तर्राईमा साम्प्रदायिक भड्काव, पहाडियाहरू खेदिन थाले

December 21, 2006 at 4:30 pm 3 comments

तर्राईमा साम्प्रदायिक भड्काव, पहाडियाहरू खेदिन थाले

विगत दश वर्षा माओवादीले प्रयोग गरेको हतियार व्यवस्थापनको गृहकार्य तीव्र रूपमा अगाडि बढिरहेकै बेला तर्राईमा छुट्टाछुट्टै सशस्त्र समूहले अर्को आतङ्कको सिर्जना गरेका छन् । जनतान्त्रिक तर्राई मुक्ति मोर्चाका नामबाट अहिले तर्राई क्षेत्रमा पहाडे समुदायलाई अपहरण गर्ने, धम्क्याउने, कुटपिट गर्नेमात्रै होइन, पहाडेहरूले कुनै पनि काम गर्न नपाउने र घरै छाडेर हिंड्नुपर्ने उर्दी जारी गरिएको छ । मोर्चाले यही पुस १ गतेदेखि १५ गतेसम्म पहाडेहरूले कुनै पनि प्रकारका सवारीसाधन चलाउन नपाउने भनी रोक लगाएको छ । जनतान्त्रिक तर्राई मुक्ति मोर्चाका अध्यक्ष ज्वाला सिंहका नामबाट तयार पारिएको पर्चामा पुस १ गतेदेखि १५ गतेसम्म पहाडेहरूद्वारा सञ्चालन भइरहेका बस, ट्रक, ट्याक्टर, जीपलगायतका कुनै पनि प्रकारका यातायातका साधनहरू नचलाउन चेतावनी दिइएको छ । जनतान्त्रिक तर्राई मुक्ति मोर्चाको अपिल नाम दिइएको उक्त पर्चामा भनिएको छ- ‘हाम्रो आग्रह र अनुरोधलाई जानीबुझी अटेर गरी पहाडेहरूले बेवास्ता गरेमा त्यस्ता साधनलाई जुनसुकै ठाउँ वा समयमा ध्वस्त गर्ने जानकारी गराउँदछौं ।’ पूर्व-पश्चिम महेन्द्र राजमार्गलाई तर्राई मार्गले सम्बोधन गर्नुपर्ने र उक्त राजमार्ग प्रयोग गर्ने अधिकार केवल तर्राईवासी मधेसीहरूलाई मात्रै हुने पनि उनीहरूको जिकिर छ । यसअघि मङ्सिर ७ गते मोर्चाले सात राजनीतिक दल र माओवादीबीच भएको शान्ति सम्झौताको विरुद्धमा तर्राई बन्दको आह्वान गरेको थियो । शान्ति सम्झौतालाई मधेसी जनअदालतले बदर गरेको मोर्चाद्वारा प्रकाशित अपिल पत्रमा उल्लेख गरिएको छ । मधेसीहरूको बृहत् राजनीतिक मोर्चा बनाई पहाडेविरुद्ध मुक्ति युद्ध लड्नुपर्ने खुल्ला आह्वान पनि उक्त समूहले गरेको छ ।। जनतान्त्रिक तर्राई मुक्ति मोर्चा माओवादीबाट फुटेको जयकृष्ण गोइतको समूहबाट टुक्रिएको समूह हो । माओवादीले आफूलाई भन्दा मातृका यादवलाई बढी महत्व दिएको भन्दै जयकृष्ण गोइतले तर्राई जनतान्त्रिक मोर्चा बनाएका थिए । केही समयको सहकार्यपछि गोइतको समूहमा महासचिव रहेका ज्वाला सिंहले त्यहाँबाट पनि व्रि्रोह गरी जनतान्त्रिक तर्राई मुक्ति मोर्चाका नाममा छुट्टै समूह खडा गरेका थिए । यी र्दुइ तर्राई मुक्ति मोर्चाहरूले तर्राई क्षेत्रमा अहिले व्यापक आतङ्क मच्चाउँदै आएका छन् । तर्राईमा बसोबास गर्नेहरूलाई विस्थापित गर्ने स्पष्ट उद्देश्य लिएर हिंसात्मक क्रियाकलापमा उत्रिएका यी जत्थाले बिस्तारै-बिस्तारै तर्राई क्षेत्रलाई खतरनाक मोडतर्फधकेलिरहेका छन् ।
वर्षौंदेखि पूर्वी तर्राईमा बस्दै आएका पहाडे समुदायमा अहिले आफूमाथि कतिबेला के हुने हो भन्ने त्रास फैलिएको छ । सप्तरी, सिराहा, जनकपुरतिरका पहाडी समुदायका व्यक्तिहरू धमाधम आफ्नो गाउँ, बस्ती छोड्न बाध्य पारिँदैछन् । राप्रपा नेता तथा सांसद कृष्णचरण श्रेष्ठको हत्या यही समूहले गरेको थियो । अहिले सिराहा क्षेत्रमा पहाडेहरूले जनतान्त्रिक तर्राई मुक्ति मोर्चाले अगाडि सारेका कुनै पनि कुरालाई बेवास्ता वा उल्लङ्घन गरेमा कृष्णचरणको नियति भोग्नुपर्ने धम्की दिने गरिएको छ । यता जयकृष्ण गोइतको समूहले पनि माओवादी निमिट्यान्न पार्ने बहानामा पहाडेहरूलाई नै मुख्य तारो बनाउँदै आएको छ । तर्राई क्षेत्रमा मधेसी मुक्तिका नाममा हतियारधारी जत्थाहरू बढ्दै गएका छन् । पहाडेहरूलाई धम्क्याउने, अपहरण गर्ने र अब हुँदैहुँदै काम गरेर खान नदिने वातावरण सिर्जना गरिसक्दा पनि सरकार मौन बस्नुलाई आर्श्चर्यजनक रूपमा लिइएको छ । तर्राईमा बसोबास गर्दै आएका पहाडी समुदायले दिन प्रतिदिन अत्यन्त असुरक्षित महसुस गर्दै आएका छन् । तर शान्ति सुरक्षाको नाममा सरकारले केही पनि गर्न सकेको छैन । न त यो समस्यालाई संसद्मा बहस र छलफलको विषय नै बनाइएको छ । मधेसी अधिकारका नाममा पूर्वी तर्राई क्षेत्रमा साम्प्रदायिकताको डरलाग्दो आगो सल्किसकेको छ । यो आगो निभाउने प्रयास अहिले नै नगरे भोलि यसले विकराल डढेलोको रूप लिने निश्चित छ । माओवादीलाई मूलधारमा ल्याउँदानल्याउँदै तर्राईमा सल्किएको द्वन्द्वको आगो निभाउन द्वन्द्वमा संलग्न पक्षसँग छलफल गर्न सरकारले ढिलो गर्नुहुँदैन । सानो समूहसँग के कुराकानी गर्नु भनेर सरकार मौन बसेको हो भने हिजो माओवादीको समूह पनि ठूलो थिएन । कुनै पनि सिद्धान्तभन्दा बाहिर रहेर केवल साम्प्रदायिक भड्कावमा संलग्न यस्ता जत्थाहरूलाई साम्य पार्नका लागि तत्काल कदम चाल्नुपर्ने देखिन्छ ।

Source::http://www.nepal.hk/?p=191

Advertisements

Entry filed under: Articles.

साम्प्रदायिक सोच बस्ती-बस्तीबाट उठे

3 Comments Add your own

  • 1. Sambhu sah  |  December 23, 2006 at 3:10 pm

    I think either the complete right has to be given in the hands of Madhesi community constructing the Madhes free state having atleast 20 district other wise god knows what is going to happen in the near future, Nobody will be able to stop the bloodshed that is going to happen with specially with the KHAS(Bhahmin and Kshetri specially) and true true follower of these ruler.

  • 2. Sambhu sah  |  December 23, 2006 at 3:12 pm

    I think either the complete right has to be given in the hands of Madhesi community constructing the Madhes free state having atleast 20 district other wise god knows what is going to happen in the near future, Nobody will be able to stop the bloodshed that is going to happen specially with the KHAS(Bhahmin and Kshetri specially) and true follower of these ruler.

  • 3. ajeet kumar lal karna  |  December 25, 2006 at 9:58 am

    it is all because racial ignorance of goverment since inaguration of this country. Don’t forget descrimination never to be justified. and violence against descrimination is universal truth.
    we hope government will rectify its error.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 47 other followers


%d bloggers like this: