सशस्त्र विद्रोहको अन्त्य कि शुरुवात

December 27, 2006 at 9:24 am Leave a comment

सशस्त्र विद्रोहको अन्त्य कि शुरुवात

माओवादीसित सत्तासाझेदारीका लागि सहमति भएपछि अब मुलुक द्धन्द्धवाट मुक्त भएको सबैले महशुस गरेका थिए । लागेको थियो बल्ल अब मर्ने र मार्ने कुराहरुवाट देशले विश्राम पाएर अब केवल उन्नतती गर्ने कुरामा मात्र सबैको ध्यान केन्द्रित हुने छ । तर,वास्तवमा त्यसो हैन, माओवादीले हिजोका दिनमा सरकारले आफ्नो कुरा नमानेको भन्दै सरकारलाइ जवर्जस्ति मनाउन – अहिले आएर त्यही देखिएको ) सशस्त्र संघर्षका लागि जङ्गल छिरेर आखिर मनाइ छाडेपनि ।
अब त्यसको सिको शुरु भइसकेको छ । जसरी माओवादीले आफ्ना कुरा मनाउन हतियार बोकेको थियो त्यस्तै समुह अरु पनि थपिएको छ नेपालमा ।
यसको पहिलो उदाहरण हो तराइ जनतान्त्रिक मुक्ति मोर्चा । मोर्चाका अध्यक्ष जयकृष्ण गोइत पहिला माओवादीका नेता हुन् । प्रचण्डले तराइमुलको प्रतिनिधिको रुपमा मातृका यादवलाइ काखीच्यापेपछि गोइत रिसाएर मोर्चा गठन गरेका हुन् । युद्ध विरामताका नै मोर्चा र माओवादी छापामारविच भिडन्त भइसकेको छ ।
यदी २०५१ साल अगाडि फर्कने हो भने त्यो बेलामा कसैले एकजना मान्छे मार्यो भनेपनि त्यसमा सबैको चासो हुने गर्थ्यो । तर, पछिल्लो चरणमा आएर एकै ठाउंमा दूइ सयको मृत्युभन्दा पनि कसैले कठै भनेको सुनिएन ।
मोर्चा अहिले सानो समुहको रुपमा रहेको छ । हिजोको माओवादी झै । तर समयमै उनीहरुको मागको विषयमा सरकारले तत्काल ध्यान नदिने हो भने मोर्चाले भोलिका दिनमा आजको माओवादीको रुपमा नलेला भन्न सकिन्न ।
किनकी उनीहरु विस्तारै विस्तारै माओवादीको पथमा नै हिड्ने प्रयास गरिरहेका छन् । त्यसको प्रारम्भ उनीहरुले तराइ बन्दवाट शुरु गरेका छन् । प्राप्त समाचार अनुसार सातदल र माओवादीबीचको सम्झौताको विरोध गर्दै मोर्चाले मङ्सिर ६ गते तराइ बन्दको घोषणा गरेको छ ।
तराइभित्रका सम्पूर्ण कलकारखाना, यातायात, शैक्षिक सङ्घसंस्था, सरकारी कार्यालय, गैरसरकारी संस्था लगायत सम्पूण विभागहरू बन्द गर्न मोर्चाले आग्रह गरेको छ रे ।
“नेकपा माओवादी र सातदलको प्रमुख पदहरूमा रहेका पहाडिया व्यtmिहरूले तराइका समस्याहरूलाइ झिनामसिना समस्याको रूपमा ठहर गर्दै आफ्नो गैरजिम्मेवारी-पूर्ण अभिव्यtmिहरू दिइरहेका छन्”-उनीहरुको विज्ञप्तिमा भनिएको छ । “सातदल-माओवादीबीचको समझदारी तराइमा रहेका मधेशी जनता र तराइबासीहरूका लागि गद्दारी र धोका हो ।”
विज्ञप्तिको भाषा हेर्ने हो भने उनीहरु सरकारविरुद्ध मधेषिलाइ उचालेर आफ्नो स्वार्थसिद्ध गर्न खोजेका छन् । नेपालका लागि मधेष सुकेको घांस हो जहां कथमकदाचित आगो लाग्यो भने निभाउने कल्पना पनि नगरेहुन्छ । तर, अहिलेसम्म तराइवासिको संयंमताका कारण सुकेको घासमा आगोलाग्नवाट जोगिएको छ ।
तराइमा व्रि्रोह फैलाउने भारतको धेरै लामो रणनीति पनि हो । गाइत र भारतको सम्बन्ध हेर्ने हो भने त्यत्ति फलदायि देखिदैन नै । त्यसमा यो सम्पुर्ण राष्ट्रको विषयमा केन्द्रित नभइ एक वर्ग र क्षेत्रको विषयमा केन्द्रित भएकाले पनि बढि डरलाग्दो रहेको छ ।
त्यसैले मेरो विचारमा सरकारले जत्तिसक्दो चांडो यो मोर्चालाइ साम्य पार्नका लागि प्रयास गर्नु जरुरी छ । यदी हेलचक्राइ गर्ने हो भने भोलिका दिनमा सरकारका लागि सबैभन्दा टाउको दुखाइकाृ विषय यही नै हुने छ ।

Source::http://www.hamroblog.com/?p=203

Advertisements

Entry filed under: Articles.

तराइ बल्दैछ अब Case Study:: आज पनि नेपालगन्ज अशान्त, सदभाव र्याली बिथोल्दै दङ्गा भड्क्यो

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 48 other followers


%d bloggers like this: