जातीय संस्थाहरूको समझदारी

March 17, 2007 at 2:48 pm 1 comment

जातीय संस्थाहरूको समझदारी

प्रारम्भहामी आन्दोलनरत पक्ष आदिवासी/जनजाति, मधेसी, दलित, महिला, पिछडा वर्ग र भाषिक तथा अल्पसंख्यक समुदायका जनताले प्रतिगमन र निरंकुश राजतन्त्रका साथै राजतन्त्रको समूल अन्त्यका लागि ऐतिहासिक जनआन्दोलनमा महत्त्वपर्ूण्ा भूमिका निभाएको जगजाहेर छ । तर जनआन्दोलनद्वारा निर्मित भनिएको सरकारले हामीलाई पूरै उपेक्षा र हामीले दिएका सुझाव बेवास्ता गर्‍यो । अन्तरिम संविधान निर्माण, पारित र जारी तथा पहिलो संशोधन गर्ने बेलामा आदिवासी/जनजाति, मधेसी, दलित, महिला, पिछडा वर्ग र भाषिक तथा अल्पसंख्यक समुदायहरूप्रति अपनाइएको रवैया र अन्तरिम संविधान संशोधनमा हामीहरूले उठाएका मूलभूत मागहरूलाई सम्बोधन नगरिनु र हाम्रो हक, हित र भावनाविपरीत संविधानमा व्यवस्था गरिएका प्रावधानहरू कायमै राखिनुले सात दल र सरकारको आदिवासी/जनजाति, मधेसी, दलित, महिला, पिछडा वर्ग र भाषिक तथा अल्पसंख्यक समुदायप्रतिको पर्ूवाग्रही र वक्र दृष्टिकोण तथा पुरातन मानसिकतालाई उजागर गरेको छ । साथै अन्तरिम संविधान पारित, जारी  र पहिलो संश्ाोधन गर्दा जुन प्रक्रिया र तरिका अवलम्बन गरियो, त्यसले लोकतान्त्रिक मूल्य-मान्यताको उपहास गर्नुका साथै राजतन्त्रको निरंकुश अधिनायकत्वको ठाउ“मा अर्को प्रकारको अधिनायकवाद कायम हुने खतराप्रति पनि लोकतन्त्रका पक्षधर र हामी आदिवासी/जनजाति, मधेसी, दलित, महिला, पिछडिएका क्षेत्र र वर्गहरू गम्भीर हुनुपर्ने आवश्यकतामा जोड दिन चाहन्छौं । 

हामी आदिवासी/जनजाति, मधेसी, दलित, महिला, पिछडा वर्ग र भाषिक तथा अल्पसंख्यक समुदायका संघ-संस्था र संगठनले उठाएका मूलभूत माग सम्बोधन गरी अन्तरिम संविधानमा संशोधन र समावेश गर्नुका साथै हाम्रो हक, हित र भावनास“ग बाझिएका व्यवस्था संशोधन र परिमार्जन तथा खारेज गर्न शान्तिपर्ूण्ा आन्दोलनद्वारा संयमित रूपले सरकारलाई दबाब दिइरहेका छौं । तर हाम्रो आग्रहलाई सरकारले सकारात्मक रूपमा लिएर हाम्रा जायज र न्यायपर्ूण्ा माग सम्बोधन गर्नुको सट्टा पूरै उपेक्षा र नजरअन्दाज गरिरहेको छ । न्यायपर्ूण्ा आन्दोलनलाई अनेक लाञ्छना लगाउने र दमनको नीति अपनाएको छ । फेरि पनि हामी यो विशेष जोड दिन चाहन्छौं कि सरकारले हाम्रा मागलाई सकारात्मक रूपमा लिई समयमै सम्बोधन र अन्तरिम संविधानमा संशोधन गरोस् । आदिवासी/जनजाति, मधेसी, दलित, महिला, पिछडा वर्ग, क्षेत्र र अल्पसंख्यक समुदायका धर्ैय र संयमलाई कमजोरी ठान्ने भूल नगरोस् ।

समस्याको परिभाषा

नेपालको जातीय र क्षेत्रीय समस्याको परिभाषा गर्दा मूलतः दर्ुइवटा पक्षलाई आधार बनाउनु उपयुक्त हुन्छ । प्रथम, वर्गीय र द्वितीय, जातीय तथा क्षेत्रीय । तर नेेपालको सर्न्दर्भमा उक्त दुवै पक्षलाई समग्रमा ध्यान दिनेभन्दा एउटा पक्षलाई मात्र समात्ने प्रवृत्ति बढी छ । वास्तवमा यहा“ जातीय तथा क्षेत्रीय भेदभाव औपनिवेशिक उत्पीडनका रूपमा लामो समयदेखि विद्यमान छ । त्यसकारण आदिवासी/जनजाति, मधेसी, दलित, महिला, पिछडा वर्ग र भाषिक तथा अल्पसंख्यक समुदायका समस्या जातीय र क्षेत्रीय समस्या हो । परन्तु जातीय, क्षेत्रीय र वर्गीय समस्या कारण र परिणाममा वर्गीय समस्या हो । त्यसकारण जातीय तथा क्षेत्रीय र वर्गीय समस्या बीचको अन्तर र अन्तरसम्बन्धका बारेमा स्पष्ट दृष्टिकोण हुनर्ुपर्छ । त्यसलाई सापेक्षिक र समग्रतामा लिनर्ुपर्छ ।

सबै आदिवासी/जनजाति, मधेसी, दलित, महिला, पिछडा वर्ग र भाषिक तथा अल्पसंख्यक समुदायका आर्थिक, राजनीतिक, समाजिक  सांस्कृतिक, भाषिक, धार्मिक, शैक्षिक आदि समस्याहरूका स्वरूप र प्रकृतिहरूमा केही भिन्नता देखिए पनि सारमा भिन्न वा अलग छैनन् । त्यसैले समग्रमा समस्याहरू साझा छन् । र यो कुनै जाति, वर्ग र समुदायको मात्र समस्या नभएर सिंगो राष्ट्रको समस्या हो ।

संयुक्त आन्दोलनको आवश्यकता र उद्देश्य

आदिवासी/जनजाति, मधेसी, दलित, महिला, पिछडा वर्ग र भाषिक तथा अल्पसंख्यक समुदायका जायज र न्यायपर्ूण्ा मागहरूलाई ऐतिहासिक जनआन्दोलन गरेका राजनीतिक दल र जनआन्दोलनद्वारा निर्मित भनिने सरकारले वस्तुगत रूपमा समाधान गर्नुको बजाय पूरै उपेक्षा गर्नुका साथै शान्तिपर्ूण्ा आन्दोलनप्रति दमन नीति अवलम्बन गरेको हु“दा साझा समस्या समाधानका लागि संयुक्त प्रयास र संयुक्त आन्दोलन अनिवार्य आवश्यकता भएको हो । यो पर्रि्रेक्ष्य र आवश्यकताले आदिवासी/जनजाति, मधेसी, दलित, महिला, पिछडा वर्ग र भाषिक तथा अल्पसंख्यक समुदाय बीचको एकतालाई दरिलो र फराकिलो बनाई संयुक्त आन्दोलन गर्नुको विकल्प छैन । त्यसैले संयुक्त आन्दोलनको उद्देश्य साझा मुद्दाको पहिचान गरी साझा मुद्दालाई समाधानको तहमा पुर्‍याउन सचेत, संगठित र व्यवस्थित रूपमा अगाडि बढाउनु हो र हुनर्ुपर्छ ।

संयुक्त आन्दोलन र त्यसको मूल्य-मान्यता

सामान्यतः साझा समस्या समाधान र समान उद्देश्य प्राप्तिका लागि एकभन्दा धेरै पक्ष वा संगठनहरूद्वारा खास रणनीतिक चरणको लागि सचेत र संगठित रूपमा गरिने संयुक्त प्रयास वा संर्घष्ा नै संयुक्त आन्दोलन हो ।

साझा समस्याको पहिचान र त्यसको समाधानमा समान दृष्टिकोण, कार्यगत एकता वा सहकार्यका लागि तत्परता, एकले अर्काका स्वायत्तता र सहअस्तित्वको स्वीकार र सम्मान तथा साझा सहमतिमा इमानदारिता आदि संयुक्त आन्दोलनको निम्ति आधारभूत मूल्य-मान्यता हुन् । त्यसको सम्बन्धित पक्षले आत्मसात र परिपालना गर्नु अनिवार्य हुन्छ ।

संयुक्त आन्दोलनमा दृष्टिकोणको महत्त्व

सयुंक्त आन्दोलनको विकास र सफलतामा दृष्टिकोणको सवाल महत्त्वपर्ूण्ा पक्ष हो । वस्तु तथा घटनालाई हर्ेर्ने र बुझ्नेबारे सही दृष्टिकोणको अभावमा त्यससम्बन्धी सही नीति अपनाउन सम्भव हु“दैन । आदिवासी/जनजाति, मधेसी, दलित, महिला, पिछडा वर्ग र भाषिक तथा अल्पसंख्यक समुदायहरूमा आफ्नो समस्या र अवस्था, देशको विद्यमान व्यवस्था  र अवस्थालाई हर्ेने र बुझ्नेबारे सरल र एकपक्षीय वा संकर्ीण्ा सोच र दृष्टिकोणहरूको प्रबलता छ । मूलभूत समस्याहरू साझा हु“दाहु“दै पनि साझा मुद्दा बनाई संयुक्त आन्दोलन गर्नुपर्ने आवश्यकताबारे अलमल र अस्पष्टता छ । आफ्नो समस्या समाधानमा सही उपाय र त्यसलाई देश, काल र परिस्थितिको वस्तुगत अवस्थास“ग जोडेर हेर्ेर्ने तथा संयुक्त रूपमा अगाडि बढाउनेभन्दा पनि आ-आफ्नो भावना र चाहना तथा सामुदायिक सा“घुरो दायरामा सोचविचार गर्ने गरिन्छ । साझा समस्या समाधानको पहलका लागि संयुक्त आन्दोलनले व्यापकता पाउन सक्दैन र संयुक्त आन्दोलन उठाउन बाधा-अड्चन पुग्छ । त्यसकारण आदिवासी/जनजाति, मधेसी, दलित, महिला, पिछडा वर्ग र भाषिक तथा अल्पसंख्यक समुदायका समग्र हक, हित र मुक्तिका लागि संयुक्त आन्दोलनलाई व्यापक र फराकिलो तथा सशक्त बनाउन सामुदायिक संकर्ीण्ाताको घेराबाट माथि उठेर साझा र फराकिलो दृष्टिकोण अपनाउनु आवश्यक छ । त्यसका लागि वर्तमानको धरातलीय यथार्थमा उभिएर समस्याको पहिचान र समाधानमा स्पष्ट र वैज्ञानिक दृष्टिकोण अपनाउन जरुरी छ ।

संयुक्त आन्दोलनको कार्यदिशा

आदिवासी/जनजाति, मधेसी, दलित, महिला, पिछडा वर्ग र भाषिक तथा अल्पसंख्यक समुदायका संघ-संस्था र संगठनहरू बीचमा स्पष्ट कार्यदिशासहित व्यापक र फराकिलो दृष्टिकोणका आधारमा संयुक्त आन्दोलन उठाउनुपर्ने आवश्यकता र महत्त्व स्वतः स्पष्ट छ । परन्तु संयुक्त आन्दोलनले मर्ूत आकार ग्रहण गर्न सक्रिय र सचेत रूपमा विशेष पहलकदमीको अवश्यकता खड्कि“दो छ । संयुक्त आन्दोलनका लागि सम्बन्धित पक्षहरू बीचको सहकार्य र कार्यगत एकतालाई तदारुकता र निरन्तरता दिनर्ुपर्छ । कार्यगत एकता र सहकार्यद्वारा संयुक्त आन्दोलन विकास तथा आपसी हितको प्रस्टता र विश्वासको वातावरण सिर्जना हु“दै जाने हुन्छ । सहकार्यका लागि साझा मुद्दाहरूमा कार्यक्रमिक एकतालाई प्राथमिकता दिएर व्यवहारमा उतार्न आवश्यक छ ।

ल साझा माग र मुद्दा

हामी आन्दोलनरत आदिवासी/जनजाति, मधेसी, दलित, महिला, पिछडा वर्ग र भाषिक तथा अल्पसंख्यक समुदायबीच निम्नअनुसार संयुक्त आन्दोलनमा प्रथम महत्त्व राख्ने मूलभूत साझा माग र मुद्दाहरूमा सहमत भएका छौं ः

संविधानसभा निर्वाचनमा जाति तथा भाषिक समुदायको जनसंख्याको आधारमा सूची समानुपातिक निर्वाचन प्रणाली र जतिसुकै जनसंख्या भए पनि न्यूनतम एक प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्ने ।

आत्मनिर्ण्र्ााो अधिकारअनुरूप जाति, भाषा र क्षेत्रको आधारमा जातीय-क्षेत्रीय स्वशासनमा आधारित संघीय राज्यप्रणाली ।

आदिवासी/जनजाति, मधेसी, दलित, महिला, पिछडा वर्ग र भाषिक तथा अल्पसंख्यक समुदायका नीतिनिर्माण, निर्ण्र्ााअधिकार र कार्यान्वयनका सबै तह र प्रक्रियाहरूमा समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्ने ।

जातीय-क्षेत्रीय स्वशासनको आधारमा राज्यको पुनःसंरचना र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना हुनुपर्ने ।

जनजाति, अल्पसंख्यक, भाषिक समुदाय, क्षेत्र आदिको हक-अधिकार प्राप्तिका लागि राजनीतिक उद्देश्य बोकी स्थापना भएको राजनीतिक पार्टर्ीी निर्सत मान्यता पाउनुपर्ने ।

अन्तरिम विधायिका संसद र अन्तरिम सरकारमा आदिवासी/जनजाति, मधेसी, दलित, महिला, पिछडा वर्ग र भाषिक तथा अल्पसंख्यक समुदायका समानुपातिक प्रतिनिधित्व र सहभागिता हुनुपर्ने ।

सरकारले वार्ताको वातावरण बनाउनुपर्ने

हामी आन्दोलनरत पक्षहरूको मागलाई लत्याएर एकतर्फी अन्तरिम संविधान संशोधन गर्ने प्रक्रिया र अपर्ूण्ा सम्बोधनप्रति आपत्ति प्रकट गर्र्छौं । मधेसी जनअधिकार फोरमबाट माग गरिएको गृहमन्त्रीको राजिनामा र उच्चस्तरीय न्यायिक जा“चबुझ आयोग गठन गरी वार्ताको वातावरण अविलम्ब तयार गर्न माग गछौर्ं । साथै सम्पर्ूण्ा आन्दोलनरत पक्षहरू र अधिकारसम्पन्न सरकारी वार्ता टोलीबीच संयुक्त वार्ता आयोजना गर्न माग गछौर्ं ।

आन्दोलनरत संघ-संस्था

१. मधेसी जनअधिकार फोरम, नेपाल

२. नेपाल आदिवासी/जनजाति महासंघ

३. बृहत् राष्ट्रिय लोक-गणतान्त्रिक मोर्चा, नेपाल

४. आदिवासी/जनजाति संयुक्त संर्घष्ा समिति, नेपाल

५. राष्ट्रिय आदिवासी/जनजाति महिला महासंघ, नेपाल

६. दलित गैरसरकारी संस्था महासंघ, नेपाल

७. तामाङ स्वायत्त गणतान्त्रिक मञ्च, नेपाल

८.नेपाल पिछडा वर्ग महासंघ

९.नेवाः दे गुथी, नेपाल मण्डल

१०.आदिवासी/जनजाति मुक्ति संगठन, नेपाल

११.आदिवासी/जनजाति महिला गणतान्त्रिक मोर्चा, नेपाल

१२.अवधी सांस्कृतिक विकास परिषद्,

१३.नेपाल मैथिली महासंघ, नेपाल

१४.मैथिल महिला समाज, नेपाल

१५.आदिवासी विद्यार्थी समाज, नेपाल

१६.लोकतान्त्रिक नेवाः संर्घष्ा समिति

१७. संयुक्त किरात संघीय लोक-गणतान्त्रिक मोर्चा, नेपाल

-समानुपातिक निर्वाचन प्रणाली र जातीय-क्षेत्रीय स्वशासनमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रका लागि संयुक्त आन्दोलनको बुधबार जारी समझदारीपत्र ।)

source::http://www.kantipuronline.com/kolnepalinews.php?&nid=103780

Advertisements

Entry filed under: Articles.

Historical Entity of Vijayapur State Hills, Mountains and Terai: An Ecosystem

1 Comment Add your own

  • 1. mithila putra  |  March 17, 2007 at 11:45 pm

    ke ho parmendra mate

    do u know what happen to http://www.madhesh.com , i think you should do a bit research and find the reality behind its closure.
    You should do it immediately and try to let all madhesis and madhesi subhachintaks know about the fact. If madhesh.com is closed we will have to launch a new one all together.
    please do reply me in this same line of comments, i check it everyday,

    regards
    cheers mate

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 47 other followers


%d bloggers like this: