महेन्द्रवादी चश्माले वास्तविक मधेश देख्दैन – भरतविमल यादव

January 13, 2007 at 5:29 am 7 comments

‘महेन्द्रवादी चश्माले वास्तविक मधेश देख्दैन’
आनन्द पी र्राई
सरकारी जागिरे भए पनि धेरै अघिदेखि राजनीतिमा चासो भएकोले म २०४६ को जनआन्दोलनमा पनि सहभागी थिएँ । २०४७ सालमा कपिलवस्तुमा हुँदा डीएफओ पदबाट राजीनामा दिएर सद्भावना पार्टीतर्फ् प्रत्यक्ष राजनीतिमा आएको हुँ । – भरतविमल यादव<br> उपाध्यक्ष, नेसपा (आनन्दीदेवी)
जागिर छाडेर राजनीतिमा आएको कति भयो ?

सरकारी जागिरे भए पनि धेरै अघिदेखि राजनीतिमा चासो भएकोले म २०४६ को जनआन्दोलनमा पनि सहभागी थिएँ । २०४७ सालमा कपिलवस्तुमा हुँदा डीएफओ पदबाट राजीनामा दिएर सद्भावना पार्टीतर्फ् प्रत्यक्ष राजनीतिमा आएको हुँ । मधेश र मधेशीप्रति दुई सय ३८ वर्षेखि पृथ्वीनारायण शाहको शासन व्यवस्थाले जुन व्यवहार गर्यो, त्यसैले मलाई राजनीतिमा तानेको हो ।

१८ असोज २०५९ पछि त काठमाडौंको राजनीतिको केन्द्रमै रहनुभयो । अहिले आन्दोलन सफल भएपछि कस्तो लागिरहेको छ ?

मैले अघि नै भनेँ- पृथ्वीनारायणकै पालादेखि स्थापित काठमाडौंको विभेदकारी नीतिका कारण म राजनीतिमा आएको हुँ । परिस्थितिअनुसार भूमिका खेल्ने प्रयास भयो । अहिले जनआन्दोलनको सफलतापछिको भूमिकालाई कसरी प्रभावकारी ढंगले निर्वाह गर्ने भन्नेमा छ, हाम्रो पार्टीले जनआन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्दै निर्णयहरू कार्यान्वयन गर्ने कामलाई हामीले उत्तिकै चुनौतीपूर्ण ठोनेका छौँ ।

साम्प्रदायिकताको आरोपसमेत लाग्ने गरेको एउटा क्षेत्रीय पार्टीभए पनि तपाईंहरूले लोकतान्त्रिक लडाइँमा ठूलठूला ‘राष्ट्रवादी’ हरूलाई पराजित गरिदिनुभयो, हगि ?

हो । हामीले काठमाडौंका स्वघोषित राष्ट्रवादीहरूलाई गलत साबित गरिदिएका छौँ । उनीहरूको असलियत देखाउन सफल भएका छौँ । यो सम्पूर्ण देशभक्त मधेशीको जित हो । स्वाभिमानी नेपालीको जित हो । नेपालमा राष्ट्रवादी सोच नराख्नेले नै मधेशलाई वर्षौसम्म साम्प्रदायिक भनिरहे । तर, हामी कहिल्यै पनि कुनै पनि अर्थमा साम्प्रदायिक छैनौँ । मधेश र मधेशी जनताप्रति काठमाडौंको सत्ता जहिले पनि साम्प्रदायिक रह्यो र हामीमाथि अपमान थुपारिरहेको छ । यो क्रम दुई सय ३८ वर्षेखि चल्यो, जसलाई हामीले भर्खरै पराजित गरेका छौँ । नेपाल सद्भावना पार्टीखरो उत्रिसकेको छ । मधेशलाई अब कसैले पनि महेन्द्रवादी चश्माले हेर्न मिल्दैन । किनभने त्यसले मधेशको वास्तविकता नै देख्न सक्दैन ।

तपाईंहरू हिन्दी भाषाको वकालत गर्नुहुन्छ नि !

म तपाईंलाई स्पष्ट भनौँ- हामी नेपाली भाषालाई अपहेलना गर्न सक्तैनौँ । तर, जसरी पहाडका विभिन्न भाषाभाषीको सर्म्पर्क भाषा नेपाली हो, त्यसरी नै मधेशका मैथिली, भोजपुरी, अवधी, थारू आदिको साझा भाषा हिन्दी हो । त्यसकारण, हिन्दीले पनि नेपालीले जस्तै सर्म्पर्क भाषाको मान्यता पाउनुपर्छ भन्ने हाम्रँे धारणा हो । त्यही भएर अहिले देशमा बोलिने सबै मातृभाषालाई अन्तरिम संविधानले राष्ट्रभाषा मानेर स्थानीयस्तरमा प्रयोगको मान्यता दिएको छ ।

तपाईंहरू मिथिलाञ्चलबाट आएर संसदमा हिन्दीको कुरा गर्नुहुन्छ । यो अनौठो होइन ?

हिन्दी भनेको भारतीय भाषामात्र होइन । नेपाली भाषा पनि भारतको राष्ट्रिय भाषामा सूचीकृत भइसकेको छ । भारतको भावना पनि यस्तै संकुचित भइदिएको भए नेपाली भाषा सूचीकृत हुने थिएन होला । यहाँ भारतको विरोध गर्नु नेपालको राष्ट्रवाद हो भन्ने मानसिकता छ, जुन दुर्भाग्यपूर्ण छ । जनआन्दोलन र वर्तमान शान्ति प्रक्रियामा भारतले ठूलो सहयोग पुर्यायो भनेर प्रचण्डले नै भनिरहनुभएको छ । भारतको विरोध नेपाली राष्ट्रवाद हो भन्ने सोच अब हामीले त्याग्नुपर्छ ।

हेर्नुस्, हाम्रो पार्टी पनि थारू, राजवंशी, भोजपुरी, अवधी आदि मधेशी छन् । ती साथीहरूसँग मैले हिन्दी बोल्नैपर्छ । देशभरिका मधेशीबीच हिन्दी भाषालाई सर्म्पर्क भाषाको रूपमा प्रयोग गर्नु हाम्रो बाध्यता हो । मैले नेपालीमा बोल्दा मेरी श्रीमतीले नै बुझ्दिनन् भने अरूलाई कसरी बुझाउने – त्यसकारण पनि हिन्दी बोल्नैपर्छ ।

तपाईंहरूले हस्ताक्षर गरेको अन्तरिम संविधानले सबै नेपालीको भावना समेटेन भनिदैछ नि !

मैले पनि तीन बुँदामा लिखित असहमति जनाएँ । पहिलो, निर्वाचन पद्धतिको सम्बन्धमा । निर्वाचन पद्धतिमा पनि दुईटा कुरा छन्- एउटा, बहुमतीय प्रणाली र अर्को समानुपातिक निर्वाचन प्रणाली । बहुमतीय निर्वाचन प्रणालीअनुसार अहिलेकै निर्वाचन क्षेत्र कायम गरियो । यो निर्वाचन क्षेत्र त्रुटिपूर्ण, अवैज्ञानिक र विभेदकारी छ । यो न समानुपातिक छ, न त भौगोलिक, सांस्कृतिक आधारमा नै । हामी अग्रगमनको कुरा गरिरहेका छौँ । तर, वर्तमान २०५ निर्वाचन क्षेत्र आफैँमा पश्चगामी छ । यसलाई जनसंख्या, भौगोलिक, सांस्कृतिक औचित्यका आधारमा संविधानसभाअघि नै पुनःनिर्धारित गर्नुपर्छ ।

त्यस आधारमा कतिवटा क्षेत्र हुन्छ ?

२०५ वटै राखे पनि हुन्छ । तर, पुनःनिर्धारण गर्नुपर्यो । केही साथीहरू यसलाई संविधानसभा टार्ने बहना पनि भनिरहेका छन् । तर, भरतविमल यादव र नेपाल सद्भावना पार्टीसंविधानसभा बिथोल्ने कलंक लिन चाहँदैन । तपाईंहरू चाहनुहुन्छ भने म विकल्प दिन्छु । यो निर्वाचन क्षेत्रलाई नचलाए नचलाउनुस् । तर, लोकतान्त्रिक मूल्य-मान्यतामा प्रत्येक नेपाली नागरिकको मतको मूल्य बराबर हुनुपर्छ भनेर मान्नुहोस् । पहाड, मधेश, हिमाल सबै ठाउँको प्रत्येक मतको मूल्य बराबर हुनुपर्छ । मनाङको जनसंख्या नौ हजार ८७ छ । त्यसको मत प्रभाव एक हुन्छ भने बाराको एक लाख ४० हजारबाट चुनिनेको मत प्रभाव १४ हुनुपर्छ । एक लाखबाट चुनिनेको मत प्रभाव १० हुन्छ । मत प्रभाव कायम गरिदिएपछि लोकतान्त्रिक पनि हुन्छ ।
अर्को कुरा, जनआन्दोलनको म्यान्डेट पूर्ण लोकतान्त्रिक र समावेशी राज्यव्यवस्था हो । समावेशी राज्यव्यवस्था भनेको संविधानसभाको निर्वाचनमा समानुपातिक सदस्य हुनुपर्यो । राज्यको केन्द्रीकृत ढाँचालाई अन्त्य गर्ने भनेर हामीले कागजमा सैद्धान्तिक प्रतिबद्धता गर्यौँ । अब यो प्रतिबद्धतालाई ऐतिहासिक कार्यान्वयनमा लैजाऔँ भन्ने हाम्रो भनाइ हो ।

अर्को, भूमिसुधारको कुरा छ । भूमिसुधारको पुरानै कानुन अझै पनि मुलुकमा विद्यमान छ । कात्तिक २२ गतेको सम्झौतामा राज्यको निर्देशक सिद्धान्तको रूपमा भूमिसुधार नीति तय गर्ने भनियो । फेरि यसलाई मौलिक हकमा किन ल्याउनुपर्यो ? त्यो पनि सम्पत्तिको हकमा ।

भूमिसुधार गर्दा क्षतिपूर्ति दिइनेछ भन्नुको मतलब के हो ? भूमिमाथि मात्रै किन हदबन्दी ? सम्पत्तिमा किन हदबन्दी नगर्ने ? भ्रष्टाचार, तस्करी, डकैती गरेर जति सम्पत्ति जम्मा गरे पनि हुने, भूमिचाहिँ राख्न नहुने ? यसरी न्याय स्थापित हुन्छ ? हदबन्दी गर्ने हो भने समग्र सम्पत्तिमा गर्नुपर्छ । विभेदकारी हुनु हुँदैन । कि त भूमिलाई सम्पत्ति नै होइन भन्नुपर्यो ।

तर्राईको भूमि लिएर पहाडबाट मान्छे ल्याएर बसाउने महेन्द्रवादी नीति अब छोड्नुपर्छ । यो षड्यन्त्र हो । अर्को कुरा, राज्यको पुनःसंरचना गरेर अगाडि बढ्ने भनेपछि संघात्मक ढाँचामा जानैपर्छ । भूमि भनेको संघात्मक राज्यव्यवस्था अर्न्तर्गतको संघीय क्षेत्रको अधिकारको कुरा हो । मौद्रिक, रक्षा र परराष्ट्रनीति मात्रै केन्द्रसँग हुनुपर्छ ।

सद्भावनालाई राम्रो लागेका पक्षहरूचाहिँ के-के हुन् ?

असहमतिका बाबजुद पनि मैले अन्तरिम संविधानमा हस्ताक्षर गरेको छु । भूमिसुधार, निर्वाचन प्रणाली र राज्य पुनःसंरचनाबाहेकका कुरामा यो संविधानलाई मैले ग्रहण गरेको छु । यो संविधानमा धेरै राम्रा विशेषताहरू पनि छन् । दुई सय ३८ वर्षेखिको संर्घषलाई यसले पूर्ति गरेको छ । अन्तरिम संविधानले र्सार्वभौमसत्ता, राजकीय सत्ता जनतामा निहित छ भनेर स्थापित गरेको छ । संविधानसभाबाट यो संस्थागत हुनेछ ।

यसको अर्को विशेषता पूर्ण लोकतन्त्र हो । राजाबारे संविधानसभाको पहिलो बैठकले निर्णयगर्नेछ । त्यतिबेलासम्मका लागि यो राजालाई देशले भत्तामात्रै खुवाउँछ ।

हाम्रो प्रमुख माग समानुपातिक र समावेशी सिद्धान्तको आधारमा राज्यको पुनःसंरचना हुनुपर्छ भन्ने हो । यो देशमा अब त सामाजिक न्याय हुनुपर्यो नि म्†राज्य संरचनामा सबैको सहभागिता हुनुपर्यो । राज्यको सामाजिक न्यायको हकलाई अन्तरिम संविधानले स्थापित गरेको छ । यसलाई अब हामीले कार्यान्वयनमा हेनुपर्नेछ । कार्यान्वयन भएन भने न्यायपूर्ण संर्घषको बाटो खुला छ ।

कार्यान्वयन नहुने सम्भावना छ ?

राजनीति विश्वाससँग जोडिएको कुरा हो । अविश्वास र विश्वासघात व्यक्तिगत कुरा हुन् । आठ दलका कुनै नेताले धोका दिए वा विश्वासघाती बन्दैमा स्थापित भइसकेको सिद्धान्त हराउँदैन । जनता त्यहीँ हुन्छन् ।

नागरिकता विधेयक विवादमा राज्य उदार हुनुपर्छ भन्ने र नेपालमा नेपाली नै अल्पमतमा पर्छन् भन्ने दुईटा विचार देखियो । यसमा तपाईंको भनाइ के छ ?

नागरिकता विधेयकका सम्बन्धमा यसपटक नेताहरूले उदार राष्ट्रवादी चिन्तन लिए । प्रत्येक नेपाली यो देशका सच्चा नागरिक हुन् भन्ने सोच राख्नु नै राष्ट्रवादी सोच हो । यही चिन्तनले विधेयक आयो र अन्तरिम संविधानमा पनि राखियो । यसमा सबै दलका नेता धन्यवादका पात्र छन् ।

नागरिकता ऐन, नियमावाली जुन किसिमले आएको छ र अन्तरिम संविधानमा नागरिकतासम्बन्धी जुन व्यवस्था गरिएको छ, यसको कार्यान्वयनमा इमानदारी भयो भने अब नेपालमा नागरिकता समस्या समाधान हुन्छ । भोलि कार्यान्वयन पक्षमा बेइमानी हुँदैन भनेर मान्ने हो भने सैद्धान्तिक पक्ष समाधानतिर अग्रसर भइसकेको छ । जहाँसम्म नेपाली नै अल्पमतमा पर्छन् भन्ने जुन कुरा छ, त्यस्तो चिन्ता गर्नेहरूले दुरुपयोग रोक्ने अथवा गलत मान्छेलाई रोक्ने उपायहरू सुझाइरहेका छैनन् । उनीहरूको असली चिन्ता अर्कै हो ।

मधेशमा नागरिकताविहीन नेपालीहरूको वास्तविक संख्या कति छ ?

हामीले भन्दै आएको ४० लाख हो । सरकारले बनाएका समितिहरूको प्रतिवेदनले ३२ लाख देखाए । अहिले केही प्रतिशत बढेको हुनुपर्छ । त्यसैले, ठीक तथ्यांकका लागि हामीले जनगणना गर्नुपर्छ भनेका छौँ । त्यो नभएसम्म वास्तविक संख्या भन्न सकिँदैन ।

चालीस लाख भनेको ठूलो संख्या भयो नि !

संख्या त निश्चित रूपमा ठूलो हो । ठूलो भए पनि कार्यान्वयन पक्षमा बेइमानी भएन भने यसमा समय लाग्दैन । नागरिकता वितरण टोली गाउँ-गाउँमा पठाउने गरियो भने समस्या हुँदैन । यसले संविधानसभाको चुनावलाई प्रभावित पार्ने छैन ।

अहिले चलेको राष्ट्रगान विवादमा तपाईंको भनाइ के छ ?

म भाषाविद्, संस्कृतिविद् होइन । समग्र राष्ट्रको भावनालाई प्रतिनिधित्व गर्ने खालको राष्ट्रगान हुनुपर्छ भन्ने छ । हाम्रो विविधतालाई समेट्ने राष्ट्रिय भावनाले ओतप्रोत भएको हुनुपर्छ ।

source::http://www.kathmandutodaynews.com/articles.php?mode=SA&catid=583&artid=1521

Advertisements

Entry filed under: Articles.

Government wants Maoist to finish-off Madheshi Historical:: The Sen Kingdoms

7 Comments Add your own

  • 1. Sambhu Sah  |  January 13, 2007 at 10:41 am

    Dear Vimal Ji,
    The interview you have given is quite impressive and touches the heart of loyal Madhesi.
    But i don’t think we can get the right that every madhesi wants just by oral conversation. I think we need to do someting else.

    O.k i have a question for you is why there isn’t a single madhesi in the list of ambassadors that was listed by Girja babu?
    Hope i’ll get the answer!!!!!!!!!!!!!!

    Jai Madhes and Madhesi.

  • 2. BN Yadav  |  January 13, 2007 at 2:27 pm

    Dear Bharat Bimal ji
    I am a person who has been talking exactly the same what you have discussed above. Since 1980 I had been advocating Honourable late Shree Gajendra Narayan Singh but we could achieve nothing significant in such a long time. But you can learn from the Maoist who achieved their goal in few years. Dou you know how and why ? Please come forward just don’t talk but do the need ful at earliest.

  • 3. subhash shah  |  January 14, 2007 at 12:24 am

    mr bharat vimal yadav ji
    your words do really signify ur heart devoted towards the madhesis, but i am surprised how when all the leaders of other parties are being interviewed by pahadia bahun and chhetris, why not you? This clearly shows the clear picture of pahadia managed media directly trying not to encourage madhesis to stand for their rights.

  • 4. Sambhu Sah  |  January 14, 2007 at 3:19 pm

    I am pretty much influenced BN Yadav ji (Specially)and Subhash ji too. So i hope small comment by Yadav ji should be quite a good lesson for Bimal ji.

    Jai Madhes and Madhesi.

  • 5. B.Yadav  |  January 16, 2007 at 9:20 am

    Dear B.V. Yadav Ji,

    Thanks for you efforts tlll date. However, Pahades won’t easily discontinue granting and availing PRIVILEGES being enjoyed by them for years.It is as true as The Sun dawning few hours after dusk everyday.
    Now, the only way out seems to be giving a time-bound last chance to the Pahades politicians and administrators to come openly to frame policies for comprehensive inclusion of Madhesis in the power frame work of the country. Non-response within the defined period will compel Madhesis for struggle with the responsible establishment and blockage of ways passing through Madhes.
    Think over it otherwise Madhesis will start thinking over opbjectives and purposes of various Madhesis organizations.

    Regards,

    B Yadav

  • 6. SBShrestha  |  January 19, 2007 at 11:49 pm

    Dear Yadav Jee,
    Thanks for nice insight in existing problem. It is really difficult to convince people who are hell bent in promoting “one language and one culture” system in the country. You are right that Hindi can be a connecting language in Madhesh because of linguistic simplicity, linguistic similarity and ease of use. There is no point in objecting to use of Hindi in Nepal. Moreover, It is our double standard that we prefer not to speak Hindi.

    Regarding issue of Nationalism, you are right that it is right time to do away with Mandale nationalism propounded by Mahendra.

  • 7. US Madeshi  |  January 20, 2007 at 3:49 am

    First of all, I would like to thank the team of “Medishi.com” that they are doing really fantastic job to bring insight and feeling of madeshis, contrary to Pahadiya’s cruelties, amusement over Madeshi. Thank you guys, Keep it up!
    I am full agree with BN Yadav’s claims and BV Yadav and Shrestha arguments. Pahadiyas have enjoyed their lust over madeshi’s hardwork. While we are ready to take over, they are going tobe suffer from withdrawa; syndromes. They will not give up in easy way what BN Yadav and Shrestha ji are thinking. They are thye junk piece of equipment, living under the virsual sharper shadow of nonsense politicians ( mostly pahadiyas).
    I would like to remind again, ”WAS NOT THER ANY ELIGIBLE MADESHI TO BE AN AMBASSASDOR? ” WHAT ARE THEIR QUALIFICATION TO QUALIFY FOR AMBASSADOR?”
    We all know that they are sucking our blood like leeches. I would call them, ther are leeches. Some of madeshis are also have licked the free blood of madeshis, supporting those leeches. just be carefull of those. I pray to the God for our success. We are united. We madeshi need to be unite regarless of their saying. we need our right. We do need our right. We have capability to be an diplomate, or an ambassador or an fedral official. Thanks

    Madeshi Jindabad.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 46 other followers


%d bloggers like this: