नेपालगन्ज काण्डका महत्त्वपूर्ण पाटा

January 18, 2007 at 4:38 am 3 comments

नेपालगन्ज काण्डका महत्त्वपूर्ण पाटा

भास्कर गौतम

नेपालमा वास्तवमै लोकतान्त्रिक सरकार हुन्थ्यो, नेपालगन्ज घटनापछि प्रमुख जिल्ला अधिकारी तिलकराम पौडेल, डीएसपी प्रमोद खरेल, एसपी रमेशकुमार भण्डारीले तत्काल राजिनामा दिन्थे । सके गृहमन्त्री कृष्ण सिटौलाले पनि राजिनामा दिन्थे । होइन संक्रमणकालमा भइपरिआउने नेपालगन्जभन्दा पनि वीभत्स र कहालीलाग्दा स्थिति सम्हाल्दै संविधानसभाको चुनाव गराउने कर्तव्यबाट विमुख हुन उनी चाहँदैन थिए भने कम्तीमा उनी लगत्तै नेपालगन्ज जान्थे । स्थितिको तत्कालै अवलोकन गरेर प्रत्यक्ष प्रसारणमार्फत आफ्नो इमान र आत्मा जलिरहेको नेपालगन्जवासीको नाममा महत्त्वपूर्ण सन्देश दिन्थे । तर वैशाख ११ पछि नागरिकको सबैभन्दा बढी विश्वास कमाएका गृहमन्त्रीले यस्तो केही गरेनन् । तमाम मन्त्रीहरूले गर्दै आएकै ढर्रामा एउटा छानबिन समिति गठन गरे । जसले हप्ता-दुई हप्तामा एउटा प्रतिवेदन दिनेछ । सके त्यसमा सिटौलाले विचार गर्नेछन् वा त्यो प्रतिवेदन कार्यान्वयन गर्न योग्य छ कि छैन भनेर अर्को समिति बनाइनेछ । त्यसपछि न प्रमुख जिल्ला अधिकारीमाथि कारबाही हुनेछ र उच्च सुरक्षा अधिकृतहरू नै निलम्बित हुनेछन् ।नागरिकलाई तिरस्कार गरिरहने, नागरिकको हकअधिकार र सुरक्षालाई कुनै महत्त्व नदिने, पदीय व्यक्तिहरूले कुनै जिम्मेवारी बहन नगर्ने तथा कुनै उत्तरदायित्व बोध नै नभएको कस्तो लोकतान्त्रिक सरकार हो यो, जसको कार्यशैली कमल थापा र ज्ञानेन्द्रहरूको जस्तै छ । जुन सरकार आए पनि अवस्था बेग्लै सोच उही, मान्यता बेग्लै चिन्तन उही, प्रक्रिया बेग्लै हठ उही । यो कस्तो नियति नेपाली नागरिकको जहाँ धर्मनिरपेक्ष एवं जातीय भेदभावरहित नयाँ नेपाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त भइरहे पनि धार्मिक असहिष्णुता र जातीय भेदभाव गहिरिँदै छन् । अझ मुखरित र व्यापक भइरहेछन् । नेपालगन्ज जलिरहेको बेला के राज्यले दोहोर्‍याइरहने यी नाराहरू खोक्रो प्रतिबद्धता र तात्विक अर्थ नबोकेका गुञ्जनमात्र थिएनन् । राज्यको आडमा अकल्पनीय लुटपाट र आतङ्क मच्चाइरहँदा जनआन्दोलनताका राजाको सालिकलाई सगर्व ढालेर आफैंले स्थापित गरेको सरकारले उनीहरूमाथि गरेको नृशंस व्यवहारलाई नेपालगन्जवासीले कसरी लिए होलान् ? सरकारका यी कर्तुतलाई पत्याएका होलान् ? के सरकारको व्यवहार र कार्यशैलीले दिन सक्छ, उनीहरूको आत्मामा लागेको चोटको उत्तर ?  

नागरिकलाई कमजोर बनाउने, साम्प्रदायिक र धार्मिक पर्खाललाई गहिरो बनाउने ज्ञानेन्द्र सत्ताको कामकारबाही र नेपाल सरकारबीचको भिन्नता नेपालगन्जवासीले खोजिरहेछन् । तर उनीहरूले एकातिर  शाही सरकार आफैंले प्रतिबद्धता जनाएको “बहुदलीय प्रतिस्पर्धा र प्रजातन्त्र” लाई गल्हत्याएको स्थिति पाए भने अर्कोतिर लोकतान्त्रिक भनिने सरकारले गुण्डा र मवालीहरूलाई पुलिस प्रशासनको सहारामा राज्यकै संरक्षण प्रदान गरेर देशकै

ठूलो जातीय आतङ्क मच्चाएको स्थिति भोगे ।

दुई दिनसम्म नेपालगन्ज जलिरह्यो । सम्पत्ति लुटिए । भनिन्छ, पुलिसद्वारा कमल गिरी -मधेसी) को हत्या गरियो । सडकमा ५०/१०० जनाको हुलले पसल र मानिसको जीविकाका आधारमात्र जलाएनन्, मधेसीहरूको इमान जलाए । स्वाभिमानलाई नङ्ग्याए । साथै पहाडीको संरक्षणमा मधेसीको इमानलाई लिलाम गरिरहँदा राज्यले गुण्डागर्दीको रक्षा गरिरहेको नाङ्गो तमासा हेर्न मधेसीहरू विवश भए ।  साम्प्रदायिक सुरक्षा प्रदान गर्न र सहरलाई खरानी हुन्जेलसम्म जलाउन नेपाल सरकारको पुलिस प्रशासनले खुलेआम सघाएको दृश्य प्रत्येक नेपालगन्जवासीको मानसपटलमा नाचिरहेको हुनुपर्छ । यस्तो स्थितिमा पनि मधेसीहरूले संयमता गुमाएनन् । तर उनीहरूको यो धैर्यतामाथि पहाडिया राष्ट्रवादले नेपाल विखण्डन हुनसक्ने, साम्प्रदायिक विवादमा फँस्नसक्ने साथै जातीय दङ्गा हुनसक्ने आशंका व्यक्त गरिरहेछ । यद्यपि यस्तो कार्यको स्रोत राज्यसंयन्त्रको पहुँच र पकड भएको समूह आफैं बनिरहेको दृृष्टान्त नेपालगन्ज काण्ड आफैं हो । 

एकपटक ठूलो आतंक र अराजकता मच्चाएपछि त्यसले आफ्नै तरङ्ग, आकार र तर्क ग्रहण

गर्छ । त्यसपछि विस्तारै हामी त्यो किन गरिएका थियौं भनेर खोतल्दैनौं । बरु सकिन्छ भने बिर्संदै जान्छौं । नेपालगन्ज काण्डपछि पनि यस्तै केही भइरहेको बुझिन्छ ।

यसैको तरंगको प्रभावमा स्थितिलाई साम्य बनाउन नेपालगन्जमा सबै जातीय संघ-संगठन र पार्टीहरूको तत्परतामा सद्भाव र्‍याली निकालियो । सम्भावित रक्तपात रोक्न सद्भाव र्‍याली महत्त्वपूर्ण थियो । लगत्तै यो सम्भव हुनुमा अरू समूह र पार्टीसँगै धेरैले माओवादीलाई बढी आभार व्यक्त गरिरहेछन् । धेरै हिसाबले यो अभिव्यक्तिमा राज्यपक्षधरको गैरजिम्मेवारीपन प्रतिविम्बित हुन्छ ।

तथापि नेपालगन्ज काण्डको वस्तुस्थिति र कारण बुझ्ने गहिरो प्रयास आवश्यक छ । नेपाली मिडियाले जातीय दङ्गा भड्किन्छ भन्ने डर र तनावको कारण सके सजहै नेपाल सद्भावना पार्टीलाई ठूलो दोषी ठहर गरेको बुझिन्छ । यो आरोपले कारणको गहिराइमा पुग्न हामीलाई सघाउँदैन र नेपालगन्जबारे लेख्नुपर्ने महत्त्वपूर्ण पाटाहरूमा केही लेखिने छैन । घटनाको स्थिति, आकार र स्तरको तुलनामा नेपाली मिडिया मौनप्रायः रहेको सजहै बुझ्न सकिन्छ । नत्र काण्डपछिको चौतर्फी प्रभावलाई राजनीतिक पूर्वाग्रही नभइकन मानवीय पक्षबाट पनि धेरै लेख्न सकिन्थ्यो । तर त्यस्तो केही देखिएको छैन । यो आर्थिक, राजनीतिक पकड भएको पहाडियाहरू बीचको एकप्रकारको अघोषित एकता हो, जसले कालान्तरदेखि मधेसीलाई शोषित गर्दै आएको छ । जसले शताब्दीयौंदेखि नेपाली समाजमा घटेका यस्ता अनेकौं वीभत्स काण्डको गहिराइसम्म पुग्ने बाटो सहजै ढाकछोप गरेको छ र यथास्थितिवादलाई बचाएको छ ।

नयाँ नेपाल बनाउने अठोट अभिव्यक्त गरिरहेको समयमा नेपाली मिडिया, मानवअधिकारकर्मी, पार्टी र सरकारको कार्यशैलीमा तात्विक भिन्नता वा प्रतिबद्धता केही देखिएको छैन । समानताको गफ सबैले गरिरहे पनि उनीहरूले दिएको एउटै सन्देश पञ्चायती कार्यशैली र नियतको निरन्तरता हो, जहाँ परिवर्तनकामी शक्तिका आवाज र मागलाई निरन्तर दबाइनेछ । यतिमात्र होइन, यथास्थितिलाई अझ बलियो र सशक्त बनाउन हदैसम्म निर्लज्ज संरक्षण प्रदान गर्दै जातीय, भाषिक, लैङ्गकि, धार्मिक, वर्गीय वा सम्पूर्ण नेपाली नागरिकको समान अस्तित्वका लागि लडिरहेका नागरिकविरुद्ध राज्य जाइलाग्न पनि सक्छ भन्ने सन्देश सरकारले दिएको छ । प्रस्टै छ, नेपालगन्ज काण्डलाई जातीय भेदभावको रंग राज्यद्वारा संरक्षित शक्ति र समूहले प्रदान गरेको हो । यही कारण मधेसी वा मधेसका अन्य जातीय र भाषिक अधिकारकर्मीहरूले पनि बुझ्नुपर्ने केही कुरा छन् ।

मधेसी स्वतन्त्रका आवाजलाई धेरै मधेसी अधिकारकर्मी समेतले मूलतः प्रादेशिक पृष्ठभूमिमा गरिएको जातीय भेदभावको रूपमा उठाइरहेका छन् । तर वास्वतमा यो रंगभेदी नीतिमा रचिएको जातीय विभेद हो । यसलाई पञ्चायती राजले रणनीतिक रूपमा मात्र प्रादेशिक प्रपञ्चमा मुछेको हो, ताकि भारतविरोधी राष्ट्रियताको खोक्रो आवरणमा नेपाली जनतालाई अलमलाउन सकियोस् । अनि मधेसी रंगभेदी जातीय विभेदलाई राष्ट्रियताको कलेवरमा छोप्न सकियोस् । पञ्चायतका प्रारम्भिक वर्षमा यो गर्न पञ्चायती राज्य हदैसम्म सफल भयो भने ०४६ पछि यो मान्यतालाई भत्काउन प्रजातान्त्रिक सरकार, राजनीतिक दल र नेपालका बौद्धिक जमात उत्तिकै असफल रहे । ०६३ पछिको सरकारले पनि यही असफलतालाई निरन्तरता दिने संकेत दिएको छ । सिरहा, सप्तरीमा मधेसी स्वायत्तताको नारामार्फत उत्पन्न स्थितिलाई सम्हाल्न नसकेको माओवादी वास्तविकता र सरकारको संरक्षणमा रचिएको नेपालगन्ज काण्ड यसैको पछिल्लो संस्करण हो ।  गाउँ-गाउँमा पुलिस पोस्ट स्थापना गर्न नपाए शान्तिसुरक्षा कायम गर्न सकिँदैन साथै संविधानसभा पनि समयमै गराउन सकिँदैन, प्रधानमन्त्री भनिरहेका छन् । तर ठूलो संख्यामा पुलिस प्रशासन तैनाथ रहेको नेपालगन्जमा नागरिकलाई किन शान्तिसुरक्षा प्रदान गर्न नसकेको भनेर सार्वजनिक रूपमा प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ दिए संविधानसभा गर्न नसकिने सरकारको तर्कलाई नेपाली नागरिकले पत्याउने थिए कि ?

source::http://www.kantipuronline.com/kolnepalinews.php?nid=96537

Advertisements

Entry filed under: Articles.

Nepal: In the throes of more wars Mahabharata: The Tharu Barka Naach

3 Comments Add your own

  • 1. Sambhu Sah  |  January 18, 2007 at 4:53 am

    Dear Gautam Ji,
    Whatever happened in Nepalgunj it known to every madhesi in Nepal. So the central gpvernment iteslf is boosting the PLA like JTMM for the Communial war, So good luck Khasiya and Pahadiya for your the future.

    Jai Madhes & Madhesi.

  • 2. LoveNepal  |  January 19, 2007 at 4:08 pm

    Bhaskar ji,
    I do support you that this was the case and incident what was predicted and for what the communal parties formed. But, what we need to consider is that we should maintain the harmoney giving examples of the Indian politics. We have seen the Assam massacre very recently, killing in J&k, suppressing in Punjab. We know JTMM was part of Maoist and is armed by the Indians. India actully wants violence and disorder in Nepal so that border could be extended. Nepal has seen Indian favoured parties and leaders either in all the political situation in nepal. Gajendra was with King Gyanendra similary others are in different disguished apprearnce. In present assembly, there are India representing agents in all parties aithere it is maoists or the rest.
    We are Nepali and we should always be united and should know the trueth behind such disorders and so called Mukties.
    I want to suggest my madhesi frends that keep harmony. one decade long war has probed nothing but the losses.

  • 3. bhut  |  January 19, 2007 at 11:30 pm

    dear lovenepal
    but finally the maoist won the war after a decade long, but if the madhesi started the war, we are gonna defeat you in no time. so be careful and don’t you again suggest any madhesi to keep quiet.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 49 other followers


%d bloggers like this: