दलितको टाउकोमा मण्डलको कमण्डल

December 10, 2006 at 9:15 am 1 comment

दलितको टाउकोमा मण्डलको कमण्डल

धीरेन्द्र प्रेमषिर्

जनताको लोकतन्त्रले प्रतिगामीहरूको खुदो पल्टिँदोरहेछ । हिजोसम्म प्रतिगामिताको हेडक्वार्टर राजदरबारमा नाच्नेहरू यतिखेर अग्रगामिताको ‘मिनरल-वाटर’ माओवादीसँग मायाप्रीति गाँस्न तँछाड-मछाड गर्नुले यसको मनग्य उदाहरण दिएको छ । हालै जनकपुरको मिथिला महोत्सवमा यो लोकतान्त्रिक संस्कृति खुबै जागेको देखियो ।

हुन पनि किन नहोस्, १९ दिने आन्दोलनपछि सिउर झरेको कुखुरा बनेका दरबारका ‘कहार’ हरूले भारे-भुरेको अस्तित्वै मास्  ने कुरा त परै जाओस्, बास्ने र ठुङ्ने अवसरसम्म पाएनन्  । यस् तैमा भइदियो मिथिला महोत्सव । बस के थियो, जन्मेदेखि नै मधेशीका नाममा कता-कताबाट के-के चर्ने अनि भाषणमा हिन्दीको झुसिलो डकार छर्ने एकथरी पार्टीले आफ्नो दाग पखाल्ने एउटा ब्रह्मास्त्र फेला पारहिाल्यो र हातमा कालो झन्डाको रुमाल हल्लाउँदै लोकतान्त्रिक भाकामा आफ्नो प्रतिगामी कम्मर मर्काउन थाल्यो, मेरे अँगने मेँ तुम्हारा क्या काम है ? यस प्रश्नको झटारो जुन नेतातर्फ हुत्याइयो, उनी हेर्दामा होचै भए पनि आखिर नेपाली राजनीतिका राष्ट्रिय खेलाडी न ठहरे Û बकाइदा मेकअप-सेपअप गरेर दोहोरी नै गाइदिए ः

जो लगाए धोती, उसका भी बडा नाम है,

समयको माग बुझे, सधैँलाई आराम है ।

नामको पुच्छरमा नेपाल झुन्ड्याए पनि आफूलाई मैथिल बनाई मैथिली भावनामै बगाउने ती नेताले त जनता जाग्दाको अवस्थालाई बुझे तर प्रतिकूलताको जाडोमा कक्रिएर बसेको सर्पले पनि अलिकता अनुकूलताको घाम पाउनासाथ डस् नबाट आफूलाई मुक्त राख्न सक्दैन भन्ने प्रमाण भने आखिर त्यस्ताले दिइछाडे  । राज्यको आफू मात्र मग्मगाउने फूलबारी संस्कृतिका कारण कार्यवाहकसम्म बन्न नपाएका राष्ट्रियसभाका उपाध्यक्ष रामप्रीत पासवान बने त्यसको पहिलो शिकार । आखिर सर्पलाई त जातसँग के सरोकार ? डस् न पाए पूर्ण Û राजतन्त्रको कमण्डल बोकी मधेशी-उत्थानमा होमिएका मण्डल र उनका सहगामीहरूले लोकतन्त्रको नयाँ व्याख्या गरे, जनकपुरजस्तो ठाउँमा मधेशको कुरा गर्न छोडेर मिथिला राज्यको कुरा गर्ने ? पवित्र शहर जनकपुरमा सीताको भाषा मैथिली बोल्ने अनि मधेश नभई मिथिला माग्ने दलितलाई मञ्चमा उभिने के अधिकार ?

मैले सामन्तवादका विरुद्ध लडेबापत झुन्ड्याइएका दुर्गानन्द झालाई लोकतन्त्रको यस नवीन अभियानमा मधेश -?) को सम्मान अनि हामीले प|mेममा सजाउने भनेर गमलामा बचाइराख्न खोजेको सर्पको बगानबारे घोत्लिरहेको देखेँ ।

Source::http://www.kathmandupost.com/Nepal/sojhai.php

Advertisements

Entry filed under: Articles.

Case Study – Growing Human-Elephant Conflict सात दल र माओवादीबीच सम्झौता – अब मधेशीलाई सशस्त्र संर्घष्ाको निम्तो

1 Comment Add your own

  • 1. roshan keshari  |  June 19, 2009 at 4:41 pm

    about nayanepal

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 49 other followers


%d bloggers like this: