शङ्कैशङ्काले लङ्का हान्नसक्छ- हृदयेश त्रिपाठी

December 21, 2006 at 4:56 pm Leave a comment

शङ्कैशङ्काले लङ्का हान्नसक्छ– हृदयेश त्रिपाठी, महामन्त्री, नेसपा (आ) एवं मन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति

– महेन्द्र पाण्डेय

० यतिका समय लगाएर ल्याइएको अन्तरिम संविधानको हार्दिकताका साथ स्वागत गर्नुको सट्टा तपाईंको पार्टी त आपत्ति जनायो नि, के कुरामा चित्त बुझेन
?

– संविधानसभाको सर्न्दर्भमा सबैभन्दा बढी महत्व निर्वाचन प्रणालीले राख्छ । ‘जसरी पनि गराइहाल्नुपर्छ’ भन्ने मानसिकताका साथ संविधानसभा हुनुहुँदैन । संविधानसभा परिवर्तनको एउटा ठूलो माध्यम र औजारको रूपमा हुनुपर्छ । र्दुइ सय अठतीस वर्षेखि राज्यको बनावट विद्यमान छ, त्यसैले अब सबैको प्रतिनिधित्व हुने निर्वाचन हुनुपर्छ । तर यहाँ जुन किसिमले र्दुइ सय पाँच सिटको कुरा आयो यो भेदभावपूर्ण छ । यो जनसङ्ख्याको आधारमा छैन भन्ने कुराको हामीले लडाइँ लडेका हौं । हामी के चाहन्छौं भने जनसङ्ख्या भौगोलिक र सांस्कृतिक एकरूपताका आधारमा निर्वाचन क्षेत्र पुनर्विभाजन हुनुपर्छ भन्ने हाम्रो मान्यता थियो । हामीले त सबै समानुपातिकमा लैजानुपर्छ भनेर आफ्नो मान्यता प्रस्तुत गरेका थियौं । अहिलेसम्म यहाँका दलित, मधेशी, जनजाति र महिलामा ‘देश त हाम्रो हो तर राज्य होइन’ भन्ने सोच विद्यमान छ । यसका लागि हामीले निर्वाचन क्षेत्रको पुनर्व्यवस्था गरिनुपर्छ भनेकाले यही निर्वाचन क्षेत्रलाई स्वीकार गर्ने अवस्था रहेन । अर्को कुरा सङ्घात्मक र एकात्मकको कुरामा हामीले जोड दिएका थियौं । एकात्मकको कुरामा सहमति बन्यो तर सङ्घात्मक कुरा राख्नमा सहमति हुन सकेन । हामीले राज्यको पुनर्संरचना सङ्घात्मक आधारमै हुनुपर्छ भन्ने निचोड निकालेका छौं ।। तेस्रो कुरा भनेको भूमिसुधारको विषयमा हो । भूमिसुधारको विषयमा तीतो अनुभव मधेशीलाई छ । मधेशका मान्छेहरू भूमिसुधारको नाम सुन्नासाथ हदबन्दी भन्ने बुझ्छन् । राजा महेन्द्रको पालादेखि नै भूमिसुधारको नाममा एउटा कुरूप प्रयोग भएको छ ।। त्यसबेला हदबन्दी त गरियो तर त्यसबाट निस्किएको जग्गा स्थानीय भूमिविहीनलाई नदिएर बाहिरबाटै मानिस ल्याई जग्गा दिएर बसाल्ने काम गरियो । वनजङ्गल फँडानी गरेर पनि सुकुम्बासीको नाममा बाहिरबाट मान्छे ल्याएर बसाल्ने काम गरियो । त्यो जग्गा कमैयाहरूलाई दिइएको भए त कमैया प्रथा नै रहँदैनथ्यो । राज्यको नराम्रो सोच र दुर्व्यवहारका कारण हामी भूमिसुधारका विषयमा र्सतर्क रहेर भनेका हौं । भूमिसुधारका विषयमा हाम्रो मान्यता के छ भने भूमि सङ्घीय राज्यको विषय हो । भूमिसुधार भनेको हदबन्दी नै हो भन्ने मान्यता यदि सबैको हो भने त्योचाहिँ संविधानसभाको विषय हो तर अन्तरिम संविधानको विषयवस्तु होइन । सङ्घीय राज्यको विषयवस्तु हो । आ-आफ्ना स्रोतलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा सङ्घीय राज्यहरूको अधिकार क्षेत्रको भएको हुनाले संविधानसभाको विषयवस्तु यसमा उल्लेख गर्नु जरुरी छैन । भूमिबाट कृषिक्रान्ति गर्दै औद्योगिक क्रान्ति कसरी गर्ने भन्ने विषय भएकोले यी तीन विषयमा हाम्रो पार्टी फरक मत दर्ता गरी र्सार्वजनिक गरेका हौं ।

० समग्रमा भन्नुपर्दा तपाईंलाई यो संविधान कस्तो लागेको छ ?

– समग्रमा भन्नुपर्दा त यो संविधान युगान्तकारी नै छ । परिवर्तनदायी छ र यसले सामन्तवादको अन्त्य तथा नयाँ युगको सुरुवात गरेको छ । तर हामीले जुन फरक मत प्रस्तुत गरेका छौं त्यो पनि त्यसमा समावेश गरिएको भए सुनमा सुगन्ध हुने थियो ।
० के अब नेपालबाट राजा वा राजतन्त्रले बिदा पाउन लागेकै हो त ?

– कुनै पनि संस्थाले जनताको मनमस्तिष्कबाट बिदा पाएपछि बिदा पाउने रहेछ । चाहे राजा होस् चाहे राजनीतिक पार्टी जनताको मत अहिले राजतन्त्रको पक्षमा छँदै छैन । त्यसकारण तपार्इंको प्रश्न सही हो ।

० कतिपयले त काठमाडौं उपत्यकाभित्रका विभिन्न संस्कृति तथा प्रचलन चलाउनका लागि मात्र पनि राजा नभई नहुने जिकिर गर्न थालेका छन्, तपाईं के भन्नुहुन्छ ?

– उपत्यकामा भएका भोटेजात्रा र घोडेजात्राको मात्र कुरा गरेर भएन, यहाँ अरू पनि थुप्रै संस्कृतिहरू छन् । सबै संस्कृतिले आ-आफ्ना मान्यता खोजिरहेको अवस्थामा सबै संस्कृतिलाई मान्यता दिने हिसाबले अन्तरिम संविधान आएको हुनाले त्यो पीडा कसैले गरेका छन् भने त्यो निर्रथक पीडा हो ।

० राजाले चलाउँदै आएका कामहरूसमेत प्रधानमन्त्रीको टाउकोमा थोपरिएको छ, यसले गर्दा प्रम अनावश्यक भारको मारमा पर्दैनन् र ? किनकि प्रमको कार्यालयलाई त्यसअनुरूप चुस्त र दुरुस्त तुल्याउन त सकिएको छैन, यसबारे तपाईं के भन्नुहुन्छ ?

– अब जनताको छोराले मुलुकको इतिहासमा पहिलोपटक राष्ट्रप्रमुख बन्ने अवसर जो पाएको छ यो गर्वको विषय हो । जहाँसम्म चुस्ती दुरुस्तीको कुरा छ समयले सबै ठीक पार्दै लानेछ ।

० अन्तरिम संविधानको कार्यान्वयन अवरोध आउने सम्भावना देख्नुहुन्छ कि देख्नुहुन्न ?

– यसका विरुद्धमा षड्यन्त्रहरू हुन सक्छन् । षड्यन्त्रको सम्भावना पनि छ । तर, आठ दलको एकताले त्यसलाई चिर्दै जान्छ र जनताको सजगता पनि त्यत्तिकै भएकोले षड्यन्त्रकारीहरू सफल हुन पाउँदैनन् भन्ने लाग्छ ।

० भारतीय विदेशमन्त्रीको अकस्मात भएको नेपाल भ्रमणको खास कारण के रहेछ, बताइदिनोस् न !

– उहाँको भ्रमण पहिला नै तय भएको हो आकस्मिक होइन । उहाँ र्सार्क सम्मेलनका लागि प्रधानमन्त्रीलाई नियन्त्रणा गर्न आउनुभएको हो । एउटा संयोग भनौँ या अवसर के जुट्यो भने एक दिनअगाडि हामीले लामो छलफलपछि अन्तरिम संविधानमा सहमत भएको दिन परेको थियो । आठ दल सहमत भएर संविधान आएकोमा उहाँले बधाई व्यक्त गर्ने अवसर पनि प्राप्त गर्नुभयो ।

० भारत त अझै पनि नेपालमा राजा वा राजतन्त्र जोगाइराख्न चाहन्छ भन्ने कतिपय विश्लेषणहरूको ठहर छ, तपाईंलाई त्यस्तो लाग्छ ?

– प्रणव मुखर्जीले स्पष्ट रूपमा नेपाली जनताले जे निर्णय गर्छन् त्यो नै भारतको अडान हुने बताउनुभयो नि ! त्यही कुराले प्रस्ट हुनुभएन र भारतले के चाहँदोरहेछ भनेर । हाम्रा विश्लेषकहरूले के भन्छन्, के आधारमा भन्छन् उहाँहरूले नै जान्ने कुरा हो ।

० मधेश र मधेशीको हितका नाममा खुलेका पार्टी तथा समूहहरूले तर्राईबाट पहाडेलाई खेद्ने अभियान नै छेड्न थाले नि, यसलाई तपाईंले कसरी लिनुभएको छ ?

– यसलाई मैले कसरी लिएको छु भने राज्यको बनावट वा चरित्र जुन छ त्यसबाट मुक्ति पाएर मधेशले परिवर्तन खोजेको छ । यसले समानुपातिक भूमिका पनि खोजिरहेछ । यसलाई यदि इन्कार गरियो भने अप्ठ्यारो पर्छ । त्यसकारण यो भावनालाई बुझेर राज्यको रूपान्तरण गर्नुपर्‍यो । देशका अन्य भू-भागहरू द्वन्द्वको समाप्ति वा वार्तापश्चात् अब सन्तुलित हुन थाले । मधेश अझै पनि तातो देखिएको छ । अझै पनि मधेशमा तरङ्ग उठिरहेका छन् । त्यो तरङ्गित मधेशले आफ्नो उचित हिसाब खोजिरहेछ ।

० यसको मतलब अहिले मधेशमा भइरहेको गतिविधिप्रति तपाईंको पनि र्समर्थन छ ।

– म शान्तिवादी मान्छे हुँ, दुइपटक अनशन गरेको मान्छे हुँ । शान्तिपूर्ण सङ्र्घष हाम्रो पार्टीको निष्ठाको विषय हो । हामी लोकतान्त्रिक शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्र्छौं । त्यहीअनुरूप हामी अगाडि बढिरहेका छौं । तर मधेशमा अहिले जुन ढङ्गका आवाजहरू आइरहेका छन्, त्यसले कहीं-कहीं कुनै-कुनै रूपले मधेशको अवस्थाको चित्रण गरेको छ भनेर सबैले बुझ्नुपर्छ ।

० अहिले देशका पूर्वी भागका केही जिल्लामा पहाडेका गाडीहरूसमेत चल्न दिइएको छैन, त्यसलाई कसरी लिनुभएको छ ?

– हाम्रो पार्टी गैरलोकतान्त्रिक सङ्र्घष र सशस्त्र सङ्र्घषलाई मान्यता कहिल्यै दिँदैन । मधेशको भावनाको अभिव्यक्ति विभिन्न रूपले आइरहेको छ । हरेक रूपलाई हामीले र्समर्थन गर्र्छौं भन्ने छैन तर पनि विभिन्न रूपले मधेशले आफूलाई अभिव्यक्त गरिरहेकै छ । समग्र रूपलाई सबैले बुझ्न जरुरी छ ।

० तपाईं राज्यको मन्त्री भएर पनि बढी मधेशको मात्र कुरा गर्नुहुन्छ नि, किन ?

– मेरो पहिचान मधेश हो । मधेशीको प्रतिनिधिका रूपमा म मन्त्री बनेको हुँ । समग्र देशका लागि कुरा उठाउनेहरू थुप्रै छन् तर मधेशका लागि लड्नुपर्दा हामी एक्लै पनि भएका छौं ।

० शान्तिसम्झौता भइसकेपछि पनि माओवादीको व्यवहारमा सुधार नआएको गुनासो चौतर्फी सुनिन थालिएको छ, तपाईंले के बुझ्नुभएको छ ?

– माओवादी एउटा छुट्टै राजनीतिक पृष्ठभूमिबाट आएको दल हो । सशस्त्र सङ्र्घषबाट आएको विद्रोही हो ऊ । व्रि्रोहीले लोकतान्त्रिक रूपान्तरण गर्न केही समय लाग्न सक्छ । सङ्क्रमणकालबाट मुलुक मात्र नभएर माओवादी पनि गुज्रिएको छ भन्ने बुझ्नुपर्छ, यसमा हामीले सहयोग गर्नुपर्छ लोकतान्त्रिक राजनीतिक रूपमा रूपान्तरण हुन । यो सङ्क्रमणकालमा हिजोका गतिविधिमाथि पूर्ण रूपले नियन्त्रण गर्न नसकेको अवस्था छ । तर हामीले के बुझ्नुपर्छ भने उनीहरू सुध्रिंदै जानेछन् र उनीहरू रूपान्तरण हुनैर्पर्छ ।

० हतियार व्यवस्थापन गर्ने कार्य त केही समय लम्बिन्छ नै होला, त्यसअघि माओवादी सरकारमा आउने सम्भावना छ-छैन ?

– पहिलो कुरा त हतियार व्यवस्थापन कार्य लम्बिन्छ भन्ने मान्न म तयार छैन । किनकि हामीले ६ महिनामा गरेको कामलाई आज देशी र विदेशीहरूले चमत्कारको संज्ञा दिएका छन् । हरेक कदमकदममा हामीले गर्ने कामको बारेमा अविश्वास गरिन्थ्यो । अब भने सबैले विश्वास गर्न थालेका छन् । नेपालीहरू त आफ्नो समस्या आफैं बसेर सुल्झाउन र मिलाउन सक्दारहेछन् भनेर हाम्रोबारेमा चासो राख्ने मित्रहरूले भन्न पनि थालेका छन् । हतियार व्यवस्थापनका लागि संयुक्त राष्ट्रसङ्घको भूमिका विशेषगरी नेकपा माओवादीको पक्षबाटै खोजिएको हो । त्यसमा सात दल र सरकारले इन्कार नगरी सहमति जनाएका हुन् । त्यहीअनुरूप सरकारले संयुक्त राष्ट्रसङ्घलाई पत्र पठाएको हो । त्यसका लागि संयुक्त राष्ट्रसङ्घले आफ्नो प्रक्रियाको सुरुवात पनि गरिसकेको छ । संयुक्त राष्ट्रसङ्घको भूमिकाले गर्दाखेरी ढिलो-चाँडो हुने कुरा आफ्नो ठाउँमा छ । हतियार व्यवस्थापन सही ढङ्गले हुने कुरामा हामी विश्वस्त छौं । हुनत यहाँ अनेक शङ्का-उपशङ्का गरिँदै पनि छ तर शङ्काले लङ्का हान्नसक्छ भन्ने कुरालाई पनि त्यत्तिकै बुझ्न जरुरी छ ।

० शान्तिसम्झौता सम्पन्न गर्ने बेलामा गाउँ जनसरकार र जनअदालत विघटन गर्ने सहमति भएको थियो तर अहिले त माओवादीको जिम्मेवार पक्षबाट नै अन्तरिम सरकारमा नगएसम्म यथावत् रहने भनिएको छ, यसलाई सात दल र सरकारले कसरी लिएको छ ?

– त्यो गलत अभिव्यक्ति हो । शान्तिसम्झौतामा सबै भङ्ग गर्ने सहमति भएर मात्र हस्ताक्षर भएको हो । सम्झौता पालना गर्नका लागि हामी आग्रह गर्दछौं । सम्झौताको पालनाले मात्र आउँदा दिनहरूका लागि विश्वासको ढोका खुला हुने हुँदा माओवादी पक्षले यो कुरालाई मनन गर्नुपर्छ । हामीलाई आशा छ जसरी सरकारले पालना गरेको छ त्यसैगरी उनीहरूले पनि गर्नेछन् ।

० विगतमा हटाइएका प्रहरीचौकीलाई पुनर्स्थापना गर्ने कार्यमा माओवादीले पुर्‍याएको अवरोधलाई सरकारले कसरी लिएको छ, के यसैगरी टुलुटुलु हेरेर सरकार बस्ने हो त ?

– प्रहरीचौकी राख्न नदिने जुन क्रियाकलाप भइरहेको छ यो अत्यन्तै गलत कार्य हो । यो शान्तिसम्झौताको पूर्ण उल्लङ्घन हो । सरकारले यो कुरा उचित माध्यमद्वारा नेकपा माओवादी पक्षलाई जानकारी गराइसकेको छ र आफ्नो चिन्ता र चासो पनि प्रकट गरेको छ । यस्तो किसिमको बाधा-अवरोध नगर्ने भनेर माओवादी नेताहरूले वचन दिइसक्नुभएको छ ।

० जेठसम्ममा संविधानसभापको चुनाव हुन सक्ने कुरामा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ ?

– हामी अत्यन्तै क्रियाशील किसिमबाट जेठसम्ममा चुनाव सम्पन्न गर्ने भनेर लागिरहेका छौं । मन्त्रिपरिषद्ले मतदाता नामावली सङ्कलन गर्नेदेखि अन्य कार्य गर्नका लागि सम्बन्धित निकायलाई सक्रिय हुन निर्देशन दिइसकेको छ ।

० संविधानसभा हुन नदिनका लागि दरबारिया शक्तिहरूको चलखेल होला कि नहोला, के देख्नुभएको छ ?

– कोसिस गर्दैनन् भनेर इन्कार गर्न सक्दिनँ । धेरै कुनाबाट धेरै प्रकारका षड्यन्त्रहरू हुन सक्छन् । त्यसलाई चिर्नका लागि हामीबीचको एकताको गाँठो अझ बलियो बनाउनुपर्छ ।

० प्रसङ्ग बदलौं, तपाईंको कार्यकालमा आयल निगममाथिको ऋणभार निकै नै कम भएको भन्ने सुनिन्छ, वास्तविकता के हो ?

– घाटा अलि कम भएको हो तर जुन हाम्रो बक्यौता छ त्यो त बढेकै छ । मेरो कार्यकालमा बढेको नभएर पुरानै हो । इण्डियन आयल निगमलाई तिर्नुपर्ने बक्यौता रकम अझै पनि बढी नै छ । दश अर्बभन्दा बढी नै भइसकेको छ । यसलाई कसरी तिर्ने र व्यवस्थापन गर्ने भन्ने विषयमा सरकार चिन्ताका साथ लागेको छ । अहिलेसम्म आयल निगम ऐनबेगर चलेको थियो, कुनै कानुन थिएन । त्यसकारण हरेक सरकारले आफ्नो इच्छामुताबिक चलाउने गरेका थिए । मैले ऐनअनुसार पेट्रोलियम पदार्थको आपूर्ति र व्यवस्थित गर्ने कोसिस गरेको छु । यसका लागि संसद्मा समेत ऐन र नीति बनाउनका लागि पेश गरेको छु । त्यहाँ लेखापरीक्षण पुरातन शैलीको थियो, अहिले दुइजना चार्र्टर्ड एकाउण्टेण्ट राखेपछि व्यवस्थित भएको छ । क्रम अझ बढ्दो छ । आयल निगमको आर्थिक पक्षलाई मैले बढी ध्यान दिएकै हुँ, लेखा समितिको अनुभवले गर्दा सक्रिय भएर लागेको छु ।

० मुलुक सङ्क्रमणकालीन अवस्थामा गुज्रिएका बेला सरकारको एक जिम्मेवार मन्त्री बन्ने मौका तपाईंले पाउनुभयो, अहिले आफूमाथिको जिम्मेवारी कति पूरा गरेजस्तो लाग्छ र आफ्नो कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

– जनान्दोलनको म्यान्डेटअनुसार या जनताले दिएको जनादेशअनुसार यो सरकारले काम गरिरहेको छ । सरकारको एउटा अङ्ग र सदस्यका हैसियतले म सन्तुष्ट छु । शान्तिप्रक्रियालाई अघि बढाउनमा र संविधानसभामा पुर्‍याउनमा आफूले गरेको कामबाट म सन्तुष्ट छु ।। यो सरकारको दायित्व पनि त्यही हो । मन्त्रालयगत कामहरू अझै धेरै गर्न सकिन्थ्यो होला । प्रशासनिक यन्त्रको जुन बनावट छ यसलाई अझै पनि आमूल परिवर्तन गर्नुपर्ने मैले देखेको छु । प्रशासन यन्त्रको यही गति र यही बनावटबाट चाहिं धेरै हासिल गर्न सकिन्छ भन्ने आशा गर्न सकिन्न ।

Source::http://www.nepal.hk/?p=202

Advertisements

Entry filed under: Articles.

बस्ती-बस्तीबाट उठे Put out this fire

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 47 other followers


%d bloggers like this: