तराइ बल्दैछ अब

December 27, 2006 at 9:23 am 1 comment

 तराइ बल्दैछ अब

मुखले मात्र देश संक्रमणकालमा छ भनेर हुंदैन त्यसलाइ ब्यबहारमा पनि उतार्नसक्नुपर्छ । जुन तेताले पनि अहिलेको राजनीतिक अवस्था संक्रमणकालमा रहेको बताएका नै हुन् । राजावादी तथा अराजकतत्व सक्रिय हुन खोजेको भनेका नै हुन् । तर, ब्यबहारमा उतारेको खै त –
माओवादी भनौ या एमाले सबै सडकमा उत्रिएका नै हुन् । उनीहरुले सरकारको विरोधका लागि सडक नै गन्तब्य बनाएका हुन् । यसो गर्दा किन तिनिहरुको दिमागमा आएन अहिले देश संक्रमणकालमा छ उनीहरुले राम्रो कामको लागि गरेको प्रयास पनि अराजकतत्वको घुसपैठले नियन्त्रणबाहीर जानसक्छ भनेर ।
धन्न माओवादीले गरेको प्रदर्शनमा यस्तो घुसपैठ हुन सेकन । तर के के न गर्छु भनेर तराइ बन्दको निर्णय गरेको नेसपा आनन्ददेवीले भने पाठ नै सिक्यो । आफूं सरकारमा सहभागि भएर पनि सरकारले मधेषिविरोधी निर्णय गर्‍यो भनेर के के न क्रान्तिकारी काम गर्न खोजेका थियो त्यसको परिणाम आज देख्यो नै ।
आनन्देवीको प्रदर्शनवाट अहिले तराइको नेपालगञ्जमा नेपालको इतिहासमा अहिलेसम्म नभएको वातिय दङ्गाको शुरुवात भएको छ ।
कति पहाडिया तराइमा बस्दै आएका छन् अनी कति पहाडमा । तर अहिलेसम्म उनीहरुविच कुनै भिडन्त भएको इतिहास नै छैन । बरु बेलाबेलामा तराइमा हिन्दु र मुस्लिमविच दङ्गा हुने प्रयास हुन्थ्यो तर हुन सकेको थिएनत । तर, आज सबैलाइ आश्चर्यमा पार्नेगरी तराइमा रहेका तराइमुल र पहाडियाविच जातिय द्धन्द्ध शुरु भयो रे ।
साम्प्रदायिक दंगा भडि्कंदा एकजनाको मृत्यु नै भएको समाचार छ । दिउँसै कर्फयु लगाएर दंगा नियन्त्रण गर्ने प्रयास हुंदाहुंदै पनि नेपालगन्जनगर मंगलबार दिनभर युद्धभूमिजस्तै बन्यो र झण्डै एकसयको संख्यामा व्यापारिक फर्म, होटेल, उद्योग, र व्यक्तिगत घर ध्वस्त भएको समाचार छ । यो सबै सक्रमणकालमा देश चलेको छ भनेर सत्तासिन आनन्ददेविले पुर्‍याएको राजनीतिक विचारको परिणाम हो ।
बांकी समाचार यस्तो छ ।
नन्दीदेवीले सोमबार आह्वान गरेको मधेश बन्दका क्रममा भएको हिंसात्मक पर््रदर्शन र तोडफोडको विरोध गर्दै मंगलबार बिहान नेपालगन्जमा निस्केको जुलुसमा मधेशी समुदायले हस्तक्षेप गर्न खोजेपछि झडप शुरु भउको थियो । त्यसपछि हतियारसहित मधेशी र पहाडी समुदाय एकअर्कामाथि जाइलागेपछि एकाएक नेपालगन्जमा साम्प्रदायिक सद्भाव खल्बलिएको हो । स्थिति नियन्त्रणमा नआएपछि नेपालगन्जमा २० घण्टे कफर्र्यु लगाइएको छ । मंगलबार बिहान साढे एघारबजेदेखि पाँचबजेसम्म लगाइएको कफर्र्युलाइ निरन्तरता दिंदै बुधबार बिहान सातबजेसम्म कफर्र्यु थप गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी तिलकराम शर्माले बताए ।
प्रशासनले कफर््र्यु लगाएकै बेला कफर्र्यु उल्लंघन गर्दै उग्र पदर्शन भएका थिए । मधेशी र पहाडी समुदाय एकअर्कामाथि जाइलागेपछि स्थिति हिंसात्मक भएको थियो । त्रिभुवनचोकको दक्षिणपट्ट िटाँगास्टेशनमा भएको हिंसात्मक झडपमा एकजनाको मृत्यु भएको छ । मृतकको सनाखत भएको छैन, उनी पहाडी अनुहारका भएपनि कुनपक्षबाट मारिएको भन्ने एकिन नभएको प्रहरी उपरीक्षक रमेश भट्टराइले बताए । झडपमा घाइते २३ जनाको स्थानीय अञ्चल अस्पताल र शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मानवीय क्षतिको अन्य विवरण एकिन छैन ।
दुवै समुदायका सयौं मान्छे खुकुरी, खुँडा, भाला, बञ्चरो, रड, लट्ठीलगायतका घरेलु हतियार बोकेर पर््रदर्शनमा उत्रेका थिए । उनीहरुले नेपालगन्ज बजारका सयभन्दा बढी पसल, होटेल, फर्निचर उद्योगलगायत आगो लगाइ र तोडफोड गरी ध्वस्त बनाएका छन् । पत्रकार सम थापा लगायतका एकदर्जन मोटरसाइकल, दर्जनौं रिक्सा, साइकल पनि ध्वस्त बनाइएका छन् । पहाडी पर््रदर्शनकारीले मधेशीका र मधेशी पर््रदर्शनकारीले पहाडीका भौतिक संरचना ध्वस्त बनाएका थिए । नेपालगन्जको हंगेरी होटल, क्याराभान कटेज आगो लगाइ ध्वस्त बनाइएको छ भने सामसुङ कम्पनीको डिपो तोडफोड गरी सबै सामान लुटिएको छ । सामान्य चियापसल गरी गुजारा गर्नेहरुको पनि छाप्रा र घुम्ती पसल ध्वस्त बनाइएको थियो । क्षतिको विवरण एकिन छैन । व्यापारीले झण्डै एकअर्बको क्षतिको अनुमान गरेका छन् ।
त्रिभुवनचोक, सदरलाइन, त्रिवेणीमोड र इद्गाहरोडबाट मधेशी समुदायहरु हतियारसहित सडकमा निस्केका थिए भने पहाडीहरुले विपिचोक र सर्ुर्खेतरोडलाइ नियन्त्रणमा लिएका थिए ।
नेपालगन्जमा एक्कासि साम्प्रदायिक हिंसा भडिकनुमा सरकारमा रहेका मन्त्री एवम् आनन्दीदेवीका नेता हृदयश त्रिपाठीको अभिव्यक्ति तथा स्थानीय प्रहरी प्रशासनको अकर्मण्यता मुख्य जिम्मेवार देखिएको छ । मन्त्री त्रिपाठीले सोमबारमात्रै मधेशीलाइ उक्साउँदै हिंसा भड्काउँनेखाले अभिव्यक्ति दिएका थिए ।
पर््रदर्शन मंगलबार बिहानैदेखि तीब्र बनेपनि प्रहरीले त्यसलाइ नियन्त्रण गर्ने प्रयास गरेन । ११ बजेसम्म बजारमा प्रहरीको बाक्लो उपस्थिति भएको थिएन । पर्रदर्शनकारीहरु बजारमा तोडफोड र आगो लगाउँदै हिड्दा प्रहरी मुकदर्शक देखिन्थे । पर््रदर्शनले उग्र रुप लिइसक्दा पनि पर्याप्त संख्यामा प्रहरी परिचालन गरिएको थिएन । प्रशासनले हतारमा कफर््र्यु लगाइसकेपछि पनि मुख्य पर््रदर्शन भएका क्षेत्रमा प्रहरी पुगेका थिएनन् । १२ बजेपछि विपिचोक क्षेत्रमा पुगेका प्रहरीले टियरग्याँस प्रयोग गरी स्थिति नियन्त्रणको प्रयास गरेपनि त्यो प्रयास प्रभावहीन रह्यो । दिउँसो अबेरमात्र सशस्त्र प्रहरीलाइ स्वचालित बन्दुकसहित परिचालन गरिएको थियो ।
सशस्त्र प्रहरी फायरिङ गर्दै बेलुकी पाँचबजेपछि बजारक्षेत्रमा छिरेपछि पर्रदर्शन केही मत्थर भएको थियो । बेलुकी नै बसेको आठदलको बैठकले स्थिति तत्काल नियन्त्रणमा लिन प्रशासनलाइ दबाब दिएपछि प्रशासनले कफर्र्यु समय थप गरी आवश्यक परे गोलीसमेत हान्न सुरक्षाकर्मीलाइ आदेश दिएको थियो । सेना नै परिचालन गनुपर्ने निचोड निकालिएपनि शान्ति सम्झौताविपरित हुने भएकाले सेना परिचालन गरिएन ।
सोमबार मधेश बन्दका क्रममा भएको हिंसात्मक पर्रदर्शन र तोडफोड रोक्न प्रशासनले पहल नगरेकाले मंगलबारको हिंसात्मक पर््रदर्शन निम्तिएको आरोप नगरवासीले लगाएका छन् । आनन्दीदेवीको जुलुसमा रहेको भिडले सोमबार पार्किङ गरेका सवारीसाधन र होटेलसमेत तोडफोड गर्दा प्रहरी बल प्रयोग गरी नियन्त्रणको प्रयास गरेको थिएन ।
रातपरेपछि बजारक्षेत्रमा पर््रदर्शन रोकिएको छ । कफर्र्यु लगाइएकाले मान्छेको आवतजावत बन्द भएको छ । राति पनि दंगा हुनसक्ने अवस्थामा रहेका त्रिभुवनचोक, विपिचोक, कोरियनपुर-मुक्तिपुर, सदरलाइन र त्रिवेणीमोड लगायतका क्षेत्रमा सयौं सुरक्षाकर्मी हतियारसहित परिचालन गरिएको छ । “राति पनि दंगा हुनसक्ने खतराले हामी हाइ अलर्ट छौं” प्रहरी उपरीक्षक भट्टराइले भने ।
नेपालगन्जमा १२ वर्षघि यस्तै साम्प्रदायिक दंगा हुँदा थुप्रैको ज्यान गएको थियो तर त्यसपछि यो साम्प्रदायिक सद्भाव भएको शहरका रुपमा चिनिंदै आएको थियो । इराकमा १२ नेपालीको हत्या हुँदा काठमाडौंमा साम्प्रदायिक दंगा भएपनि नेपालगन्जमा त्यसको असरसम्म देखिएको थिएन । तर यसपालि कसरी भयो त यस्तो दंगा – सद्भावना आनन्दीदेवीकी केन्द्रिय सदस्य सत्यवती कर्र्मीले भनिन् “जुलुस नियन्त्रणबाहिर थियो, सबै हाम्रा कार्यकर्ता थिएनन् ।”

Source::http://www.hamroblog.com/?p=265

Advertisements

Entry filed under: Articles.

Pre-history about Dang valley and Tharu in generous People सशस्त्र विद्रोहको अन्त्य कि शुरुवात

1 Comment Add your own

  • 1. subhash shah  |  December 30, 2006 at 10:25 pm

    prahari uparikshyak ma bhattarai ko satta kohi sah, yadav, shah, jha, mahato, paswan or any madhesi surname bhako bhaye esto stithi kahile pani aaunethiyena,
    esto kura sarkarle turuntai bujhnuparcha natra dubai pachyalai uttikai ghata hunecha
    logsuvas@hotmail.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 48 other followers


%d bloggers like this: