीक्षामा वर्षेनी यस ठाउँका १०-१२ जना उत्तीर्ण हुने गरेका छन् । त्यसैले लालबन्दीलाई कसैकसैले जागीरे गाउँ पनि भन्छन्  । “पहिले यो ठाउँमा लेख्न-पढ्न त होइन, साँवा अक्षर फुटाउनेसम्म थिएनन् । तर, हिजोआज प्रवेशिका पास गर्नेको सङ्ख्या घरपिच्छे थपिएको छ,” स्थानीय दयाराम चौधरी भन्छन् । उनका अनुसार, यस ठाउँबाट मात्रै सरकारी जागीर खान सदरमुकाम मलङ्गवा धाउनेको सङ्ख्या झण्डै एक सयको हाराहारीमा छ ।

लालबन्दीको व्यथा पनि बेग्लै छ । हिंसात्मक द्वन्द्वका कारण पहाडबाट विस्थापित भएका मान्छेहरूको चापका कारण यहाँको जनजीवन असहज बनेको छ भने बजार विस्तारको क्रम रोकिएको छ । विस्थापितहरू अझै घर र्फकन हिच्किचाइरहेका छन् । वार्ता भङ्ग भएमा पुनः गाउँबाट लखेटिनुपर्ने भय अझै पनि उनीहरूको मनबाट हट्न सकेको छैन । १० वर्षअगाडिदेखि नै लालबन्दीलाई प्रशासनले विद्रोहीको ‘सेल्टर’ ठान्दै आएको थियो । “प्रशासनले हामीलाई विद्रोही ठान्यो । वास्तवमा त्यस्तो थिएन, विद्रोही पक्ष्ा आएर चलखेल गरेको निहुँमा सरकार हामीमाथि खनियो,” स्थानीय बासिन्दाको गुनासो छ । तर, द्वन्द्वको चर्को मारमा परे पनि उनीहरूले आफ्नो ठाउँलाई चाहिँ छाडेनन् ।

एउटा नाका पनि हो, लालबन्दी । यहाँबाट सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, महोत्तरी र भारतको विहार सजिलैसँग छिर्न सकिन्छ । अझ भारतको विहार छिर्न त आधा घण्टा साइकलको दौड लगाए पुग्छ । चुरेको फेदी हुँदै सिन्धुली, भारत र महोत्तरीको जङ्गल छिर्न सजिलो छ । यसले गर्दा पनि विद्रोहीहरूले यस ठाउँलाई आफ्नो सेल्टरका रूपमा स्थापित गररिहेका छन् । विद्रोहीको जिल्लास्  तरदेखि माझी मुक्तिमोर्चाका केन्द्रीय कार्यालयसम्म छन् यहाँ  । द्वन्द्वले गर्दा गाउँको हैसियत हराएको छ । विद्रोहीको आक्रमण र लुटपाटपछि विस्थापित भएका प्रहरी चौकी र ब्याङ्कहरू अझ पनि स्थापित भएका छैनन् । बजारमा सरकारी सुरक्षा छैन, बरु जनसेनाले यहाँको सुरक्षाको जिम्मा लिएको छ ।

विहारसँग यहाँको दोहोरो व्यापार चल्छ । खुला सिमानाका कारण भन्सार नतिरी ट्रकका ट्रक सामानहरू निकासी र पैठारी गर्ने गरन्िछ । यही कारणले पनि यस क्षेत्रको बजार फस्टाएको छ  । यसबाहेक बैलवास, हरविन, वरहत्वौ, मलङ्गवा यहाँका नाम चलेका बजारहरू हुन् । गाईवस्तु भारत निर्यात गर्नु र भैँसी-राँगा काठमाडौँ पठाउनु यहाँको मुख्य व्यापार हो । तर पनि, समस्या धेरै छन् । दैनिकजसो चोरीडकैतीले यो क्षेत्र आक्रान्त छ । चेलीबेटी बेचबिखन यहाँको अर्को समस्या हो । स्थानीय पब्लिक युथ क्लबका अध्यक्ष नवराज मिश्र बढ्दै गएको विकृति रोक्ने, स्थानीयस्तरका मुद्दा मिलाउने र चौतारी निर्माण गर्नेलगायतका सामाजिक काममा आफूहरू सक्रिय रहेको बताउँछन् ।

लालबन्दीमा खानेपानी, ढल र स्वास्थ्यसम्बन्धी समस्या चर्को छ । २० वर्षअगाडि दुई करोड रुपियाँको लगानीमा थालनी गरएिको खानेपानी योजना सम्पन्न भइसक्दा पनि धारामा पानी चुहिएको छैन । आकाश छुने पानी ट्याङ्की निर्माण गरएिको त छ तर ट्याङ्कीमा पानी चढ्न सक्ने अवस्था छैन । स्थानीयस्तरमा अस्पताल निर्माण भए पनि औषधि र डाक्टरको अभावका कारण यहाँका मानिसहरूले वीरगन्ज र जनकपुरसम्मको दौड लगाउनुपर्छ ।

राजमार्गसँगै जोडिएको यो क्षेत्र ऊखु र तरकारी खेतीका लागि उपयुक्त मानिन्छ । स्थानीयस्तरमा उत्पादन गरएिका टमाटर, काउली, बन्दा स्थानीय बजारमा प्रतिकिलो एक रुपियाँमा पनि महँगो मानिन्छ । यहाँ उत्पादन हुने तरकारीहरू काठमाडौँ, विराटनगर, नेपालगन्ज, धरान र पूर्वभारतीय बजार असमसम्म पुर्‍याइन्छ  । मुख्य रूपमा लालबन्दीको उत्तरी क्षेत्र तरकारी खेती र दक्षिण क्षेत्र खाद्यान्न उत्पादनका दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छन्  । समस् या धेरै भए पनि यहाँका मानिसहरू समाधान गर्न आफँै कस्सिएका छन् । सिँचाइ र ढल निकासको समस्या टार्न बजारमा आफँै जुटेका छन् । भन्छन्, “यसरी नै शान्ति छाइदिए हामी विकास निर्माण मात्र होइन, यो बस्तीकै मुहार फेथ्यौर्ं ।”

Source::http://www.kantipuronline.com/Nepal/nepalijeevan.php

Date: Kathmandu, Sunday, 5 Nov, 2006

Advertisements

Entry filed under: Uncategorized.

Discusson on SPA-Maoist Agreement नागरिकताबिना संविधानसभा अकल्पनीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 46 other followers


%d bloggers like this: