साम्प्रदायिक सोच

December 21, 2006 at 4:23 pm Leave a comment

साम्प्रदायिक सोच

‘नागरिकताबारे गलत विधेयक’ शीर्षकमा मंसिर १२ गते प्रकाशित साध्यबहादुर भण्डारीको चिठीले ध्यानाकर्षण गरायो। , उनी विखण्डनवादी साम्प्रदायिक सोचबाट प्रेरित भएको लाग्यो। उनले लेखमा नागरिकतासम्बन्धी नयाँ विधेयकले ‘असली नेपाली’ अल्पमतमा पर्ने रैथाने मधेशी विस्थापित हुने विचार व्यक्त गरेका छन्।

हामीले नेपालको जनता नेपाली हुन्छ भनी बुझेका छौं तर असली नेपाली भनेको केहो ? स्वच्छ छविका नेपाली नागरिक हो कि ? फेरि मधेशी शब्दको प्रयोग गरिएको ! के मधेशी असली नेपालीअर्न्तगत पर्दैनन् ? जनआन्दोलनद्वारा स्थापित सरकारले नेपाली जनतालाई सहज रूपमा नागरिकता प्रदान गर्दा नेपाली जनता नै कसरी अल्पमतमा पर्छन्, मधेशी कसरी विस्थापित हुन्छन् ?

नेपालले १८ डिसेम्बर १९६१ लाई आधार वर्षमानेर विगतमा गरिएको नागरिकता वितरणले लाखौं भारतीयले नेपाली नागरिकता पाएका छन् भने लेखकले मौसमी गुनासो पोखेका छन्। लेखकलाई सय ३८ वर्ष राजतन्त्रात्मक अधिनायकवादले पहाडी मात्रलाई नेपाली चिनाउने राष्ट्रवादले गैरपहाडीलाई भारतीय देख्ने मनोवृत्ति बनाइदिएजस्तो लाग्दछ।

यस्ता कुतर्क गरेर मधेशीलाई भारतीय प्रमाणित गर्ने असफल प्रयास गरिएको छ। तर लेखकलाई एकपल्ट एकीकरणपूर्वको नेपालको भौगोलिक क्षेत्रभित्र पर्ने राज्यहरू तिनका नै भाषासंस्कृति रहेको तथ्य सम्झन आग्रह गर्दछु।

मधेशी बस्ने ठाउँ विगतमा पनि भारत नभई मिथिला राज्य थियो उक्त क्षेत्र नेपालको सिमानामा गाभिएकाले स्वाभाविक रूपमा त्यहाँका जनता नेपाली हुन पुगे। नेपालको भौगोलिक दृष्टिकोणले मधेशमा बस्ने जनता मधेशी हुन सक्छन् तर मधेशी मात्र भनेर नेपाली हुनबाट वञ्चित गराउन खोजियो भने दुर्भाग्यवश राष्ट्र पहिचानका लागि ‘मधेश’ देश खोज्ने मधेशीको बाध्यता नहोला भन्न सकिन्न ! सम्मुनत नेपालको परिकल्पनाभित्र राष्ट्रको सम्पूर्ण वर्ग, समुदाय, लिंग, जातजातिको अधिकार समान हुनुपर्छ।

सरकारले अहिले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याएर ना नागरिकप्रति देखाएको जिम्मेवारीपूर्ण कार्य प्रशंसनीय छ। देशको आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक, भौगोलिक तथा जनतामा रहेका गरिबीअशिक्षाजस्ता पक्षलाई विचार पुर्याएर विधेयक आएको छ।

यसले देशका सम्पूर्ण वर्ग, समुदाय, जातजाति, लिंग आदिलाई समेट्न सफल भएको छ। तर यसको दुरुपयोगप्रति सरकार तथा आमजनसमुदाय सतर्क भने हुनै पर्छ। नेपाली नागरिकले मात्र नेपाली नागरिकता पाउनुपर्छ। यसमा कुनै दुइमत छैन। यसरी मात्र सुन्दर, शान्त नेपालको परिकल्पना साकार हुन सक्छ। नो राष्ट्रियता प्रकट गर्दा अरूको पनि राष्ट्रिय भावनालाई विचार गर्नुपर्दछ।

 सर्वोदयकुमार मण्डलगिद्धा, धनुषा

Source::http://www.newsofnepal.com/samacharpatra.php?sec=2&&ssc=11&&sn=1702

Advertisements

Entry filed under: Articles.

Case Study – Micro Credit Reduces Violence तर्राईमा साम्प्रदायिक भड्काव, पहाडियाहरू खेदिन थाले

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 49 other followers


%d bloggers like this: