उत्तर र दक्षिणको दबाबमा मधेस

March 7, 2007 at 6:46 am Leave a comment

उत्तर र दक्षिणको दबाबमा मधेस

चेतन अधिकारी

हिउ“द लागेपछि पहाडबाट मधेस झर्नेको लर्को लाग्छ । पहाडका मानिस धानको भात खाने इच्छा र सुखभोग गर्ने आकांक्षा पालेर मधेस  झरेका हुन्छन् । आफू पहिला मधेस झरेका आफन्तको निर्देशन र संरक्षणमा पहाडबाट मानिस तर्राई झर्दैछन् । ०४० को दसकसम्म पहाडबाट झर्नेले मधेसका रैथानेहरूस“ग सिधै जग्गा खरिद-बिक्री गर्थे । तर त्यसपछि मधेस झर्नेले पहाडिया जमिनदारहरूस“ग जग्गा खरिद गरिरहेछन् । हिजो पहाडियालाई जमिन बेच्ने रैथानेहरू उनैको हलि बनेर बसेका छन् । मधेसका भूमिपुत्र भनिनेहरू आफ्नै भूमिमा सुकुम्वासी जीवन बा“चिरहेछन् ।पहाडबाट मधेसतिर क्षेत्री-बाहुनहरू बढी संख्यामा झर्ने गर्छन् । हरेक जातजाति आफ्नो समुदाय र संस्कृति पछ्याउने गर्दैछन् । बाहुन-क्षेत्रीहरू मधेस र्झन थालेपछि यिनको जनसंख्या पहाडमा घट्दै र मधेसमा बढ्दै जान थालेको छ ।  अर्कोतिर कर्ण्ााली बाहेकका पहाडी भूभागका जनजाति समूहले विर्ता वा प्राचीन समयमा आफ्नो राज्यको रूपमा दाबी गर्दै आएका छन् ।

मधेसको समस्या पहाडका जनजातिस“ग लगभग मिल्दोजुल्दो छ । तर सरकारले पहाडका मानिसलाई नीति नै बनाएर मधेसमा झरेको हुनाले मधेसीहरू अल्पमतमा पर्न लागेको बताउछन् । मधेसका वास्तविक वासिन्दा दोहोरो मारमा परेका छन् , एउटा उत्तरबाट झर्ने पहाडीहरू अर्को दक्षिणबाट खुल्ला सिमानाको फाइदा उठाएर भित्रिने भारतियहरू । मधेस दर्ुइथरी नश्लको आप्रवासन थलो

बनेको छ ।

नया“ संस्कृति र अनुहारको मानिस मधेसमा भित्रिनु यस क्षेत्रका लागि वरदान पनि हो । बसाइ“-सराइको  विशेषता नै हो  चलाख, शिक्षित, धनी, नेतृत्व गर्नसक्ने मानिसले मात्र बसाइ“-सराइ गर्ने आ“ट गर्छ । उदाहरणका लागि, गाउ“बाट सहर छिरेका छिमेकीलाई हेरौं अथवा पहाडबाट मधेस झरेका आमा-बा । बसिरहेको ठाउ“बाट अन्त र्सर्ने जा“गर र सोच भएका मानिस मूलथलोमा बसिरहने मानिसभन्दा हजारौं गुणा प्रगतिशील सोचाइका हुन्छन् । त्यस्ता तिख्खर र जा“गरिला मानिस गाउ“-समाजमा भित्रनु गौरवको कुरा हो । किनकि एउटा शिक्षित, सामाजिक र व्यावहारिक परिवार गाउ“मा भित्रिएमा उसले गाउ“लाई प्रगतिको दिशामा बदल्न र प्रतिस्पर्धी सोच ल्याइदिन सक्छ ।

जुन ठाउ“मा मानिस बढी गतिशील हुन्छन्, त्यस ठाउ“मा छिटो विकास हुन्छ । मूलथलोबाट गन्तव्यस्थलमा आउन हरेक बसाइ“ र्सर्नेले केही गरेर देखाउने “इख” र जा“गर बोकेर आएको हुन्छ । पर्ूर्वी पहाडबाट झरेका अधिकांश मानिस थप्ािने ठाउ“ पर्ूर्वी तर्राईका तीन जिल्ला झापा, मोरङ र सुनसरी हुन् । २४ वर्षअघि नगरपालिका घोषणा गरिएको इटहरीको जनघनत्व र प्रविधिमा कैयौं वर्षजेठो उपमहानगरपालिका विराटनगरलाई पछि पारेबाट पनि यो पुष्टि हुन्छ । बसाइ“ र्सर्नेहरू धेरै टाढा कहिल्यै जान चाह“दैनन् । सबभन्दा नजिकको गन्तव्यमा अडिनु उनीहरूको विशेषतै हो । यो सर्न्दर्भमा पहाडबाट झर्ने बसाइ“ सरुवाले सबभन्दा नजिकको मधेसलाई आफ्नो गन्तव्य बनाएका हुन्छन् । अपवाद बाहेक ताप्लेजुङको बसाइ“ सरुवा झापा-मोरङमै अडिन्छ, सिरहा, सप्तरी पुग्दैन । अर्घर्ाा“चीको मानिस बसाइ“ सरेर कपिलवस्तु, रूपन्देही नै आउ“छ, बा“के, बर्दिया पुग्दैन ।

मधेसमा पहाडी समुदाय

तर्राईतर्फपहाडी जनसंख्याको बसाइ“-सराइ सन् १९२० तिरबाट छिटपुट सुरु भएको हो । पहाडबाट झर्ने यो बहाव धेरै समयसम्म पर्ूर्वी पहाडतिर नै केन्द्रित थियो । केही मानिस तर्राई क्षेत्रतिर बसाइ“ र्सर्ने र केही मलाया पल्टनमा लाहुरे हुन जाने प्रवृतिले सन् १९५०-५१ तिर आइपुग्दा उत्पादन र श्रम आपर्ूर्तिका हिसाबले पहाड नाजुक स्थितिमा पुगिसकेको थियो । सन् ५० र ६० को दसकमा तर्राईमा सुरु गरिएको औलो उन्मूलन कार्यक्रमले पहाडको गतिशील जनसंख्यालाई तर्राई सजिलो गन्तव्य बनाइदियो । सन् ६० र ७० को दसकमा पहाडबाट तर्राईतर्फबसाइ“ र्सर्नेहरू कुल बसाइ“ सरुवाको दर्ुइ तिहाइ भएको अनुमान छ । सन् २००१ को जनगणना अनुसार १९९१-२००१मा तर्राई जनसंख्या वृद्धिदर २.६ प्रतिशत रहेको छ । यो मुलुकको औसत वृद्धिदरभन्दा दसमलव ५ प्रतिशतले बढी हो ।

समाजशास्त्री स्व डा हर्क गुरुङको विश्लेषणमा भौगोलिक उचाइ र जनसंख्याको रिणात्मक सम्बन्ध रहेको छ । किनकि जति-जति भौगोलिक उचाइमा गयो, जनसंख्या वृद्धि कम र जति-जति समथरतिर झर्‍यो, जनसंख्या त्यति-त्यति बढ्दै जाने गर्छ । सन् १९९१-२००१ को दसकमा नेपालमा करिब ४७ लाख जनसंख्या बढेकोमा करिब २८ लाख ६७ हजार -सच्याइएको) मानिसचाहि“ तर्राईमा थपिएका छन् । जुन कुल जनसंख्या वृद्धिको ६१.१ प्रतिशत हो । यसरी थपिएका अधिकांश अनुहार पहाडबाट बसाइ“ सरेका छन् ।

 तर्राईको कुल जनसंख्या १ करोड १० लाख ५६ हजार २ सय ९४ मध्ये मधेसी समुदायका ७० लाख ४२ हजार १ सय अर्थात् ६३ दसमलव ६९ प्रतिशत रहेका छन् । यसैगरी पहाडी समुदायका ४० लाख १४ हजार १ सय ९४ जना रहेका छन् । यो मधेसको कुल जनसंख्याको ३६ दसमलव ३१ प्रतिशत हो ।

मधेसका १४ जिल्लाको जनसांख्यिक संरचना विश्लेषण गर्ने हो भने १४ जिल्लामा मधेसी समुदायको बहुलता छ भने ६ जिल्लामा पहाडी समुदायको । जसमा पा“च जिल्लामा यादव, पा“च जिल्लामा मुसलमान, चार जिल्लामा थारू, चार जिल्लामा पहाडी बाहुन, एक जिल्लामा क्षत्री र अर्को एक जिल्लामा मगरहरूको बहुलता छ ।

मधेस आन्दोलनका अगुवाहरु पहाडेहरूले तर्राईलाई उपनिवेश बनाएको आरोप लगाउने गर्छन्. । तर आफ्नो देशको सीमाभित्र स्वतन्त्र ढंगले बसाइ“-सराइ गरेर बसोबास गर्ने अधिकारलाई मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ ले स्पष्ट सुरक्षित गरेको छ । पहाडे आप्रवासले पारम्परिक “मधेसी” पहिचानलाई विस्थापित गर्दैछ भन्ने तर्कले पहाडे आप्रवासनबाट शोषण गरिएका तर्राईका मूल निवासीको पीरलाई व्यक्त गर्छ, तर यस तर्कको आडमा भारतबाट आएका आप्रवासीलाई औपचारिकता दिने बाटो पनि खोलिन्छ । यसरी नेपालको मधेस प्रदेश अहिले पहाडे र मधेसी पहिचानको तानातानको क्षेत्र भएको छ ।

सन् १९६४ मा बर्मामा राष्ट्रियकरण कानुन लागू भएपछि धेरै नेपाली त्यहा“बाट नेपाल फर्के । राज्यले तीमध्ये अधिकांशलाई मोरङको सीमावर्ति क्षेत्रमा चार-चार विगाहा जग्गा दिएर बसायो । सामाजिक अनुसन्धानकर्ता डा पीताम्बर शर्माको विश्लेषणमा राज्यको यो नीति दक्षिणबाट हुनसक्ने जनसांख्यिक अतिक्रमणको मुकाबिला गर्नका लागि थियो । किनभने सीमावर्ति क्षेत्रमा पहाडे पहिचानको बहुलता गराउन सकियो भने खुला सीमाको माध्यमबाट हुने औपनिवेशीकरण कम हुनसक्छ भन्ने नीति-निर्माताको सोचाइ हो । त्यही सोचबमोजिम दक्षिणतिरका अधिकांश क्षेत्रमा पहाडी समुदायका मानिसलाई विभिन्न समयका सरकारले ल्याएर बसाए ।

राज्यले पहाडका मानिसलाई विभिन्न बहानामा तर्राई पुर्‍याउने नीति लिएको इतिहासले पुष्टि गर्छ । खासगरी सन् १९५४ मा गठन गरिएको राप्ती उपत्यका विकास आयोजना, १९६४ को झापा, कञ्चनपुर, नवलपरासी पुनर्वास कम्पनी आदि । यी कम्पनीले तर्राईको जग्गामा भकाभक पहाडबाट मानिस ल्याउ“दै लालपर्ुजा वितरण गरेका थिए । हिउ“दमा पहाडबाट झर्ने बसाइ“-सराइभन्दा यस्ता कम्पनीले मधेसतिर तानेका मानिस अधिक छन् । त्यतिमात्र होइन, बर्मा, आसाम, सिक्किम, भुटान लगायत ठाउ“बाट नेपाल प्रवेश गरेका नेपाली भाषीलाई सरकारले आ“खा चिम्लिएर जग्गा वितरण गरेको थियो, तर वर्षौंदेखि मधेसमा सुकुम्वासी जीवन बिताउने मधेसीले “भारतीयको” आरोपमा एकचपरी जग्गा नपाएको उदाहरण खोज्न टाढा गइरहनु पर्दैन ।

source::http://www.kantipuronline.com/kolnepalinews.php?&nid=102217

Advertisements

Entry filed under: Articles.

No-Mandate: Nepal is under “Political Slavery of ½ dozen “Political Guys”! मधेसी व्रि्रोह ः चुनौती र अवसर

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 48 other followers


%d bloggers like this: