बस्ती-बस्तीबाट उठे

December 21, 2006 at 4:37 pm Leave a comment

 बस्ती-बस्तीबाट उठे
राज्यबाट बहिष्कृत भएको अनुभव गरिरहेको थारू समुदाय परि वर्तित नेपालमा आफ्नो सशक्त स्थान हासिल गर्ने अभियानमा जुटेको छ
 – ल शङ्कर खनाल

छ वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कमैया मुक्तिको घोषणा गर्दा कञ्चनपुर पीपलाडीकी १४ वषर्ीया दुःखीमाया थारू काठमाडौँ कोटेश्वरका दीननाथ सुवेदीको घरमा कमैया बसेकी थिइन् । सोही गाउँकी रभिmनदेवी थारू पनि कमलरी थिइन् । तर, अहिले दुःखीमाया गाउँमै खेतीपाती गररिहेकी छन् भने रभिmनदेवीचाहिँ काठमाडौँमै गार्मेन्ट उद्योगमा काम गर्छिन् ।
कैलालीस्थित फकलपुरका राजधन चौधरी पनि चार वर्षदेखि टेम्पो ड्राइभर छन् । चौधरीसँगै ११ जना थारू युवाहरू ग्यारेजमा काम गर्छन् । “गाउँमा टिक्न नसकेपछि रोजगारी खोज्दै पूरै टोल नै भौतारनिे लहर बढ्दो छ,” उनीहरू भन्छन् । कञ्चनपुरको महेन्द्रनगर बजारबाट हस्याङ्फस्याङ गर्दै आएकी सुकमाया थारू पीपलाडीस्थित बडघर हवलसिंह चौधरीको घरमा देखा परनि् । “तीन-चार वर्षअघिसम्म घरको स्वीकृति नलिई यसरी डुल्न पाइँदैनथ्यो,” उनको अनुभव छ । अहिले गाउँमा ‘बोल्न लजाउन हुँदैन’ भन्ने चेतनासँगै शहरको अवस्था बुझ्ने र मीठोमसिनो खाने जाँगर पनि पलाएको छ । त्यसैले त पाँच वर्षअघिसम्म १७ जनाको बोझिलो परविार अहिले पाँच जनामा झरेको छ ।
पश्चिम नेपालका बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरका थारू समुदायको संस्कृति र जीवनशैलीमा छोटो समयमै आएको आमूल परविर्तनलाई बाँके, रझेना गाउँका दानबहादुर थारू, ५४, ले नजिकबाट अनुभव गरेका छन् । धामीझाँक्रीको काम गर्दै आएका थारू अचेल आफूकहाँ आउने बिरामीलाई औषधिमूलो गर्न डाक्टरकहाँ जाने सल्लाह दिन्छन् । मधेश र भित्री मधेशका थारू समुदायमा आएको यस्तो पर िवर्तनप्रति कतिपय थारू भने सन्तुष्ट छैनन् । थारू राजनीतिकर्मी नारदमणि राना भन्छन्, “परविर्तनका नाममा आफ्नो संस्कृति, भेषभूषा र भाषा नै त छाड्नु भएन नि !”
बोल्न लजाउने, मिहिनेती, इमानदार र सोझा मानिसका रूपमा चिनिएका थारूहरूको जीवनशैलीमा एक दशकमै उल्लेखनीय परविर्तन आएको छ । कञ्चनपुरको पीपलाडी, कैलालीको फकलपुर, दाङको तुलसीपुर र देउखुरी, बाँकेका रझेना कमैया क्याम्प र बर्दियाको राजापुर क्षेत्रका थारूहरू चलाख भइसकेका छन् । दुई-चार वर्षअघिसम्म फुसका घरहरूको बाक्लो बस्ती पिपलाडी गाविसमा अहिले अधिकांश घरहरू ढुङ्गा र इँटाले बन्न थालेका छन् । स्थानीय भिखुराम थारूका अनुसार, एकथरीले भने सामुदायिक वनबाट प्रशस्त दाउरा ल्याएर दाउराकै खपडा पोलेर छानो छाउने गरेका छन् । फकलपुरस्थित बडघर जनकलाल चौधरी भन्छन्, “सामुदायिक वनका रूख काठका लागि तयार भइसकेका छैनन् । अझै पाँच-सात वर्षमा तखती निकाल्न लायकका भएपछि ढोका र झ्याल पनि काठकै हाल्ने सोचमा छौँ ।”
कृषि प्रविधि र रासायनिक मलले थारू गाउँको आर्थिक स्तर केही माथि उठाएको छ । सात-आठ वर्षअघिसम्म खेतबारीमा धान छर्ने थारूहरूलाई ‘रोप्दा धेरै फल्छ’ भन्ने चेत फिरेको छ । वृद्ध धनलाल चौधरी भन्छन्, “पहिले एक मुरी धान छर्दा दुई मुरी फल्थ्यो, रोप्न थालेपछि १० गुणा बढी फल्न थालेको छ । पहिले छ महिना पनि खान नपुग्नेहरू अब बचेको चार-पाँच मुरी अन्न बेच्ने भएका छौँ ।”
थारू गाउँहरूमा तरकारी खेती फस्टाउन थालेको पाँच वर्ष पनि भएको छैन  । तर, यसले महिलाहरूको जीवनशैली र चेतनामा उल्लेखनीय परविर्तन ल्याएको छ । बाँके अन्न र तोरी प्रशस् त उत्पादन हुने ठाउँ हो  । यहाँका थारूहरू तोरी उत्पादन गर्ने, पेल्ने र तेल बेच्ने काम गर्दथे । पहिले थारूहरू तोरीको डाँठ बालेर तयार भएको खरानीले नुहाउने र कपडा पनि धुने गर्दथे । तर, अहिले त्यस् तो अवस्था छैन । पीपललाडी गाउँको सानो पसलमा स् याम्पु, साबुन पाइन्छ । फकलपुरको थारू समुदायमा ‘ब्याकवार्ड एजुकेसन सोसाइटी -बेस)’ ले शुरू गरेको प्रौढशिक्षा कार्यक्रमको प्रभाव सतहमा देखिन थालेको छ । प्रौढशिक्षाले बूढापाका र केटाकेटीहरूलाई कखरा सिकाएको छ भने अनपढलाई पढ्न आकषिर्त गरिरहेको छ ।
नागरकि समाजका फूलमान चौधरी थारू समुदायमा आएको सबैभन्दा ठूलो उपलब्धि नै शैक्ष्ािक जागरण ठान्छन् । उनका अनुसार, सात वर्षअघिसम्म विद्यालय जानेहरूको सङ्ख्या औँलामा गन्न सकिन्थ्यो भने अहिले स्कुल जानेहरूको लस्कर बढेको छ । पहिले जग्गाजमीन बेच्ने धुनमा लाग्ने थारूहरू अब जग्ग्ाा जोड्ने मेसोमा छन् । बर्दियाको नेउलापुरका थारू पनि जागेका छन् । नेउलापुरमा समस्याका रूपमा रहेको कमलरी प्रथाको विरोधमा धेरै अभियानहरू सञ्चालन भए । थारू नागरकि समाजका महिन्द्र चौधरी भन्छन्, “अहिले थारूहरू आफ्नो हकअधिकारको खोजी गर्न आफँै जुट्न थालेका छन् ।”
थारूहरूकै अर्को बस्ती रझेना गाउँकी नौ वषर्ीया रजनी चौधरी ४ कक्षामा पढ्छिन् । उनका दुई दाजु ६ र ७ मा पढ्छन् भने दिदी ५ कक्षामा पढ्छिन् । उनकै छिमेकी ११ वषर्ीया विमला थारू भने कक्षा ८ मा पढ्छिन् । यहाँका थारू महिलाहरूको परम्परागत पोशाक लेहङ्गा र चोली अब बूढापाकाहरूले मात्र लगाउने गरेका छन् । ग्रामीण क्षेत्रका अधबैँशे युवतीहरूले सारी, चोलो र कुर्ता-सुरुवाल लगाउँछन् । देवी थारू भन्छिन्, “चार-पाँच वर्षको अन्तरालमा आएको क्रान्तिकारी परविर्तन भनेको जाँडरक्सी सेवन गर्न बन्देज गर्नु हो ।” चाडपर्वमा रक्सी पार्ने र जाँडरक्सी खाने चलन गाउँमा हराएको छ । थारू समुदायको विवाह परम्परामा भने निकै परविर्तन आउन थालेको छ । चार-पाँच वर्षअघिसम्म सात दिन लाग्ने विवाहको भोजभतेर अचेल दुई दिनमै सकिन्छ । थारू महिलामा आएको परविर्तनले नै समाजमा सकारात्मक प्रभाव पारेको देखिन्छ । समूह बनाएर छलफल गर्ने, पैसा बचत गर्ने, ऋण लगानी गर्ने चलनले धेरै थारूहरूको आर्थिक स्थिति सुधि्रएको छ । “थारू समुदाय खुला समाजतर्फ लम्केको छ,” राजनीतिकर्मी मैँजु चौधरीको अनुभव छ ।

कमैया मुक्ति समस्या
कमैया मुक्तिको घोषणा थारू समुदायमा आएको क्रान्तिकारी परविर्तनको एउटा फड्को मात्र हो । तर, मुक्त गरएिको छ वर्ष बितिसक्दा पनि कमैयाहरूको व्यवस्थापन हुन सकेको छैन । बाँकेको रझेना कमैया शिविर र बर्दिया राजापुरको मुरैया कमैया शिविरबीच धेरै भिन्नता छ । नेपालगन्जबाट झन्डै २२ किलोमिटरको दूरीमा रहेको रझेना कमैया शिविर सबैभन्दा राम्रो शिविरमध्येको हो । शिविरका प्रायःजसो घरहरूमा काँचो इँटाको गारो र सिमेन्टको टायलको छानो लगाइएको छ । अर्कोतिर कणर्ालीको राजापुर क्षेत्रको मुरैया शिविरका कमैयाका सबै घरहरू फुसका छन् । वषर्ामा पानी चुहिन्छ । रझेना शिविरमा बस्ने प्रायःजसोले तरकारी खेती, सुँगुर र बाख्रापालन, ड्राइभिङ्जस्ता गैरसरकारी संस् थाले दिएको तालिम पाएका छन् ।
सरकारले उपलब्ध गराएको जग्गामा अन्नबाली र सिँचाइका लागि बोरङि् छ । उता मुरैया शिविरमा भने तालिम पाउनेहरू छैनन् । उनीहरू रोजगारीको अवसरबाट वञ्चित छन् । रझेनामा विदेशी दाताहरू पुग्छन्, ठाउँ सजिलो छ । अनुगमन गर्ने झन्झट छैन ।

राज्यबाट बहिष्कृत भएका छौँ’

बलबहादुर डगौरा चौधरी, सल्लाहकार : थारू नागरिक समाज

राज्यले थारू उत्थानका लागि के गर्नुपर्छ ?
नेपाल राज्य निर्माणमा हाम्रो पनि योगदान छ । तर, अहिले सर्वसत्तावादी हैकममा राज्य सञ्चालन भएको छ । काठमाडौँवादी -केन्द्रीकृत) राज्य भयो । त्यसैले पनि हामी ओझेलमा पर्‍यौँ । यहाँका थारूहरू भूमिपुत्र हुन् । जङ्गल, जमीन र जलको स्वामित्वमा थारूहरूको पहुँच पुग्नुपर्छ  । हामीले थारू स्वायत्त प्रदेशको माग गरेका छौँ । त्यसतर्फ त सरकारको ध्यान पुगेको छैन भने अरूले के देला भनेर आशा गर्ने ?

राज्यले उपेक्षा गरेकै हो ?
उपेक्षाको के कुरा, हामी राज्यबाट बहिष्कृत र तिरष्कृत भएका छौँ । हामीले हाम्रा धार्मिक, राजनीतिक, सांस्कृतिक, आर्थिक, सामाजिक, जातीय स्वायत्तताहरू गुमाउँदै गएका छौँ । थारूहरूका वर्षैपिच्छे माघी, आइतबारीलगायतका ठूलठूला पर्व हुन्छन् । खोइ त ती पर्वहरूमा सरकारले बिदा दिएको ? हामी बहिष्कृत भएको पुष्टि गर्न यो उदाहरण नै पर्याप्त छ ।

जातीय स्वायत्तताका लागि के गर्नुभयो त ?
हामी १९ दिनसम्म लड्यौँ । त्यो जातीय स्वायत्तताकै लागि थियो  । हामी थारू समाजमा नयाँ परिवर्तन चाहन्छौँ । दलीय तानाशाही प्रवृत्ति हामी चाहन्नौँ । जातीय स्वतन्त्रता हुनुपर्छ, त्यसमा हामी पनि पर्छौं । हामीले थारू नागरिक समाजमार्फत थारू अधिकारबारे आवाजहरू बुलन्द गर्दै आएका छौँ । भर्खरै पनि हामीले जातीय स्वायत्तता र अधिकारबारे छलफल गर्दै राष्ट्रिय सम्मेलनमार्फत घोषणापत्रसमेत जारी गरेका छौँ ।

संविधानसभामा थारूहरूको हैसियत कस्तो हुनुपर्छ ?
संविधानसभामा थारूहरूको प्रतिनिधित्व हुनुपर्छ भनेर हामीले बारम्बार माग गरेका छौँ । मस् यौदाकार समितिमा थारूहरूलाई राखिनुपर्दथ्यो  । सरकारले संविधानसभाको विषयमा काठमाडौँ खाल्डोबाहिर पनि विभिन्न तल्लो वर्गका मानिसहरू बस्छन् भन्ने कुरा बिर्सन सक्छ र त्यो घच्घच्याउने काम तपाईंहरूले गर्नुपर्छ । हामी पनि गर्छौं । अहिलेसम्म राज्यले थारूहरूको वषार्ंैदेखिको बडघर र भल्मसा प्रथालाई मान्यता दिएको छैन । हामीले गरेको काम अमान्य हुन्छ भने यस्तो सरकारबाट के आशा गर्ने, खोइ ?

Source::http://kantipuronline.com/Nepal/samaj.php Date:: Sunday, 17 Dec, 2006 (पौष ३ २०६३)

Advertisements

Entry filed under: Articles.

तर्राईमा साम्प्रदायिक भड्काव, पहाडियाहरू खेदिन थाले शङ्कैशङ्काले लङ्का हान्नसक्छ- हृदयेश त्रिपाठी

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 48 other followers


%d bloggers like this: