मधेश, तर्राई र आदिवासी थारू

November 16, 2006 at 5:42 am Leave a comment

 मधेश, तर्राई र आदिवासी थारू

 — त्रिभुवनचन्द्र वाग्ले
थारू समुदायको पुरानो सामाजिक संस्था थारू कल्याणकारिणी स‹ले सारेका केही प्रस्तावनाले नेपाली राजनीतिक मैदानमा नयाँ तरङ्ग ल्याएको छ । सो स‹को केही मुख्य प्रस्तावना छन्- १) नेपालमा मधेश छैन, नेपालभन्दा दक्षिणमा मात्र मधेश हुनसक्छ । २) नेपालमा तर्राई छ तर्राईको नेपाली अनुवाद मधेश होइन, ३) आफूहरूलाई मधेशी नभनियोस् ३) सो स‹ थारूवान होइन थरूहटस्वायत्त संरचनाको पक्षमा छ ४) तर्राईमा नेपालीलाई नागरिकता समस्या छैन, कृत्रिम नेपालीलाई मात्र यस्तो समस्या छ । सो स‹को प्रस्तावना वा भनाइमा सहमत/असहमत हुने प्रशस्त ठाँउ छन् तर जहाँसम्म थारूहरूको प्रसङ्ग उहाँहरू तर्राईका आदिवासी हो भन्न्ोमा द्विविधा छैन । तर अब उहाँहरूलाई मधेशी भनेर त्यही अनुसारको उपचार खोज्नु हँुदैन । मध्यदेशबाट मधेश भएको हो, र यो नेपालमा छ भन्न्ोहरूलाई थारू कल्याणकारिणी स‹ उत्तर दिन्छ-डा. हर्क गुरूङ्देखिका स्वदेशी र विदेशी विद्वान्हरूले हिमाल, पहाड र तर्राई गरी मुलुकको क्षेत्र विभाजन गर्नुभएको छ, मधेश भन्नुभएको छैन । तर्राई थारूभाषाको तरबाट बनेको हो जसको अर्थ तल हुन्छ । तर्राई थारूले चर्चेको ठाउँ हो ।

अहिले मधेशका समस्यालाई लिएर विभिन्न राजनीतिक नाराहरू उरालिएका बेला उहाँहरू स्वयंले आफूहरू मधेशी नभएको र आफ्नो समुदायमा नागरिकताको समस्या नरहेको भन्न्ो भनाइलाई गम्भीरता पर्ूवक लिनर्ुपर्दछ । थारू कल्याणकारिणी स‹का महामन्त्री भुलाइ चौधरीसँगको कुराकानीबाट थाहा भएअनुसार सप्तरीको र्राईपुरमा रातारात मुलुकी सीमापारिबाट आई घर बनाएर बस्नेहरूको अत्यधिक वृद्धि भएको र उनीहरूमध्ये अधिकांशले नेपालीकेटीसँग दहिजबिना विवाह गर्नेगरेका छन् । चौधरीका अनृुसार त्यसरी विबाह गर्नेहरूले नागरिकता प्रमाणपत्र पाउने आशामा त्यस्तो विवाह गरेको बताउछन् । हाम्रो नागरिकता दाइजो नबनोस् । यसमा हामी अत्यन्त गम्भीर हुनर्ैपर्दछ तर यसैका कारण यही मुलुकका नागरिकले नागरिकता पाएनन् भने त्यसबाट हुने अन्यायप्रति पनि हामी उत्तिकै संवेदनशील हुनर्ुपर्दछ । नागरिकता र विदेशीको प्रवेशसम्बन्धमा सम्पर्ूण्ा सत्य नहोला, राज्यले सत्य परीक्षण गर्नुपर्दछ तर भुलाई चौधरीले भन्न्ाु भएजस्तो परिस्थिति मुलुकमा छैन भन्न्ासकिने अवस्था छैन । स‹का संस्कृतिमन्त्री ठाकुरसिंह थारूले अर्को संवेदनशील प्रश्न उठाउनुभएको छ । उहाँ भन्न्ाुहुन्छ जसलाई अहिले मधेशी भनिएको छ -मधेशमा बस्ने पहाडी बाहेकका) सरकारी तथ्याङ्क अनुसार उनीहरूको जनसङ्ख्या १४ प्रतिशतको हाराहारीमा छ । यसो भन्न्ाुको अर्थ मुलुकमा करिब ३५ लाख मधेशी छन् -यद्यपि उहाँहरू आफूलाई मधेशी भन्न्ाुहुन्न, थरूहटनिवासी भन्नुहुन्छ । ती ३५ लाखमध्ये १८ वर्षउमेर पुगी नागरिकता लिनयोग्य भएकाहरूको सङ्ख्या करिब २० लाखको हाराहारी होला । अनि ४० लाख मधेशीले नागरिकता पाएका छैनन् भन्न्ाु कति हास्यास्पद होला । उहाँको चिन्ता छ- ४० लाख मधेशीका नाममा कति लाख विदेशीले नेपाली नागरिकता लिने हुन – स‹का संस्कृतिमन्त्री ठाकुरसिंह थारूको दाबीलाई पनि राज्यले परीक्षण गर्नुपर्ने भएको छ । नागरिकता वितरणमा हुनसक्ने कमजोरी, त्यसले ल्याउने राष्ट्रिय समस्या र आदिवासी थारूहरूको अल्पमत र विलयीकरणप्रति उहाँहरूले देखाउनुभएको चिन्ता र व्यक्त गर्नुभएका दाबीमा राज्यले ध्यान दिनैपर्ने भएको छ । सरकारी तथ्याङ्कमा अनुसार पनि विद्धान् अनुसनधाता खेमनारायण चौधरी अर्को दाबी गर्नुहुन्छ- थारूवानको परिकल्पनाले थारूहटको मर्म छोएको छैन । उहाँका अनुसार तर्राईभित्र थरूहट होइन थारूहटभित्र तर्राई रहेको छ । तर्राईमा बस्ने सबै नागरिक चाहे पहाडी होस् वा अन्य ती सबै थरूहटनिवासी हुन् । उहाँका अनुसार थारूवानको अवधारणाले थारू समुदायको कल्याण हुनसक्ने अवस्था छैन । थारूवान त उहाँहरूको शब्द -भाषा) पनि होइन । यी सबै विचारका सर्न्दर्भमा तर्राई र मधेशको परिभाषा बन्न्ाु आवश्यक देखिएको छ भने नागरिकताका बारेमा उहाँहरूका परिकल्पना -एजम्सन) लाई परीक्षण गर्नुपर्ने भएको छ । थारूवान र थरूहटसुन्दा सामान्यतः शब्द विवाद भएजस्तो मात्र लाग्दछ तर यसमा रहेको राजनीतिक अवधारणा अनुसार यस्तो विचारको छिनोफानो हुनर्ुपर्दछ । यो भविष्यमा हुने काम भएकाले केही समय कर्ुर्नै पर्नेहुन्छ ।

मुलुकले पर्ूवको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका भारतसँग सीमाना जोडिएका सीमान्त जिल्लाहरूलाई तर्राई भन्ने गरेको छ । यसरी हर्ेदा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, र्सलाही, रौतहट, बारा, पर्सर्ााचितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर हाम्रा तर्राई -मधेसी-) जिल्ला हुन् । यो क्षेत्रमा मुलुकको करिब २३ प्रतिशत भूभाग अर्थात ३४ हजार १९ वर्ग कि.मी. रहेको छ । यो क्षेत्रमा क्रमशः बसाइसराइका कारण पहाडीको जनसङ्ख्या बढ्दै गएको छ । सरकारी तथ्याङ्क अनुसार यी जिल्ल्ाामा पहाडीमूलका सहित एक करोड १० लाख ५५ हजार ९५० जनसङ्ख्या रहेको छ । एक करोड १० लाख ५५ हजार ९५० मध्ये पनि ४० लाखले नागरिकता पाएनन् भन्न्ा सकिंदैन । किनकि यो सङ्ख्यामा पहाडीको सङ्ख्या र नाबालक तर्राईवासीको -नागरिकतालिन उमेर नपुगेका) सङ्ख्या घटाउँदा ४० लाखको सङ्ख्या बाँकी नै रहनसक्दैन । यसरी हर्ेदा ४० लाखले नागरिकता पाएनन् भन्न्ो भनाईमा ठाकुरसिंह चौधरीका तर्कहरूमा “दम” देखिन्छ । पहाडीमुलका मानिसहरू तर्राईमा र्झर्ने प्रवृत्तिमा देखिएको उच्चदरकार कारण तर्राईका आदिवासी थारू तथा दलितहरू क्रमशः अल्पसङ्ख्यामा पर्ने देखिएको छ । यस्तो अवस्थामा तर्राईका आदिवासी तथा दलितको राजनीतिक लगायतका प्रतिनिधित्वका लागि राज्यको पुनर्संरचना गर्दा उदाहरणका लागि पनि भुलाई चौधरी र ठाकुरसिंह थारूका भनाइ तथा दाबीलाई राज्यले परीक्षण गर्नर्ुपर्दछ । अन्यथा मुलुकको नागरिकता विबाहको दहिज -दाइजो) बन्न्ा सक्दछ । यदि यसो भयो भने मुलुकका लागि यो भन्दा ठूलो दुस्परिणाम अर्कोकेही हुनसक्दैन ।

यिनै विवाद र वहसकाबीच थारू कल्याणकारिणी स‹को १९ औ अधिवेशन आज २०६३ कात्तिक २३ गतेदेखि काठमाडांैमा शुरू भएको छ । यसअघि थारू कल्याणकारिणी स‹ले आफूलाई राजनीतिक क्षेत्रीय संरचनाको दृष्टिकोणमा स्पष्ट गर्नसकेको थिएन । यस स‹लाई राजावादीहरूको मञ्चका रूपमा हर्ेर्नेगरिएको थियो । अब कित्ताकाट गर्ने बेला आएको छ । स‹ले हिजोका आफ्ना भूमिकाको मूल्याङ्कन गर्दै राष्ट्रिय अखण्डतासहितको क्षेत्रीय शासन संरचनामा थारूहटको विकासका लागि प्रतिबद्ध गराउनुपर्ने भएको छ । मुलुकमा आएको राजनीतिक परिवर्तनलाई यो स‹ले स्वाभाविकरूपमा लिएको यसका नेवृत्वले भन्दै आएको भए पनि आयाराम गयाराय सबै ठिक भन्ने विगतको चरित्रलाई स‹ले सुधार्नैपर्ने भएको छ । मुुलक अब सिंहदरबारबाट मात्र चल्नसक्दैन भन्न्ो निश्चित प्रायः भइसकेको सर्न्दर्भमा थारू कल्याणकारिणी स‹हरूको भूमिका अझ बढेर गएको छ तर यो स‹प्रति आम सम्बन्धित जनताको विश्वास के छ – कति छ भन्न्ोमा स‹ले नै आफ्नो परीक्षा लिनसक्छ ।

नगरिकता प्राप्त हुने प्रावधान
जन्मको आधारमाः संवत् २०४६ साल चैत मसान्तभन्दा अगाडि नेपालसरहदभित्र जन्मभई नेपालमा स्थायीरूपले बसोबास गर्दै आएको व्यक्ति जन्मको आधारमा नेपालको नागरिक हुनेछ । वंशजको आधारमाः १) कुनै व्यक्तिको जन्म हुँदा निजको बुबा वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ तर विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएको छोरा वा छोरीको हकमा निजले नेपालमा स्थायी बसोबास गरेको र निजको बाबुको नागरिकताको निजले कुनै विदेशी मुलुकको नागरिकता नलिएको हुनर्ुपर्नेछ ।

२) नेपाल सरहदभित्र फेलापरेको पितृत्व वा मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबुआमाको पत्ता नलागेसम्म्ा वंशजको नाताले नेपालको नागरिक मानिनेछ । अ·ीकृत नेपाली नागरिकताः नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले विदेशको नागरिकता त्याग्ने कारबाही चलाएपछि तोकिए बमोजिम अ·ीकृत नेपाली नागरिकता प्राप्त गर्नसक्नेछ । वि.सं.२०६३ असोज ३ गते प्रतिनिधिसभामा पेश भएको नागरिकतासम्बन्धी नेपाल कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०६३ बाट ।

Source::http://www.gorkhapatra.org.np/content.php?nid=5983

Advertisements

Entry filed under: Articles, Uncategorized.

परिवर्तनको हलचल Ethnic Conflicts in South Asia with Special Reference of Nepal

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 49 other followers


%d bloggers like this: