मधेशी महिलाको दयनीय स्थिति: बाधक को ?

November 15, 2006 at 9:25 am 1 comment

मधेशी महिलाको दयनीय स्थिति: बाधक को ?

प्रा.डिल्लीराम दाहाल

मधेशी महिलाको उन्नति र सशक्तीकरणका निम्ति राज्यले निश्चय नै पर्याप्त कार्य गरेको छैन । तर मधेशी पुरुष-समाज तयार नभएसम्म मधेशी-नारीको स्थिति सुधार्न कठिन हुन्छ किनभने त्यसनिम्ति ऊ आफैँ पनि बाधक रहँदै आएको छ ।


किरण पाण्डे

नेपाली महिलाहरूको सामाजिक, आर्थिक तथा राजनीतिक स्थितिको विश्लेषण गर्दा प्रायः समष्टि -होमोजेनाइड) रूपमा गर्ने गरिएको छ । यसले गर्दा महिलाहरूको स्थितिको सतही चित्रण मात्रै हुने गरेको छ र महिलाहरूमध्ये पनि बढी चापमा परेका विभिन्न समूहका महिलाहरूको समस्या उजागर हुनसकेको छैन । तर्सथ यो सानो लेखमा, नेपालका ‘मधेशी महिला’ हरुको मात्र विविध पक्ष केलाउने प्रयास गरिएको छ । यस लेखका मूलतः दर्ुइ उद्देश्य छन् । पहिलो; मधेशी महिलाहरूको सामाजिक, सांस्कृतिक विविधताको चर्चा र दोस्रो, मधेशी महिलाहरूको सामाजिक, आर्थिक र उनीहरू भित्रको उत्पीडनको आकलन गर्नु ।

वि.सं. २०५८ को जनगणना अनुसार तर्राईको कुल जनसङ्ख्या १,१२,१२,४५३ छ । अर्थात् नेपालको झण्डै आधा -४८.४ प्रतिशत) जनसङ्ख्या तर्राईमा बस्छ । त्यसमा महिलाको अनुपात ४९.१ प्रतिशत छ । तर्राईमा बसोबास गर्ने विभिन्न जातजातिहरूमध्ये ‘मधेशी’ को हुन् भन्ने बारे केही विवाद भए तापनि यहाँ ‘पहाडिया मूल’ का मानिसहरू बाहेक अन्य सबै जातजातिलाई ‘मधेशी’ भनी समावेश गरिएको छ । त्यस्ता मधेशीहरूको जनसङ्ख्या वि.सं. २०५८ जनगणनाको आधारमा करीब ७२ लाख अर्थात् तर्राईको कुल जनसङ्ख्याको झण्डै ६४ प्रतिशत छ र यसमा आधा करीब ३६ लाख मधेशी महिलाहरू छन् ।

मधेशीहरूको सामाजिक संरचना पहाडियाहरूको भन्दा निकै जटिल छ । सामाजिक तथा सांस्कृतिक हिसाबले मधेशी महिलाहरूलाई चार सांस्कृतिक समूहमा विभाजित गर्न सकिन्छः

(१) हिन्दू महिला समूह -मैथिल ब्राहृमणदेखि दलितसम्म), (२) जनजाति महिला समूह -थारू, धिमाल, सतार आदि) । -३) मुसलमान महिला समूह र -४) अन्य -मारवाडी, बङ्गाली, शिख आदि) महिला समूह ।

हिन्दू वर्ण्र्ाायवस्था अर्न्तर्गत पर्ने मधेशी महिला समूह, जनसङ्ख्याको हिसाबले सबैभन्दा ठूलो (तर्राईको करीब ३९ प्रतिशत) समूह हो । यस अर्न्तर्गत पनि झण्डै ४० वटा साना साना सांस्कृतिक समूहहरू पर्छन् । हिन्दु मधेशी महिला समूहलाई पनि क्रमशः तीन तहमा छुट्याउन सकिन्छः

· उच्च जात -मैथिल/भूमिहार, राजपूत र कायस्थ),
· मध्य जात -यादव, तेली, कोइरी, धानुक, केवट, बनिया, हजाम, कानु आदि), र
· निम्न जात वा दलित समूह -तत्मा, चमार, मुसहर, दुसाध, खत्वे, धोवी, डोम, हलखोर आदि) ।

यी हिन्दू समूहका महिलाहरूको भाषा क्षेत्र हेरेर मैथिली, भोजपुरी, अवधी तथा वजिका हुन् । हरेक समूहका आफ्नै जातिभित्र विवाह गर्ने र आफ्नै प्रकारका सांस्कृतिक परम्पराहरू छन् । त्यस्तै जनजाति समूहमा १० वटा सांस्कृतिक समूह पर्दछन् -करीब १६% जनसङ्ख्या) जस अर्न्तर्गत सबैभन्दा ठूलो सांस्कृतिक समूह थारू हो । हरेक जनजाति महिला समूहको आफ्नै धर्म, संस्कृति तथा भाषा छ । मुसलमानको जनसङ्ख्याको करीब ९ प्रतिशत छ । मुसलमानहरू स्थानीय मैथिली, अवधी आदि भाषा नै बोल्दछन् । ‘तर्राई अन्य समूहहरू’मा पर्ने जाति मारवाडी, बङ्गाली, शिख आदि हुन् जसको सामाजिक संरचना तथा भाषा एकआपसमा फरक छ । यी नेपालको तर्राईमा बसोबास गर्ने सबैभन्दा धनी र शिक्षित समुदाय पनि हुन् । यी समूहलाई कतिपय तर्राईबासीहरू ‘मधेशी’ भन्न रुचाउँदैनन् ।

सामाजिक/आर्थिक अवस्था
यहाँ दर्ुइ प्रकारले मधेशी महिलाको स्थितिको चर्चा गरिएको छ ः
-१) हरेक सांस्कृतिक समूहको अर्को समूहसँग दाँजेर सामाजिक स्तर हर्ेर्ने, र
-२) सम्पर्ूण्ा मधेशी महिलाहरूको अन्य नेपाली महिलासँग तुलनात्मक सामाजिक स्थिति ।

केही उच्च जातिका हिन्दू महिला र ‘अन्य महिला’ -जैन, मारवाडी) बाहेक बहुसङ्ख्यक मधेशी महिलाहरूको शैक्षिकस्तर दयनीय छ । उच्च हिन्दू जात समूहका केही महिलाहरू मात्र सरकारी जागिर, शिक्षण पेशा तथा विभिन्न अर्धसरकारी निकायमा कार्यरत पाइन्छन् । जनजाति महिला समूहमा मेचे र धिमाल बाहेक अन्य सबै समूहको साक्षरता दर राष्ट्रिय औसत भन्दा कम छ । मुसलमान, यादव, थारू जो जनसङ्ख्याको हिसाबले निकै माथि छन्- महिला शिक्षामा त्यति नै पछाडि देखिएका छन् । शैक्षिकस्तरमा सबैभन्दा दयनीय स्थिति मधेशी दलित महिलाहरूको छ । औसत साक्षरता चार प्रतिशत भन्दा कम भएको मुसहर महिला समूह र ७६ प्रतिशत भन्दा बढी साक्षर रहेको कायस्थ महिला समूह बीच कसरी तुलना गर्ने –

मधेशी महिला समूहहरूको
साक्षरता दर
(प्रतिशतमा)
मैथिल ब्राहृमण ५९.६
राजपूत ६२.७
कायस्थ ७६.१
सोनार ४२.७
बनिया ५५.५
हजाम/ठाकुर २५.०
यादव २२.६
मुसहर ३.८
डोम ५.२
चमार ९.०
थारु ३३.९
झाँगर १३.९
धिमाल ४४.१
मेचे ४८.९
मुसलमान महिला २२.६
जैन ९३.५
मारवाडी ८४.६
बंगाली ६५.१

स्रोतः केन्द्रीय तथ्याङ्क विभाग, वि.सं. २०५८

राष्ट्रियस्तरमा मधेशी महिलाहरूको सशक्तीकरणको सवालमा, सन् २००३ मा इसिमोड र अन्यले गरेको अध्ययनबाट केही चाखलाग्दा तथ्याङ्कहरू बाहिर आएका छन् । महिला सशक्तीकरणमा रौतहट जिल्लाको स्थान ७४ औँ -७५ जिल्लामा १ सबैभन्दा माथि र ७५ सबै भन्दा तल), कपिलवस्तु ७२ औँ, पर्सर्ाा९ औँ, महोत्तरी ६६ औँ, र्सलाही ६४ औँ, बारा ६१ औँ, सिरहा ६० औँ, धनुषा ५७ औँ र सप्तरी ५३ औँ छ । यी उल्लेख गरिएका जिल्लाहरू “मधेशी” हरूलाई बढी प्रतिनिधित्व गर्ने तर्राईका २० वटा जिल्ला मध्येका हुन्  ।

अब नेपालमा मधेशी महिलाहरूको स्थिति यस्तो दयनीय किन छ भन्ने बुझन अरू दर्ुइ वटा कुरा खोतल्नु आवश्यक छः -१) मधेशीहरूको आफ्नै सामाजिक, सांस्कृतिक परम्परा र -२) राज्यले मधेशी र खासगरी मधेशी महिलाका निमित्त निर्वाह गरेको भूमिका । सङ्क्षेपमा भन्नुपर्दा, खासगरी हिन्दू वर्ण्र्ाायवस्था अर्न्तर्गत पर्ने मधेशी महिलाको सामाजिक स्तर, -शिक्षा, आर्थिक परनिर्भरता तथा आफूले बोलेको कुरा घरपरिवारका अन्य सदस्यहरूले मान्ने) अन्य नेपाली महिलाहरूको तुलनामा एकदमै कम रहेको विभिन्न अध्ययनले देखाएका छन् । सांस्कृतिक हिसाबले एउटा उच्च जातकी मैथिल ब्राहृमण वा राजपूत महिला सकेसम्म आफ्नो घरको चार दिवार भित्र बस्छे । त्यस्ती महिलालाई आफ्नो घरको पुरुषसँग बाहेक अरूसँग बोल्न तथा सर्म्पर्क राख्न सामान्यतः निषेध छ । यस्ता महिलाहरू गरीब र पेट पाल्न नसक्ने भए तापनि कहिल्यै अर्काको घर/खेतीमा “मजदुरी’ गर्न जाँदैनन् ।

मधेशी महिलाहरूको शिक्षा कम हुनुको मुख्य कारण त्यस समाजमा प्रचलित ‘दहेज’ तथा ‘तिलक’ प्रथा पनि त्यत्तिकै जिम्मेवार छ  । एउटी उच्च शिक्षा हासिल गरेकी केटीको वर त्यही अनुरुप हुनुपर्ने भएकाले पढे-लेखेको केटाको तिलक -नगद दिने चलन) निकै चर्को छ । डाक्टर वा इञ्जिनियर केटाको तिलक त झनै बढी हुन्छ । त्यसैले मधेशी समाज छोरीको शिक्षा र खासगरी उच्च शिक्षालाई महत्त्व दिइरहेको छैन । चर्को दाइजोका कारण अशिक्षा र अशिक्षाका कारण छोरीको सानो उमेरमा विवाह गर्ने चलन अहिले पनि व्यापक छ । औसत नेपाली केटीको विवाह उमेर १८ वर्षन्दा माथि छ भने मधेशी महिलाको औसत विवाह उमेर १५ वर्षन्दा पनि कम छ । कतिपय मधेशी समूहमा -उदाहरणः डोम समुदाय) छोराछोरीको विवाह अहिले पनि ८-१० वर्षा नै गर्ने चलन छ । त्यसैले त्यहाँ छोरीको जन्मलाई हेय दृष्टिले हर्ेर्ने चलन अद्यापि छ । दुइटा भन्दा बढी छोरी घरमा जन्मेमा त्यो परिवार गरीब हुन्छ भन्ने धारणा व्यापक छ ।

मधेशी समूहका दलित महिलाहरू सामाजिक उत्पीडनबाट त्यत्तिकै पीडित छन् । थोरै मात्र मधेशी दलितहरूसँग आफ्नो निजी जग्गा छ । बहुसङ्ख्यक दलितहरू सुकुम्बासी -एउटा अध्ययनमा ५२ प्रतिशत सुकुम्बासी देखाएको छ) छन् । सुकुम्बासी हुनुको अर्को अर्थ नागरिकताविहीन हुनु पनि हो  । यस्ता दलित महिलाहरू बारम्बार उच्च जातका पुरुष तथा पुलिस र सैनिक जवानहरूबाट प्रताडित-शोषित हुने गरेका छन् । यता आएर कथित माओवादी पुरुषहरूले समेत त्यस्तै गरेका कथा-व्यथाहरू -सुनसरी, महोत्तरी आदिमा घटेका घटनाहरू) विभिन्न पत्रपत्रिकाहरूमा आएका छन् ।

मधेशी दलित महिलाहरूलाई लगाइने ‘बोक्सी’ को आरोपको समस्या अति नै चर्को देखिन्छ । मधेशी पुरुष समाज -जो धेरैजसो माथिल्लो जातका मानिसहरूबाट सञ्चालित छ) किन चनाखो भएर महिलाहरूको सशक्तीकरण र उनीहरूको हक, हित एवं अधिकार बलियो बनाउन लागि परेको छैन भन्ने विषय यहाँ आफैँमा विवादास्पद छ । मधेशी जनजाति महिलाहरू आफ्नै समाजबाट त्यति उत्पीडित नभए तापनि गरीबी र अन्य कारणले गर्दा उनीहरूको स्थिति पनि राम्रो छैन । मुसलमान महिलाको स्थिति पनि -शिक्षा तथा अन्य क्षेत्रमा) मधेशी दलित महिलाहरूसरह नै दयनीय देखिन्छ ।

अर्कोतर्फ मधेशी शिक्षित समुदायहरू पहाडिया मूलको शासन सत्ताले गर्दा नै मधेशीहरू पछाडि परेको तथा राज्यले उनीहरूलाई जहिले पनि दमन र शोषण गरेको धारणा राख्दछन् । यस्तो धारणामा सत्यता छ । तर सम्पर्ूण्ा सत्य भने होइन । त्यसैले मधेशी समुदायले पहाडियाहरूको दाँजोमा आफ्नो समाज किन पछाडि परेको छ खोतल्ने बेला आएको छ । यसमा राज्य सत्ता बाहेक आफ्नै सामाजिक, सांस्कृतिक संस्कार र सामाजिक संरचना कति बाधक छ भनेर केलाउनु जरुरी छ । निश्चय नै राज्यले मधेशी समुदाय र मधेशी महिलाहरूको उन्नति एवं सशक्तीकरणमा मुख्य भूमिका निर्वाह गर्नुपर्छ, तर त्यसमा अगुवा भूमिका निर्वाह गर्न मधेशी पुरुष समाज अग्रसर हुनर्ुपर्छ, किनभने ऊ आफैँ पनि बाधकको भूमिकामा रहँदै आएको छ । अर्थात् मधेशी पुरुषहरूलाई साथमा राखेर मात्र मधेशी महिलाको सशक्तीकरणमा लाग्नु र्सार्थक हुन्छ  ।

(समाजशास्त्री प्रा.दाहाल त्रिवि-सिनाससँग आवद्ध छन् ।)

Source::http://www.nepalihimal.com/2062/asoj-16-kartik-15/special_10.html

Advertisements

Entry filed under: Articles.

नागरिकताबिना संविधानसभा अकल्पनीय परिवर्तनको हलचल

1 Comment Add your own

  • 1. Dr BN Yadav  |  November 25, 2006 at 12:23 am

    I would like to thank professor Diliram Dahal for his article/research work regarding the data presented on the education status of the madhesi females of Nepal and the actual education status would reflest the sympathetc condition of the madhesi femaes and it would also help for the upliftment of the education of madhesi females and contribute in social, cultural, political, economic growth and developement of the madhesi who has been underpriveledged in all respect though they condtitute to vast majority of the population of Nepal.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 47 other followers


%d bloggers like this: