डा.महासेठको अवरुद्ध गला र ज्वाला सिंहको बम

January 16, 2007 at 6:21 am 1 comment

डा.महासेठको अवरुद्ध गला र ज्वाला सिंहको बम

कुन्दन अर्याल

 नेपालगन्जको घटनाले हाम्रो आंखा खुलेको छैन भने हामी भविष्यमा अझ ठूला दुर्घटना बेहोर्न बाध्य हुनेछौं। लोकतन्त्रको बहालीसंगै देशव्यापी रुपमा विगतका अनेकौं विसंगतिहरुका विरुद्ध जागरणको लहर चलेको जागरणको यो लहरले सबै समुदाय संस्कृतिलाई छोएको यतिखेर मधेसमा पनि पहिचान सम्मानको मागसहित जागरणको नयां लहर छाएको तर, मधेसीहरुले सय ३८ वर्षेदेखिको शोषण वञ्चित गरिएको अवस्थाबाट मुक्ति पाउनुपर्छ भन्ने जायज माग तराई जनतान्त्रिक मोर्चाहरुको अन्धो आक्रोशका कारण ओझेलमा पर्ने खतरा बढेको  यो देशमा मधेसी समुदायको पनि स्वामित्व स्पष्ट पहिचान हुनुपर्छ भन्नु पहाडे समुदायविरुद्ध अभिमत व्यक्त गर्नु होइन पहाडे मधेसी समुदायबीचको सौहार्द्र अन्तरसम्बन्धबाट मात्र यो देशको राष्ट्रियता मजबुत हुन सक्दछ एउटा समुदायको भाषासंस्कृतिलाई मात्र नेपाली राष्ट्रियताको द्योतक ठान्ने शाही राष्ट्रवादप्रति असहमति जाहेर गर्ने हामी सबै मधेसी समुदायमाथि विगतमा गरिएको अन्यायका साक्षी छौं त्यसैले अब नयां नेपालको निर्माण गर्ने नै हो भने विगतका अन्यायपूर्ण परिपाटीको पूर्णतः अन्त्य गरिनु पर्दछ   हामी बहुसंख्यक नेपाली पुरानो राज्यसत्ताले यस देशका जाति, जनजाति, दलित मधेसी समुदायउपर लामो समयसम्म गरेको शोषण दमनलाई अबको नेपालमा दोहरिन नदिने प्रण गरिरहेका छौं तर, मधेसी पहाडे समुदायबीचको सम्बन्ध गएको साता नेपालगन्जमा जुन ढंगले हिंसात्मक हुन पुग्यो, त्यसबाट दुवै समुदायका साम्प्रदायिक सद्भावका पक्षपातीहरुको मनमा चिसो पसेको नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) ले अघिल्लो दिन गरेको बन्दको विरोध गर्ने नाममा जसरी तोडफोड सुरु गरियो जसरी प्रहरी प्रशासन गुण्डागर्दीको मुकदर्शक बन्यो, त्यसको निष्पक्ष छानबिन हुनैपर्दछ अन्यथा, त्यहां भएको घटना भविष्यमा विस्फोट हुन सक्ने टाइम बम सावित हुन सक्दछ  नेपालगन्जमा देखिएको तथाकथित पहाडे उच्चताको अहंकार वा सिराहा, सप्तरीमा प्रदर्शन भइरहेको तराई जनतान्त्रिक मोर्चाको अन्धो आक्रोश दुवै चिन्ताका विषय हुन् पहाडे संस्कृतिको उच्चताको अहंकारले विगतमा मधेसलाई आन्तरिक उपनिवेश बनाएको कुरा आज उठ्नु अत्यन्त स्वाभाविक निरंकुशतन्त्रमा दबिएर रहेका सवालहरु लोकतन्त्रमा उजागर हुन्छन् नै सेना, प्रहरी निजामती सेवामा मधेसी समुदायका निम्ति ढोका बन्द गरिएको कुरा अहिले उठ्नै पथ्र्यो, उठिरहेको नेपाली राष्ट्रियतालाई बलियो बनाउन अबको नेपालमा कुनै जाति विशेष मात्र शासक वर्गका रुपमा रहिरहनु हुंदैन भन्ने आवाज अहिले नउठे कहिले उठ्छलामो समयदेखि मधेसी समुदायलाई नागरिकता प्रमाणपत्रको सवालमा दिइंदै गरेको यन्त्रणाको सवाल अहिले नउठे कहिले उठ्छयी सवालहरु ठीक समयमै उठिरहेका छन् हामी लोकतन्त्रका पक्षपाती मधेसी वा पहाडे सबैको आजसम्मको समय नागरिक तथा राजनीतिक अधिकारहरुको प्राप्तिकै लडाइंमा खर्च भयो अहिले लोकतन्त्र बहालीपछिको अवस्थामा यस्ता सामाजिक सांस्कृतिक अनि आर्थिक सवालहरु उठ्नैपर्दछ त्यसैले नेपाल राष्ट्रको स्वामित्व कसरी मधेसी समुदायमा पनि हस्तान्तरण गर्ने भन्ने सवाल अत्यन्त ज्वलन्त जायज  यो यस्तो सवाल हो, जसको आजको समयमा सम्बोधन हुन सकेन भने हामी दीर्घकालीन शान्तिको कामना गर्न सक्दैनौं आज नेपाली कांग्रेसदेखि एमाले माओवादीसम्मका मधेसी राजनीतिक व्यक्तित्वहरुको एउटै निचोड , लोकतन्त्रमा पनि मधेसले ठाउं पाएन उनी‌हरु भनिरहेका छन्संविधानसभाको निर्वाचनलाई सार्थक बनाउने हो भने निर्वाचन प्रणालीमा परिवर्तन हुनैपर्दछ उनीहरु जनसंख्याका आधारमा प्रनिनिधित्व खोजिरहेका छन्  तर, तराई जनतान्त्रिक मोर्चाका नाममा हतियारधारीहरुद्वारा आज तराईका केही जिल्लाहरुमा मच्याइंदै गरेको उधुमले मधेसका समस्याहरुलाई पाखा लगाउंदै मधेसको आक्रोश मात्र मुखरित गरिरहेको समस्या संवादबाट समाधान हुन्छ भन्ने हामी मधेसी वा पहाडे सबैका निम्ति चिन्ताको विषय के भने अन्धो आक्रोशले संवाद समस्याउपरको छलफलमा व्यवधान उत्पन्न गर्दछ आजको हाम्रो अन्तरिम समयमा कुनै पनि किसिमको व्यवधान हिजोका निरंकुशताका पृष्ठपोषकहरुका निम्ति अवसर बन्ने कुरामा शंका छैन्। सानो निहुंलाई पनि पहाडे अहंकारवादका बाहकहरु कसरी अवसर ठानेर छोप्न अग्रसर हुन्छन् भन्ने तथ्य नेपालगन्जको घटनाबाट पनि घामझैं छलाङ्ग भएको निरंकुशताका पृष्ठपोषकहरुले कसलाई कसरीकसरी प्रयोग गरी पहाडे सर्वोच्चताको मन्त्र पढाएर नेपालगन्जमा उधुम मच्याए, गहिरो छानबिन भए अवश्य थाहा हुनेछ  

कसैले भन्योचिसापानीमा मेडिकल कलेज चलाएर विद्या दान गरिरहेका डा. जीतेन्द्र महासेठले हिंसाको आगो सल्किरहेको कठिन घडीमा काठमाडौमा गला अवरुद्ध पार्दै फोन गरेर भने आज मेरै देशमा शरणार्थी हुन पुगेको छु राजाको पञ्चायतले ०४२ सालको बमकाण्डको छानबिन गर्ने नाममा अत्यन्त कठोर यातना दिएको थियो डा. महासेठलाई विशेषतः मधेसी समुदायका प्रतिभाशाली व्यक्तित्वहरुलाई त्यसबेला अत्यन्त सताइएको थियो आज पनि उनी त्यस्तै पञ्चायतकालीन आतंकको घेरामा बांच्न बाध्य छन् भने लोकतन्त्र कसका लागिसबै पार्टी पहाडे राजनीतिकर्मीहरुले यस प्रश्नको उत्तर खोज्नुपर्दछ अनि, मधेसका राजनेताहरुले ज्वाला सिंहका गोलाबारुदको आवाजका बीचमा आममधेसीहरुको आवाजलाई हराउन दिनुहुंदैन। तर, यस सर्न्दर्भमा उल्लेख गर्नैपर्ने कुरा के भने त्यसका निम्ति प्रथमतः राज्यले उपयुक्त वातावरणको सिर्जना गर्न सक्नुपर्दछ

source::http://www.inseconline.org/Nepali/dateline.php

Advertisements

Entry filed under: Articles.

Historical:: The Sen Kingdoms Tarai violence

1 Comment Add your own

  • 1. Sambhu Sah  |  January 16, 2007 at 2:39 pm

    The article seems quite mature in written form. But do you think we, the Madhesi can believe you Khasiya Bramhin and Kshetri (Pahadi).
    You people are very similar like of elepahant showing one teeth, chewing by different teeth. So for us Jwala Singh is like HERO!!!!!!!!!!!!!

    Jai Madhesh and Madhesi.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 49 other followers


%d bloggers like this: