सात दल र माओवादीबीच सम्झौता – अब मधेशीलाई सशस्त्र संर्घष्ाको निम्तो

December 10, 2006 at 9:17 am Leave a comment

सात दल र माओवादीबीच सम्झौता – अब मधेशीलाई सशस्त्र संर्घष्ाको निम्तो
 

२०५२ सालदेखि आफ्ना विभिन्न मागहरु पुरा गराउन सशस्त्र संर्घष्ामा गएका माओवादीसँग अन्ततः सातदलको गिरिजा सरकारले वार्ता सफल पार्‍यो जुन आम नेपालीको लागि अत्यन्तै खुशीको कुरा हो । देशमा अब शान्ति छाउँला की – भन्ने भावना धेरै हदसम्म पुरा हुन लागेको र्सवसाधारणले सोचेंका छन् ।

सातदललाई जनताले त पहिला पनि हेरि नै सकेका थिए र माओवादीले आफ्नो लागि पक्कै केही गर्लाकी भन्ने आशा आदिवासी मधेशी लगायत सम्पर्ूण्ा पिछडिएका जनताले गरेका थिए किनकी सबैलाई माओवादीले नानाथरिका सपना देखाउँदै आएको हो । यता जनआन्दोलन-२ पछि आन्दोलनरत सात पार्टर्ीी नेताहरु पनि आफू सुध्रिसकेको कुरा पनि नगरेका होइनन् । खासगरी २३७ वर्षेखि सबै क्षेत्रमा सबभन्दा बढी मारमा परेका देशको आधा जनसंख्या ओगटेका आदिवासी मधेशीले अब आफूहरुले अधिकार पाउने लगभग लगभग निश्चित छ भन्ने सोचेका थिए । जनआन्दोलन पछि सरकार र व्रि्रोहीको तर्फाट वार्ता समिति बन्यो त्यसमा मधेशीलाई राखिएन, सरकार गठनमा पनि समानुपातिक प्रतिनिधित्व गराइएन, विभिन्न समितिहरु दुवै तर्फाट बनाइयो, निर्वाचन आयोगमा नियुक्ति गरियो, राष्ट्रिय योजना आयोग गठन गरियो, राजदूतहरुको नाम सिफारिस गरियो । कही कतै मधेशीलाई समेटिएन, तै पनि मधेशी जनताहरु सम्झौतालाई कुरेर बसेका थिए । जब सम्झौता भयो, अरु अरु दल र माओवादीले त मधेशीको समस्या छोएन छोएन मधेशीहरुको नाममा राजनीति गर्दै वार्ताको टेबुलमा पुगेका नेपाल सद्भावना पार्टर्ीीआ.) ले पनि मधेशको मुद्दालाई राख्न सकेन । कम्तिमा आफ्नो मुद्दा सम्झौतामा नपरेपछि “नोट अफ डिसेन्ट” लेख्न पनि उचित सम्झेनन्, जसले सद्भावना पार्टर्ीीआ.) को राजनीति संकटमा परेको छ । के मधेशी जनताले आफूहरुको हकहित-अधिकारको लागि बोल्ने मात्रै, तर केही पनि नगर्ने यी दलहरु र माओवादीलाई माफ गर्लान् –

समग्र रुपमा दल र माओवादीबीच भएको सम्झौताले आश लिएर बसेका मधेशीहरुलाई “लोप्पा” ख्वाइदिएको छ । एकातिर देश र जनतालाई शान्तिको बाटोतिर डोर्‍याएको भन्ने सातदल र माओवादीले मधेशीहरुलाई पर्ूण्ारुपमा बेवास्ता गरेर देशमा ठूलो आँधिवेहरी निम्त्याएका छन् । शान्ति मात्रको चाहना राखेका आम नेपाली र नेपाललाई फेरि सशस्त्र युद्धमा जान विवश बनाइदिएको छ, होइन र –

Source::http://www.madheshvani.com/

Advertisements

Entry filed under: Uncategorized.

दलितको टाउकोमा मण्डलको कमण्डल भारत की नीति व नेपाल की नीयत पर टिका सुस्ता का भविष्य

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 48 other followers


%d bloggers like this: