तर्राईमा बल्न लागेको विद्वेषको आगो

December 21, 2006 at 4:17 pm 1 comment

तर्राईमा बल्न लागेको विद्वेषको आगो
यथाशीघ्र समाधानको प्रयास आवश्यक  

 -प्रकाश उपाध्याय
मुलुकमा स्थायी शान्ति बहालीको वातावरण सकारात्मक मोडमा पुगिरहेको बेला पुनः विशेष गरी तर्राईका कतिपय क्षेत्रमा अशान्तिको बादल मडारिन थालेको छ । यतिखेर जसरी देशको तर्राई क्षेत्र जो मधेशको नामबाट पनि परिचित छ का बासिन्दा विशेष गरी पुस्तौंदेखि त्यहाँ बसोबास गर्दै आएका पर्वते वा पहाडीहरू केही स्थानीय आतङ्ककारीहरूद्वारा हत्या र अपहरणका सिकार हुँदै आएका छन् यसलाई मनन गर्दा हामीले कहिले द्वन्द्वको स्थितिबाट मुक्ति पाई शान्तिको वातावरणमा चैनको सास फर्ेन पाउने हौं यसै भन्न नसकिने अवस्था देखिएको छ । यस पर्रि्रेक्ष्यमा के देशवासीको नियति नै द्वन्द्वको भुमरीमा जाकिनु नै हो र यसबाट उनीहरूले कहिले मुक्ति पाउने हुन् – राजनीतिक दल जनप्रतिनिधिलगायत देशको सरकार र स्थानीय प्रशासन समग्र पक्षको यसतर्फयथाशीघ्र ध्यान जानैपर्ने भएको छ ।यतिबेला विगत केही समयदेखि देशको पर्ूर्वी तर्रार्इर्र्क्षेत्रमा व्याप्त हत्या, अपहरण एवं आपराधिक क्रियाकलापको वातावरणले हालका साताहरूमा सप्तरी जिल्लाका गाविस एवं सदरमुकाम समेतमा विस्फोटक रूप धारण गर्दै गएकाले जनताका मनमा अनेक प्रश्न उत्पन्न भइरहेछन् । वस्तुतः सप्तरी जिल्लामा क्रियाशील जनतान्त्रिक तर्रार्इर्र्मुक्ति मोर्चाद्वारा, जुन माओवादी संगठनबाट छुट्टएिको गुट हो, चलाइएको अपहरण र हत्याजस्ता क्रियाकलापबाट समाजमा साम्प्रदायिकता भड्किन सक्ने अशङ्का उत्पन्न हुँदा सदरमुकाम राजविराजमा आयोजित र्सवपक्षीय भेलाको आयोजना हुनु र उसद्वारा मोर्चालाई मूलधारमा ल्याउने प्रयासमा विगत साता एउटा दबाब समूहको गठन हुनुबाट स्थितिको गम्भीरता र्छलङ्िगन्छ ।वास्तवमा मधेशमा बस्ने हरेक व्यक्ति, त्यो जुनसुकै सम्प्रदायको किन नहोस्, मधेशी नै भनाउँछ भन्ने कुरा सबै आन्दोलनकारीहरूले बुझिदिनु यथोचित हुनेछ । देशमा लोकतान्त्रिक प्रणालीको प्रादर्ुभाव भएको बेलामा तर्रार्इर्र्ा रैथाने जनतालाई पर्वते र मधेशीहरूका नाउँमा विभाजित गर्दै अल्पसङ्ख्यक समुदायमा त्रास र आतङ्कको भावना फैलाउने मोर्चा कसरी जनतान्त्रिक कहलाउन सक्तछ – प्राप्त जानकारी अनुसार आगामी पुस महिनाको एक गतेदेखि देशको तर्रार्इर्र्क्षेत्र विशेष गरी सप्तरीमा बसोबास गर्ने पर्वतेहरूको सडक परिवहनद्वारा एक ठाउँबाट अर्को ठाउँमा हुने आवागमनमाथि रोक लगाउने अभियान उक्त मोर्चाले चलाउँदै छ । यदि यो जानकारी वास्तवमा नै साँचो हो भने यसलाई मानवअधिकार हननको मामिला, लोकतान्त्रिक आचारण विरुद्धको कारबाही र राष्ट्रिय मेलमिलापको वातावरणलाई खलबल्याउने क्रियाकलापका रूपमा लिइनर्ुपर्छ र स्थितिले गम्भीर रूप लिनुभन्दा अघि नै सरकार, सम्बन्धित पक्ष एवं देशमा क्रियाशिल मानवअधिकार संगठनहरूले यस दिशामा तत्कालै यथोचित पाइला सार्नु आवश्यक भएको छ । विशेष गरी यस्तो बेलामा जसरी स्थानीय प्रशासन असहाय र मूकदर्शक भई बसेको छ र कानुन-व्यवस्था लथालिङ्ग देखिएको छ त्यो निःसन्देह दुखद् हो भन्नै पर्छ ।

देशमा राष्ट्रिय मेलमिलापको वातावरण उत्पन्न भई सहमति र समझदारीको भावना विचलित भइरहेको बेलामा पनि यसै किसिमको अमर्यादित व्यवहारलाई के लोकतान्त्रिक आचरण भन्न मिल्छ – तर्रार्इर्र्क्षेत्रका सर्घष्ारत मोर्चाका क्रियाकलापले सदरमुकामको विमानस्थलदेखि दक्षिणतर्फजान चाहने पर्वतेहरू आफूलाई विगत केही समयदेखि सदैव सुरक्षित र खतरापर्ूण्ा अनुभव गर्दैछन् । तर्राईमा बसोबास गर्ने र साम्प्रदायिक सद्भावको वातावरण कायम गर्दै आएका समुदायहरूबीच दर्ुभावना, वैमनस्य र आतङ्क उत्पन्न गर्न भइरहेका हत्या र अपहरणका क्रियाकलापमाथि लगाम लगाउन र सद्भावनाको वातावरण यथाशीघ्र पुनःस्थापित गर्न सरकारले मोर्चाको नेतृत्व वर्गलाई वार्ताका लागि निम्त्याउनु र समस्याको यथाशीघ्र नै समाधान निकाल्नु आवश्यक छ ।

एक समयमा मधेशको समस्या मूलतः नागरिकताको प्रश्नसँग गाँसिएको थियो । नागसिकता ऐन-२०६३ लागू भएर सबै नागरिकताविहीनहरूले नागरिकताको प्रमाणपत्र पाउने भएपछि मोर्चाका यस किसिमका आन्दोलनकारी क्रियाकलापको कुनै औचित्य देखिँदैन । जहाँसम्म संविधानसभामा मधेशी जातजाति-हरूको प्रतिनिधित्वको प्रश्न छ, त्यसको समाधान पनि शान्तिपर्ूण्ा वार्ताद्वारा निकाल्न नसकिने होइन । सरकारले यस दिशामा यथाशीघ्र आवश्यक पहल गरिहाल्नुपर्ने खाँचो छ । नत्र सप्तरीको आगोको यो मुस्लो कतिबेला सुनसरी र मोरङ पनि पुग्ने हो भन्न सकिन्न । विगत तीन गते मङ्सिरमा जनकपुरधाममा मिथिला महोत्सवका अवसरमा मञ्चमा भएको घटना, विगत कात्तिक २९ गते सिराहामा नेपाल मधेशी विद्यार्थी प|mन्टको स्थापना दिवसको अवसरमा वक्ताहरूद्वारा पहाडी र बाहुनवादविरुद्ध गरिएको विषवमन र अब सप्तरीमा पर्वतेहरूका आवागमनमा अवरोध खडा गर्ने कार्यले निश्चय नै राष्ट्रको हित गरिरहेको छैन । सहनशीलता र एकार्काका भावनाको कदर लोकतन्त्रको प्राथमिक आवश्यकता हुन् र यसको पालना हुन आवश्यक छ । लोकतन्त्रमा आफ्नो कुरो राख्ने वा विरोध जनाउने हक सबै पार्टर्ीीगुट वा संगठनलाई हुन्छ । तर यस प्रक्रियामा साम्प्रदायिक विद्वेष फैलाउने वा घृणाको बिऊ रोप्ने कार्य विधिसम्मत हुँदैन । देशको हरेक जनान्दोलनमा मधेशी र पर्वतेहरूले काँधमा काँध मिलाएर भाग लिए एकसाथ यातना सहे र देशमा लोकतन्त्रको सञ्चार गराउनमा योगदान दिए ।

मधेशमा क्रियाशील विभिन्न मोर्चाहरू, फोरम र सङ्घ संस्थाहरूले आफ्नो गुनासो पोख्दा के पनि बुझ्नु र सम्झनु पर्दछ भने मधेशका मुख्य समस्यामा नागरिकताको प्रमाणपत्र वितरण, जुन अब निकट भविष्यमै सुल्भिmने छ, का अतिरिक्त त्यहाँ छ्यापछ्याप्ती व्याप्त अस्दृश्यताको वातावरण, ऊचनीचको भावना, अशिक्षा, अज्ञानता, बेरोजगारी अग्रणी छन् र यी सबैको समाधान वा शमनको उपाय निकाल्नु आवश्यक छ । जबसम्म मधेशका जनता साक्षरताको मार्गमा अग्रसर हुँदैनन्, शिक्षित हुँदैनन्, आफ्नो शैक्षिक योग्यता र प्रतिभाको विकास गर्दैनन्, तबसम्म बाहुनवाद वा पहाडियाविरुद्धको आन्दोलन वा विषणमनले त्यहाँको स्थितिमा सुधार गर्नेछैन । यदि मधेशलाई आज मुक्ति चाहिएको छ भने पूर्वोक्त कमजोरी, सामाजिक अवगुण र त्रुटिहरूबाट नै हो । यस तथ्यलाई जति चाँडै आत्मसात् गरी क्रियाशील हुने काम गरिन्छ, मोर्चाको सामाजिक उपयोगिता र महìव त्यति नै सराहनीय र बढी हुनेछ ।

देशमा हरेक वर्गका मानिसहरूमा शान्तिको चाहना छ । शान्तिको यसै चाहनालाई कार्यरूप दिन माओवादी लगायत आठवटै दलले कायम गरेका समझदारी र ऐतिहासिक सम्झौताले विश्वसामु एउटा दृष्टान्त पेस गरेका छन् । मोर्चाले पनि यस कडीलाई बलियो पार्ने र मेलमिलापको नीतिमा अग्रसर हुने आवश्यकता छ । देशको विकास त्यस बेलामात्रै हुनेछ जब सबै पक्ष र सम्पर्ूण्ा जनताको एकताको सूत्र बलियो हुनेछ । देशमा राष्ट्रिय मेलमिलापको वातावरण सुरु भएको बेलामा सरकारले पनि आन्दोलनकारी मोर्चासित विचार-विमर्श गरी तिनीहरूलाई समेत मूलधारमा सामेल गर्ने कार्य गर्नुपर्दछ । अनि मात्र बहुदलीय व्यवस्थाको उदार भावनाले ठोस रूप पाउनेछ र राजनीतिक विद्वेष एवं वैमनस्य समाप्त हुनेछ ।

 

Source::http://www.gorkhapatra.org.np/content.php?nid=8346

Advertisements

Entry filed under: Articles.

Complaint Petition to the Office of the United Nations High Commissioner for Human Rights: Human Rights of Indigenous Madheshi in Nepal Case Study – Micro Credit Reduces Violence

1 Comment Add your own

  • 1. Sambhu sah  |  December 23, 2006 at 3:22 pm

    I think your afraid of rebel war but enjoyed the rule over the mass population of Madhesi community since the foundation of Nepal by Mr. Prithivi Narayan Shah. Up to now just list me the delopment that is done in terai compared to hilly regions. Show all the madhesi the number involved in officer rank in army, HMG and police force and ambassador. Or are the madhesi people uneducated or fails to prove the entrance. What do you say now?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 49 other followers


%d bloggers like this: