नेपालगञ्ज घटनाको असर

January 10, 2007 at 3:08 am 5 comments

नेपालगञ्ज घटनाको असर
बोर्णवहादुर कार्की
नेपालगञ्ज घटनाले नेपालीको मनमा पुर्याएको चोट अझ चहराइरहेको छ । पहाडिया र मधेशीका नाममा नेपाली-नेपालीबीच सल्काइएको घृणाको ज्वाला निभे पनि भित्री आगो अझै पूर्णरूपमा निभिसकेको छैन ।

नेपालगञ्ज घटनाले नेपालीको मनमा पुर्याएको चोट अझ चहराइरहेको छ । पहाडिया र मधेशीका नाममा नेपाली-नेपालीबीच सल्काइएको घृणाको ज्वाला निभे पनि भित्री आगो अझै पूर्णरूपमा निभिसकेको छैन । सँम्प्रदायिक दंगाबाट लागेको घाउ त्यति चाँडो निको नहुनेमात्र होइन, पटक-पटक बल्झिने सम्भावना पनि रहन्छ । नेपालगञ्जको साम्प्रदायिक डढेलो निभ्यो भनेर ढुक्क भएर बस्नु मूर्खता हुनेछ । यो साम्प्रदायिक दंगाले पहाडिया र मधेशीको बीचमा जुन घृणाको बीउ रोपेको छ, त्यसले कुनै बेला सामान्यभन्दा पनि सामान्य कारणबाट उग्ररूप लिन सक्छ । यो डढेलो तर्राईका हरेक जिल्लामा जबर्जस्ती सल्काउने दुस्प्रयास भइरहेको छ । त्यसले उग्ररूप लियो भने नेपालजस्तो सानो मुलुकलाई राष्ट्रिय एकता र अखण्डता बचाउन गार्हो पर्न सक्छ । त्यसैले, त्यस घटनाको कारक तत्त्व पत्ता लगाएर समाधान खोजियो भने मात्र दीर्घकालीन समाधान निस्कनेछ ।

नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) ले गरेको मधेश बन्द कार्यक्रमपछि सुरु भएको आगजनीमा संलग्न कथित मधिशे र पहाडियाहरूको चर्तिकलामा लुटपाट र इबी साध्नेमात्र होइन, जातीय दंगाको आगो सल्काउने प्रायोजित उद्देश्य देखिन्थ्यो । नेपालगञ्ज जलिरहँदा प्रहरी प्रशासनले हात बाँधेर दंगालाई उक्साउने काम पनि गरिरहेको थियो । सद्भावना पार्टीका स्थानीय नेता र कार्यकर्ताको भूमिका पनि गैरजिम्मेवार नै देखियो । अन्य पार्टीहरु पनि समयमै सक्रिय भएनन् । यो दंगामा पर्दापछाडिको खास खेलाडी को थियो – जिज्ञासाको विषय बनेको छ ।

सद्भावना पार्टीका नेताहरूले यो दुर्भाग्यपूर्ण दंगा प्रतिक्रियावादीको इशारामा भएको आरोप लगाएका छन् । सात दल र माओवादीले पनि यो दंगाको पछाडि दरबारको हात रहेको आरोप लगाएका छन् । अन्तरिम संविधानमा सात दल र माओवादीले हस्ताक्षर गरिसकेपछिको अवस्थामा यो दंगा भएको छ । अन्तरिम संविधान लागू भएपछि मुलुकको राजनीतिले लोकतान्त्रिक गणतन्त्रतर्फफड्को मार्नेछ । राजतन्त्रले आफूलाई बचाउन अब जनताको प्रत्यक्ष सहयोग पाउने सम्भावना छैन । यसैले, पर्दापछाडिबाट जातीय हिंसा गराएर मुलुकको लोकतान्त्रिक गणतन्त्रतर्फो यात्रा रोक्न दरबारले यस्तो षड्यन्त्र गरेको कुरालाई इन्कार गर्न सकिँदैन । पहाडी, मधिशे र मुसलमान जातिका जे-जस्ता व्यक्तिहरूको प्रत्यक्ष संलग्नता यो दंगामा देखियो, त्यसले पनि यही कुराको पुष्टि गर्छ ।

भारत छोड्ने बेलामा ब्रिटिसहरूले बदलाबाट प्रेरित भई मुस्लिम र हिन्दूबीच जातीय दंगा गराएर सिंगो मुलुकलाई विभाजन गरे । तर, नेपालको दरबार ब्रिटिसहरूझैँ प्रस्तुत हुनु दुःखलाग्दो कुरा हो । ब्रिटिसहरूलाई भारतप्रति माया नहुनु त्यति अस्वाभाविक होइन । तर, शाहवंशीय राजाहरू त नेपालका नागरिक पनि हुन् । राष्ट्रिय एकता र अखण्डताविरुद्ध भएको यस्तो कार्यले उनीहरूको कथित राष्ट्रवाद देखाउने दाँतमात्र हो भन्ने पुष्टि गरिदिएको छ । हुन त नेपालको राजतन्त्रले जाति-जातिबीच विभाजन गरेर त्यसको समाधान आफूबाट मात्र हुने भ्रम दिएर शासन गर्दै आएको कटुसत्य कसैबाट छिपेको छैन । बाहुन-क्षेत्री र जनजातिबीच, पहाडे र मधिशेबीच, हिन्दू र मुस्लिमबीच जातीय द्वेषको बीउ रोप्ने कार्य दरबारले नै गर्दै आएको हो ।

मरणासन्न अवस्थामा पुगिसकेको दरबारलाई नेपालगञ्जको दुर्भाग्यपूर्ण घटनामा खेल्ने मौका कसरी, कसले दियो भन्ने कुराको पनि खोजबिन आवश्यक छ । जनताले विश्वास गरेका सात दल र माओवादीले दरबारलाई विध्वंश मच्चाउनबाट किन रोक्न सकेन, त्यस पक्षमा पनि विश्लेषण हुन आवश्यक छ । अहिले मुलुकको राजनीति अति संवेदनशील अवस्थाबाट गुज्रिरहेको छ । सामान्य घटनाले पनि मुलुकको राजनीतिमा गम्भीर असर पार्न सक्छ । सद्भावना गैरजिम्मेवार पार्टीहोइन ।

दोस्रो ऐतिहासिक जनआन्दोलनमा लडेर सत्तारूढ भएको पार्टीहो । जुन पार्टीको काँधमा दोस्रो ऐतिहासिक जनअँन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्ने गम्भीर जिम्मेवारी छ, त्यसले आफैँले हस्ताक्षर गरेको अन्तरिम संविधानको विरुद्धमा जातीय हिंसा भड्काउन सक्ने मधेश बन्द गर्नु कति उपयुक्त थियो ? यो पार्टीका नेताहरूले आत्मसमीक्षा गरेर जनतालाई सुसूचित गराउनुपर्छ ।

सामन्ती शासनकालमा मधेश ठगिएको छ । मधिशेप्रति दोस्रो दर्जाको व्यवहार हुँदै आएको छ । मधेशले पनि अन्य क्षेत्रझैँ समान व्यवहार र अवसर पाउनुपर्ने, अन्य जातिले झैँ सम्मानित नागरिकको रूपमा बाँच्न पाउनुपर्ने मधिशेको न्यायोचित आवाजलाई सबैले कदर गर्नर्ुपर्छ । यसको मतलब समस्या मधेश र मधिशेको मात्र होइन । मधेशझैँ क्षेत्रीय रूपमा सुदूरपश्चिम पनि ठगिएको छ । मधिशेझैँ अन्य जनजाति पनि राज्यबाट ठगिएका छन् । महिला, दलित, उत्पीडित जाति र निम्न वर्गको समस्या कम जटिल छैन । हिमाल, पहाड र मधेश, जहाँका हुन्, उनीहरूको समस्या उस्तै छन् । यी सबै समस्याहरू राष्ट्रिय समस्या हुन् । यिनीहरूको समाधान गरिनुपर्छ । तर, मधेशी र पहाडियाको नाममा जातीय घृणा, द्वेष, द्वन्द्व र हिंसा गराउनुलाई कुनै हालतमा उपयुक्त भन्न सकिँदैन । दोस्रो ऐतिहासिक जनआन्दोलनले मधेश र मधिशेलगायत सबैका समस्याहरू समाधान गर्ने मार्ग प्रशस्त गरेको छ । यो प्रक्रियालाई नै अवरुद्ध पार्ने काम जोसुकैबाट भए पनि प्रतिगमनलाई नै सहयोग पुर्याउनेछन् । यसतर्फमधिशे नेताको ध्यान जानु आवश्यक छ । ०

source::http://www.kathmandutodaynews.com/print_friendly.php?artid=1558

Advertisements

Entry filed under: Articles.

Book Review::Regionalism and National Unity in Nepal Interview with Sarita Giri

5 Comments Add your own

  • 1. sunil kumar shah  |  January 10, 2007 at 1:43 pm

    Thanks forvthe recent article really i fell glad when i read this and i forward this article to allof my madhesi friends of UK .
    thanks again
    Sunil Kumar shah
    Harrow London

  • 2. Subhash Shah  |  January 10, 2007 at 4:16 pm

    Mr Karki ,
    Your article is good , tara tapain lai nepali byakaran sanga ramro parichaya cha jasto lagena,
    dosro haraf ko dosro line ko tesro sabda arthat madhise le tarai ko manche lai grhina ko rup le hereko cha. for your kind information it is pronounced as madheshi and not madhise its tatally unbearable for a swabhiman mithila putra. so before you write any article on madhesis do make sure you really know the grammar.

  • 3. Subhash Shah  |  January 10, 2007 at 4:23 pm

    yes again Mr karki
    tapain jasto pahade haru jasle hamilai shabdai ma hepiraheko cha le hamro lagi aawaz uthauna hami aawashyak thandainau.
    first u need to learn madheshi not madhise, just think how would you feel when you are called korne bahadure or karke
    then only write ur articles on the topic of madhesh
    good bye

  • 4. ajeet aman verma  |  January 11, 2007 at 1:07 pm

    subhash sahji
    I m fully agree with u. Youth of Madhesh r not only spectators of game but now want to be a part of it.
    jai madhesh

  • 5. Sambhu Sah  |  January 11, 2007 at 2:41 pm

    I agree with Subash Ji, ask that Khasiya kshetri or historic Sharki, are the Madhesi madise/dhoti why not nepali?

    And ask him why haven’t the government able to take step on the culprit?
    Isn’t it true that these people are trying to create fear to the son of Great Tirhut armies(Mithila) bing failed to take control on JTMM in eastern and mid terai, but now it is something like “MARTA KYA NAHI KARTA”.

    Jai Madhes and Madhesi.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 48 other followers


%d bloggers like this: