Case Study:: आज पनि नेपालगन्ज अशान्त, सदभाव र्याली बिथोल्दै दङ्गा भड्क्यो

December 28, 2006 at 4:42 am Leave a comment

Case Study : A scenario Analysis

आज पनि नेपालगन्ज अशान्त, सदभाव र्याली बिथोल्दै दङ्गा भड्क्यो

काठमाडौं, सदभाव र्याली निकाल्नुपूर्व नै आज बिहान नेपालगन्जमा दङ्गा सुरु भएको छ। दङ्गा नियन्त्रण बाहिर जाने खतरा छ। जिल्ला प्रशासन कार्यालय बाँके, उद्योग व्यापार सङ्घ र आठ राजनीतिक दलको आहवानमा आज बिहान ८ बजे त्रिभुवन चोकबाट विशाल सदभाव र्याली निकाल्ने तयारी भइरहेको बेला एक्कासि दङ्गा सुरु भयो।

ढुंगा हानाहान र तोडफोडको क्रम सुरु भएपछि र्यालीका सहभागी भागाभाग गरेका थिए। भीडले उद्योग व्यापार सङ्घको कार्यालय र व्यापारीका घर-पसलमा तोडफोड र आगजनी सुरु गरेपछि तनाव चर्केको थियो। भीडले नेपालगन्जको चर्चित हङ्गेरी होटेलमा तोडफोड र आगजनी गरेको छ।

नेपालगन्जमा हिजोदेखि पहाडी र मधेसी मूलका नागरिकबीच भड्केको दङ्गाले उग्र रूप लिँदै गए पनि प्रहरी प्रशासन भने मूकदर्शक बनेको पाइएको छ। नाम मात्रको कर्फयु लगाइएकाले दङ्गा नियन्त्रणमा लिन गाह्रो हुँदै गएको छ। नेपालगन्जको नगरक्षेत्र वरपर पाँच हजार सुरक्षाकर्मी तैनाथ छन्। कर्फयुका बेला सामान्य प्रहरी मात्र तैनाथ गरिएकाले सयौँ सर्वसाधारणका घर सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट भएको बताइन्छ। भीडले मधेसीको बाहुल्य रहेको बस्तीमा रहेका पहाडीका घर-पसलमा लुटपाट र आगजनी गर्ने तथा पहाडीको बाहुल्य रहेको बस्तीमा रहेका मेधसीका घर-पसलमा लुटपाट र आगजनी गर्ने क्रम बढेर गएको देखिन्छ। नेपाल सदभावना पार्टी (आनन्दीदेवी)ले सोमबार आहवान गरेको बन्दका बेला मधेसीमूलका मानिसले सवारीसाधन तोडफोड गरेको घटनापछि साम्प्रदायिक रूप लिँदै आएको भिडन्त आज झनै चर्केर गएको छ। भीडको नेतृत्व कुनै पार्टी, सङ्घ-संस्था वा प्रतिगमनकारी शक्तिबाट सञ्चालन नभएको जनाउँदै महानगर संवाददाता भन्छन्- ‘प्रहरी प्रशासन मूकदर्शक बनेकाले दङ्गाले साम्प्रदायिक रूप लिँदै गएको छ।’

कर्फयु लगाएर दङ्गा नियन्त्रण गर्ने प्रयास गरिए पनि नाम मात्रको कर्फयुका कारण दङ्गा झनै भड्केको स्थानीय बासिन्दा बताउँछन्। हिजोको दङ्गामा झन्डै एक सयभन्दा बढी व्यापारिक फर्म, होटेल उद्योग र निजीघर क्षतिग्रस्त हुँदा अर्बौंको सम्पत्ति नष्ट भएको छ भने दङ्गामा एकको मृत्यु हुनुका साथै दुइ दर्जन घाइते भएका छन्। हिजो बिहान ११ बजेदेखि लगाइएको कर्फयु आज बिहान ७ बजे देखि ३ घण्टाका लागि हटाइए पनि दङ्गा भड्केकाले आज बिहान १० बजे पुनः कर्फयु लगाइएको छ। तर कर्फयुको उल्लङ्घन गर्दै भीड तोडफोड र आगजनीमा उत्रेकाले स्थिति भयावह बन्दैगएको छ। यसैबीच प्रहरी प्रशासनले दङ्गा नियन्त्रण गर्न नसके माओवादीले आफना जनमुक्ति सेनालाई नेपालगन्ज भित्र्याई स्थिति साम्य पार्ने दाबी गरेको छ। माओवादीले एक विज्ञप्ति जारी गर्दै आफना छापामार र जनवर्गीय सङ्गठनका जो कोहीलाई झुक्किएर पनि भीडभाडमा सहभागी नहुन आग्रह गरेको छ। शान्ति सुरक्षामा संयम अपनाउन आग्रह गर्दै माओवादीले दङ्गा प्रतिक्रियावादीले भड्काएको आरोप पनि लगाएको छ।

Source::http://rozyisuf.blogspot.com/2006/12/blog-post_27.html

Advertisements

Entry filed under: Articles.

सशस्त्र विद्रोहको अन्त्य कि शुरुवात पहाडी मधेशी दंगा, मधेशी जनजाित गठबंधन, र िनर्णायक, अिहंसात्मक अन्ितम अान्दोलनको खाँचो

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 49 other followers


%d bloggers like this: