थरुहट तर्राई कि मधेश ?

November 11, 2006 at 8:46 am 2 comments

थरुहट तर्राई कि मधेश ?  


–भुलाई चौधरी
हिजोआज खास गरेर तर्राई तथा मधेश, थारू तथा मधेशी सम्बन्धमा सही ज्ञान र जानकारीको अभावमा जनमानसमा अन्योल रहेको पाइन्छ । यदि समयमा यी भ्रमसम्बन्धमा स्पस्ट पारिएन भने यसले थप नयाँ समस्या निम्त्याउन सक्दछ । त्यसकारण यस निबन्धको माध्यमबाट ती भ्रम हटाउने जमर्को गरिको छ ।

नेपाल तर्राई र थारू- नेपाल अधिराज्यको दक्षिणी तल्लो समतल भारतको उत्तरी सिमानासम्मको पर्ूव मेचीदेखि पश्चिम महाकालीसम्म लगभग १०५० किमी लामो तथा भारतको उत्तरी सिमानादेखि २५-३० किलोमिटर उत्तरसम्मको नेपाली भूभागलाई नेपालको तर्राई भनिन्छ । तर्राई प्रदेश नयाँ नेपाल राष्ट्रको निर्माणको सँगसँगै बनेको प्रदेश हो तर आदिबासी थारूहरू मूलबासीको रूपमा यस तर्राई प्रदेशमा वा यस भूभागमा आदिकालदेखि नै बस्दै आई नयाँ नेपाल निर्माणपछि पनि अन्न उब्जाएर पूरा नेपालको पालन पोषण गर्दै आएका हुन् । त्यसैले थारूहरूलाई नेपालमा सबैले आदिबासी, मूलबासी, भूमिपुत्रको रूपमा र तर्राईलाई अन्नको भकारीको रूपमा सबै चिन्दछन् । तर्राई सुरुदेखि नै थरुहट अर्थात् थारू प्रदेश रहिआएको छ । यो नेपालीका लागि कुनै नयाँ कुरा होइन । तर्राई नेपालको सबैभन्दा बढी तल्लो भूभाग हो । थारूभाषामा तल्ल भनेको ‘तर’ हुन्छ र तरको संज्ञा रूप तर्राई हुने भएकोले यस थरुहट प्रदेशको नामाकरण तर्राई भएको बुझिन्छ जो र्सार्थक पनि छ । त्यसैले सबैले थारूहरूलाई तर्राईका मूलबासी, आदिबासी तथा भूमिपुत्रको रूपमा स्वीकार गर्दै आएको हो । यसमा कसैको दर्ुइ मत नहोला ।

सुरुसुरुमा थारूहरू तर्राईका एकल निवासी हुन् । तर्राई क्षेत्र घनघोर वन जंगलले ढाकिएको थियो । बाघ, सिंह, चितुवा, भालु, बनेल तथा जंगली हात्तीहरू जस्ता भयानक हिंस्रक जीव जन्तुको यहाँ बिगबिगी थियो । वन नभएको खाली ठाउँहरूमा थारू बस्तीहरू थिए र थारूहरू यी हिंस्रक जीवजन्तुहरूसँग संर्घष्ा गर्दै जीवनयापन गर्दै आइरहेका थिए । लगभग नयाँ नेपाल राष्ट्रको निमार्ण्र्ाालको १०० वर्षछि अर्थात् वि.सं. १८२६ सम्ममा देशको जनसंख्यामा वृद्घ िभई बढी उत्पादनको आवश्यकता महसुस भएकाले जग्गा जमीन बढाउने उद्देश्यानुसार धमाधम तर्राईको वन फडानी हुनथाल्यो । उत्पादन बढाउनका निम्ति थारूहरू बाहिर र भारतबाट मान्छे ल्याई उनीहरूलाई खेतबारी दिई उत्पादन गर्न लगाई उनीहरूबाट कर असुल उपर गरी राजा रजवारहरूलाई कर बुझाउने गर्दर्थे तर करको दर कहिलेकाँही बढी भयो भने ती ल्याएका भारतीयहरू फेरि आपmनै भूमिमा भारत र्फकन्थे ।

थारूहरूका आपmनै मातृभाषा, संस्कृति र व्यवस्था थिए र छन् । यिनीहरूको शासन पद्घति सुरुवस्था देखि नै जातीय स्वायत किसिमका थिए र थारूहरूका त्यतिखेरका थारू शासकीय मुख्य केन्द्रहरू कदमहा मोरङ, विजयपुर, बरमझिया सप्तरी, रौतहट, बुटबल र दाङ हुन् । पछि पछि यी प्रान्तीय गादी शासन प्रणाली हुँदाहुँदै पनि सामाजिक कामबाहेक अरू कुरोको हकमा त्यति प्रभावकारी रहेन । पछि तर्राईको जंगल फडानी भयो र २०१९ सालदेखि औलो उन्मूलन कार्यक्रमले गर्दा यहाँको हावापानीमा सुधार हँुदा भारतबाट र पहाडबाट बहुसंख्यक मात्रामा मानिसहरू तर्राईमा बर्साई सरे । यसले गर्दा थारू जनजीवन आपmनै थरुहटमा अस्तव्यस्त भयो । यस विषयलाई सबै पक्षबाट राम्ररी विचार भएन भने थारू जातिको तर्राई अर्थात् थरुहटबाटै लोप हुन बेर छैन ।
मानिसहरू सही जानकारी र ज्ञानको अभावमा भ्रमवश नेपाल तर्राईलाई मधेश पनि भन्दछन् । यो गलत बुझाइ हो । तर्राई र मधेश एउटै कुरा होइन । यी दर्ुइ छुट्टाछुट्टै भौगोलिक अवधारणा हुन् । तर्राई र मधेश एक अर्काका पर्यायवाची शब्द होइनन् । मधेशलाई तर्राईको पर्यायवाचीको रूपमा प्रयोग गर्नु गलत हो । यसबाट मानिसहरूमा अनावश्यक भ्रम पैदा भएको पाइन्छ । नेपालका आधिकारिक अभिलेखहरूमा नेपाल राष्ट्रको निमार्ण्र्ाालदेखि नै अहिलेसम्म तर्राईको साटो मधेश कहीँ पनि उल्लेख छैन । २०३९ सालमा हिरण्यलाल श्रेष्ठद्वारा लिखित ‘नयाँ नेपाल परिचय’ मा – हिमाल, पहाड तथा तर्राई गरी नेपाललाई तीन प्राकृतिक भागमा विभाजन गरिएको छ । त्यस्तै २०३५ सालमा प्रकाश ए राजद्वारा लिखित ‘अ नेपलीज डिस्कभर्स हिज कन्ट्री’ भन्ने पुस्तकमा मधेश भन्ने शब्दको कहीँ पनि प्रयोग भएको छैन ।

सन् १९६० मा हेगनले नेपाललाई सात प्राकृतिक विभाग -तिबेतियन मार्रर्जीनल माउन्टेन, इनर हिमालय, हिमालय, मिडलेन्ड्स, महाभारत लेक, सिवालिक हिल्स र तर्राई), सन् १९७१ मा गुरुङले नौ प्राकृतिक विभाग -बोर्डर रेन्ज, ट्रान्स हिमालयन भ्याली, हिमालय -हिमाल), टेम्पेरेट -लेक), सबट्रोपिकल -पहाड), महाभारत लेक, इनर तर्राई -दुन), चुरे रेन्ज, तर्राईमा, त्यस्तै सन् १९८० मा एफएओ, एचएमजी, यूएनडीपी, नेलेनले पाँच प्राकृतिक विभाग -हाई हिमालय, ट्रान्सपोजिसन जोन, मिड्ल माउन्टेन, सिवालिक, तर्राई तथा सन् १९८६मा ल्यान्ड रिसोर्स म्यापिङ प्लान नेपाललाई ५ प्राकृतिक विभाग -हाई हिमालय, हाई माउन्टेन, मिडल माउन्टेन, सिवालिक, तर्राईमा विभाजन गर्दा कहीँ कतैको विभाजनमा तर्राई बाहेक मधेश नभएको स्पष्ट देखिन्छ । यसबाट के प्रस्ट हुन्छ भने नेपालको कुनै पनि भागलाई मधेश उपयुक्त देखिँदैन ।

मधेश र मधेशी- नेपालको तर्राई क्षेत्र मधेश होइन । मधेश भनेको ‘प्राचीन भारतको सभ्यताका इतिहास’ को अड्तीसवा अध्याय ‘फाहियान लिखित भारतको वृत्तान्त शर्ीष्ाकको पृष्ठ ३८७ मा फाहियान जो चिनिया इतिहासकार हुन् ४०र्०र् इर् लगभगमा उहाँंले यमुना नदीको किनार मथुरा आईपुग्दा मथुराको दक्षिणको बीचको देशलाई मध्यदेश -मधेश) राजपुतानाहरूको देश भनी उल्लेख गरेका छन् । त्यस्तै वामन शिवराम आप्टेद्वारा संकलित एवं लिखित तथा मोतीलाल बनारसीदास पब्लर्ीर्सस प्रा.लि. दिल्लीद्वारा प्रकाशित ‘संस्कृत हिन्दी कोश’ को पृष्ठ १२०३ मा कुशवंती या कुशस्थली जुन दक्षिण कोल प्रदेशका राजधानी हुन्, नर्मदा नदीको उत्तरमा र विन्ध्य पर्वतको दक्षिणमा हुनर्ुपर्छ । सम्भवतः यो त्यही स्थान हो जसलाई बँदेल खण्डमा रामनगर भनिन्छ । राजशेखरले यही कुशस्थलीका स्वामीलाई मध्यदेशका नरेश अर्थात् मध्यभूमि या बँदेल खण्डका राजा भनेका छन् । नेपालका इतिहास शिरोमणी बाबुराम आचार्यका अनुसार उत्तरमा अम्बालादेखि दक्षिण प्रयागसम्मको मैदानी भूभाग मध्यदेश -मधेश) हो । त्यस्तै नेपाली शब्दसागरमा उल्लेख भए बमोजिम दक्षिणमा विन्ध्य, उत्तरमा हिमालय, पश्चिममा कुरुक्षेत्र र पर्ूवमा प्रयागसम्म पर्ने भूभाग प्राचीन मध्यदेश र मधेश हो । यहाँ मधेशको अवस्थिति देख्दा उत्तरमा हिमालय भनेको हिमाञ्चल प्रदेश हो जो नेपाल पश्चिमका भारतीय भूभाग हुन् । मध्यदेशको पर्ूर्वी सिमाना स्पष्ट रूपमा प्रयाग किटान भएको हुनाले प्रयागको पर्ूव तथा उत्तरमा मध्यदेश खोज्नु मर्ूखताको प्रतीक हो ।

उपर्युक्त ऐतिहासिक विवरण र प्रमाणअनुसार मधेश -मध्यदेश) भारतको उत्तर प्रदेशमा वा विन्ध्याचल पहाडदेखि दक्षिणमा वा विन्ध्याचल पहाडकै वरपरमा नै पर्दथ्यो भन्ने तथ्य प्रमाणित हुन्छ र त्यहाँ बस्ने या त्यहाँबाट अन्यत्र सरि गएका व्यtmिहरू नै मधेशी हुन् भन्ने तथ्य प्रमाणित हुन्छ । सो ऐतिहासिक र भौगोगिक तथ्य अनुरूप नेपालको तर्राई क्षेत्र भारतको नर्मदा नदी, उत्तर प्रदेशको विन्ध्याचल पहाड, प्रयाग, अम्बाला तथा कुरुक्षेत्रदेखि धेरै उत्तर पर्ूवमा अवस्थित छ र नेपाल अधिराज्यको तर्राई क्षेत्र सो मध्य देशको भूभाग अर्न्तर्गत रहेको या सिमानासम्म पनि जोडेको पाइन्न ।
रेवतीरमण खनालद्वारा लिखित ‘नेपालको कानुनी इतिहासको रूपरेखा’ नामक पुस्तकमा राजेन्द्रलक्ष्मीको पालामा दलजित शाहलाई देश निकाला गरी मधेश धपाएँ भन्ने उल्लेख रहनुका साथै ऐ को पृष्ठ ९९मा तर्राईको प्रशासन भनी उल्लेख भए समेतबाट मधेश र तर्राई अलगअलग भूभाग रहेको प्रमाणित हुन्छ । साथै नेपाल र ब्रिटिसबीच युद्घ र सन्धि हुँदा ८ डिसम्बर १८१६को ब्रिटिस संस्मरणपत्रको दफा २ र ६ मा कोशी र गण्डकी नदीबीच स्थित तिरहुत -थरुहट) समेतको भूभागलाई तर्राई क्षेत्र भनी सम्बोधन गरेबाट परापर्ूवकालदेखि नै तर्राई क्षेत्रको उत्पति र थारूभाषा, संस्कृति कायम रहेको बुझिन्छ ।
साधारणतया मधेशका मानिसलाई मधेशी भनिन्छ । जब मध्यदेश, मधेश र भारतका मानिसहरू आपmनो जीविकोपार्जनका लागि नेपालका तर्राई भूभागमा प्रवेश गरी यहाँ बसोबास गर्नथाले अनि तर्राईका आदिबासी थारूहरू ती बाहिरबाट तर्राईमा प्रवेश गरेका नव आगन्तुकहरूलाई बज्जिया बाहिर र बृज्जी गणतन्त्रबाट आएका भनेर बोलाउन थाले र अहिलेसम्म बोलाइरहेका पनि छन् । पछिपछि जब २० औं शताब्दीमा पहाडी समुदायका मानिसहरू तर्राईमा आए तब यी बाहिरियासँग पहाडीहरूको सर्म्पर्क भयो र ती बहिरयाहरूलाई पहाडी समुदायका मानिसहरूले मधेशी अथार्त् मध्यदेशी भनी बोलाउनथाले । अहिले पनि पहाडी समुदायका मानिसहरूले ती बाहिरिया समूहलाई मधेशी भनेरै बोलाउने गरेको कुरो सत्य हो तर अब यिनीहरू नेपाली नै होइनन् भन्ने आसय होइन । यसरी नेपाल तर्राई -थारूहरूको थलो) मा मधेशीहरूको प्रवेश भएको देखिन्छ र यो नै सही तथ्य पनि हो तर वर्तमान समयमा यो सही तथ्यलाई बंग्याएर भारतमूलक तथ्यलाई हटाउन निम्ति नेपाल तर्राईलाई नै कपोलकल्पित मधेश नाम दिई सो मधेशका नाताले आफूहरूलाई आदिबासी मधेशी साबित गर्न विभिन्न संघसंस्था तथा राजनीतिक दलहरूलाई भर्‍याङ बनाई केहीले भगीरथ प्रयत्न गरिरहेका छन् । मधेश नेपालमा कुनै भूगोल होइन । मधेश भारतमा आपmनो ठाउँमा जहाँ छ त्यहीँ छ र मधेशी भावनात्मक शब्द हो । मधेशी भनेको कुनै एउटा खास जाति विशेष होइन जसको एउटा निश्चित ठाउँ, संस्कृति र मातृभाषा होस् भने उ कसरी नेपालको आदिबासी हुनसक्छ – यो विचारणीय विषय हो ।

स्मरण रहोस् सम्पर्ूण्ा नेपाल तर्राई तथा भित्री तर्राई थारूहरूको मूल थलो अर्थात् थरुहट हो  । थारूहरू तर्राईका मूल आदिबासी हुन् । यसलाई कुनै राजनीतिक दल वा अन्य संघसंस्थाहरूले आपmना राजनीतिक आस्था तथा गैरजिम्मेवारीपर्ूण्ा व्यवहारले गर्दा यस सम्बन्धमा कुनै गलत निर्ण्र्ाानलिऊन् भन्ने हार्दिक अनुरोध छ । बज्जिया शब्द थारूभाषाको शब्द हो जसको अर्थ हुन्छ बाहिरबाट वा बृज्जी गणतन्त्र वा भारतबाट आएका मानिस । पछिपछि पहाडी समुदायका मानिसहरू तर्राईमा आउँदा वा थारूहरूको सर्म्पर्कमा आई थारूहरूको मुखबाट बज्जिया बज्जिया घरिघरि सुनिराख्दा यो बज्जिया भनेको गाली गरेको हो कि अर्थ लगाई यो शब्द नेपाली शब्द कोशमा गाली अर्थमा समावेश हुनगयो तर अर्थको अनर्थ रूपमा ।
यसरी, उपर्युक्त तथ्यबाट के प्रमाणित हुन्छ भने तर्राई मधेश होइन, यो तर्राई थरुहट नै हो । अतः तर्राईलाई मधेश र मधेशीलाई आदिबासी भन्नु बुद्घमिानी होइन । -लेखक थारू कल्याणकारी सभाका महामन्त्री हुनुहुन्छ)

Source::http://www.gorkhapatra.org.np/content.php?nid=5981

Advertisements

Entry filed under: Articles.

News, Controversy and Public Reactions Discusson on SPA-Maoist Agreement

2 Comments Add your own

  • 1. sbs  |  November 12, 2006 at 4:25 pm

    Dear All,
    This is really an interesting article. I was also not aware of the origin of the word “Madheshi.” Hope Bhulai Chaudhari is right in his assessment. I have nothing to say on this aspect as I do not hold expertise information in this respect.

    However, Bhulai Chaudhari jee is quite easily trying to brush the Madheshi movement so far under the carpet by raising this issue of who is real indigenous inhabitants of Nepal’s terai region. In the core of the Madheshi movement, the main issue has always remained the neglect of citizens of Terai by the state of Nepal. Irrespecitve of various subdivisions present within the inhabitiants of Terai, the state of Nepal has always treated the inhabitants of terai as second class citizen. Be it academic services, or be it administrative services, the terains could never rise to the occasion and represent Nepal according to their population. What to talk about pathetic presence of Madhesis in both the judicial and military services. Everywhere the terains have suffered because the Nepalis state so far has viewed the terains from the single lens.

    The terai movement or the Madheshi movement, in my understanding, is for the sake of restoring dignity to the unfortunate habitants of Nepal who look like their southern neighbours. This discrimination has been maintained by Nepalese state on the basis of appearance alone. So, there arises no such issues as who are real inhabitants or who are indiginous people of terai in this discriminatory treatment of the state of Nepal.

    Thus, instead of trying to burn individiual political rotis, all the terains need to organize themselves under one banner and fight for the federal republic. Without self-governance no body is going to develop whether he is a migrant Yadav from India or indigineous Tharu choudhary living in southern Nepal for centuries.

  • 2. Rastra Bhusan Khadka  |  November 13, 2006 at 10:57 am

    I have gone through your artical. It is very interesting and full of facts. I am sure the facts must be true in the way you have presented.

    I like your idea of calling Tarai inplace of madesh. It is also much more bing Nepali and single Nepal by calling Tarai.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 49 other followers


%d bloggers like this: