परिवर्तनको हलचल

November 15, 2006 at 9:39 am Leave a comment

परिवर्तनको हलचल

 — चन्द्रकिशोर


मधुप शर्मा

राजनीति, खेल, पत्रकारिता, कला, शिक्षा, चिकित्सा र इञ्जिनियरिङमा मधेशी महिलाहरूको सक्रियता र सङ्ख्या दुबै बढ्न थालेको छ । ‘घुम्टोमा छोपिएको भन्दा फरक पहिचान बनाउने’ आकर्षा बढेको छ । बिरगञ्ज इन्स्िटच्युट अफ टेक्नोलोजीमा अध्ययनरत ९ मध्ये ८ जना केटी मधेशी समुदायका छन । त्यस्तै ठाकुरराम बहुमुखी क्याम्पसमा प्राध्यापनरत १४ महिलामध्ये ७ मधेशी मुलका छन्  ।

तर पनि, आम रुपमा मधेशी समुदायको नयाँ परिचय बन्न सकिरहेको छैन । ठाकुरराम क्याम्पसकी उप-प्राध्यापक सुषमा तिवारी भन्छिन्, “यति हुँदाहुँदै पनि मधेशी महिलाको छवि बोक्सी र घुम्टोभन्दा बेग्लै देखिएको छैन । सञ्चारले पनि सनसनी खोजको नाममा मधेशी महिलाको अनौठो छवि मात्र पस्किरहेको छ । घुम्टो मधेशी महिलाको यथार्थ हो, तर सबैथोक होइन ।”

समग्रमा आम नेपाली महिलाभन्दा फरक छैन मधेशी महिलाको अवस्था पनि । तर, पहाडी समुदायभन्दा बढी नै परम्परावादी मानिने मधेशी महिलाहरूका अगाडि चुनौतीको पहाड ठूलै छ । तर, कवयित्री मीरा चौधरी भन्छिन्, “चुनौती हुन्छ नै, सफलता ‘रेडिमेड’ तवरमा कहिल्यै पनि प्राप्त हुँदैन । त्यसका लागि श्रम र बुद्धि खर्चिनर्ुपर्दछ ।”

आफ्नो समुदायमा विवाहपछि श्रीमतीलाई पढाउने भनेर ख्याति कमाएका नेसपा -आनन्दीदेवी) का संयुक्त महामन्त्री अनिलकुमार झा भन्छन्, “महिला बलियो हुँदा त्यसबाट सिङ्गो परिवार लाभान्वित भएको मेरो आफ्नै अनुभव छ ।” प्राज्ञ रामभरोस कापडी भ्रमरको अनुभवमा प्रजातन्त्रले मधेशी समुदायमा महिलाप्रतिको सोचमा विस्तारै सकारात्मक परिवर्तन ल्याइदिएको छ ।

राजनीतिमा स्थापित भएकी चित्रलेखा यादवजस्ता महिलाहरू यही समुदायबाट माथि उठेका हुन् । पत्रकार विजेता चौधरी भन्छिन्, “महिलाको लागि घरबाहिर केही गर्न खोज्नु भनेको आफ्नो अस्तित्वको लडाइँ लड्नु हो, त्यसैले सङ्र्घष्ा गर्नु उनीहरुको स्वाभाविक नियति हो ।” प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक पूजा सिंह भन्छिन्, “मधेशका उक्लिसकेका महिलाहरूले अरूलाई हौस्याउनर्ुपर्दछ  ।”

राज्यका विभिन्न अङ्गहरुमा महिला सहभागिता नै न्यून रहेको अवस्थामा त्यस भित्र मधेशी महिलाको सहभागिता अति नै न्यून छ भन्न हिच्किचाइरहनुपर्दैन । तर, यता आएर यसमा केही हलचल भने देखि थालेको छ । हिमाल नर्सिङ क्याम्पसकी प्रमुख जयन्ती सिन्हा भन्छिन, “समाज/ व्यवसायका विभिन्न पक्षमा नारी सहभागिता बढ्न थालेको छ । यो मधेशी समुदायमा हुनलागेको परिवर्तनको सङ्केत हो ।” लेखिका एवं समाजसेवी शान्ति चौधरी भन्छिन्, “मधेशी महिलाहरूलाई अवसर दिने र उनीहरूको न्यायोचित कुरामा साथ दिने उदारवादीहरूको आवश्यकता छ ।”

Source::http://www.nepalihimal.com/2062/asoj-16-kartik-15/special_10.html

Advertisements

Entry filed under: Uncategorized.

मधेशी महिलाको दयनीय स्थिति: बाधक को ? मधेश, तर्राई र आदिवासी थारू

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 49 other followers


%d bloggers like this: