यातनागृह, स्वतन्त्रता र अनुदार नेता

July 19, 2007 at 1:50 am 3 comments

यातनागृह, स्वतन्त्रता र अनुदार नेता

अरविन्दकुमार ठाकुर

केन्द्रीय कारागारभित्रको गोलघर र त्यसभित्रका यातनागृहलाई राणा शासकले विरोधी दबाउन बनाएका हुन् । यी यातनागृह राणा शासनको बर्बरताको जिउँदो इतिहास हुन् । यिनै यातनागृहमा राणा शासकले सहिदहरूलाई कठोर यातना दिन राखेका थिए । गंगालाललाई यहींबाट झिकेर गोली ठोकिएको थियो ।यीे यातनागृह राजा महेन्द्रको निरंकुश र बर्बर शासनको पनि जिउँदोजाग्दो इतिहास हो । जनकपुरमा राजा महेन्द्र आएका बेला जानकी मन्दिर अगाडि राजा चढेको गाडीमा दुर्गानन्द झाले बम प्रहार गरेका थिए, ०१८ साल माघ ९ गते । जनकपुर एयरपोर्टमा राजा महेन्द्रमाथि बम हान्ने उद्योग गरेको अभियोग मलाई लगाइयो । दुवै जनालाई मृत्युदण्डको सजाय दिई नेल-गलफन्दी, हत्कडीसहितको १८ महिना यिनै यातनागृहका सेलकोठामा ताल्चा लगाएर राखियो ।

नारायणी अञ्चलाधीश कार्यालय तोडफोड गर्न आएका दलसिंह थापा र दुखा सहनीलाई वीरगन्जमा राजालाई मार्न आएको भनी झूटो मुद्दा लगाइयो । दलसिंह थापालाई मृत्युदण्डको सजायको पुर्जी र दुखा सहनीलाई आजन्म कारावासको सजाय दिई नेल, हत्कडी, गलफन्दीसहित २४ घन्टा ताल्चा लगाई हामीसँगै राखे ।

यो यातनागृहमा एउटा कालकोठरी छ । यो अँध्यारो कालजस्तै छ । चिसो भूमियुक्त यस कोठामा छ इन्ज लामो र चार इन्च चौडाइ भएको दुईवटा सास फेर्न हावा छिर्ने प्वाल छन् । यसमा बलियो फलामे डन्डीयुक्त एउटा ढोका छ ।

फलामे पिंजरालाई मानिसले सोच्न नसक्ने यातनागृह बनाइएको छ । यो सुगा पाल्ने पिंजराझैं फलामे बलियो डन्डीले बनेको छ, जसमा मुस्किलले उभिन र पल्टिन सक्नेमात्र ठाउँ छ । यसभित्रका कैदीलाई थप यातना भोग्ााउन नेल, गलफन्दी, हत्कडीयुक्त फलामे साङलो लगाइसकेपछि गोडाको नेलमा करिब ५०-५५ किलोको फलामे गोला झुन्डाइन्छ । पिंजराको तलपट्ट िभागमा दिसा-पिसाब गर्ने प्वाल छन् । पिंजरा सुगालाई झैं बिहान-बेलुका खाना दिनका लागिमात्र खोलिन्छ ।

गोलाघरभित्रको तेस्रो यातनागृहको रूपमा स-साना आठवटा साँघुरा सेलकोठरी बनाइएका छन् । जसमा सीधा उभिन सकिँदैन । यसभित्र बस्ने कैदीले अनिवार्य रूपमा नेल, गलफन्दी, हत्कडीयुक्त फलामे साङलो जीउमा लगाउनुपर्छ । साङलो लगाएपछि त्यो कैदीले जीउमा लुगा नलगाई नाङ्गै बस्नुपर्छ । किनकि नेल, गलफन्दी, हत्कडीको गोलाइ यति साङ्ग्रो हुन्छ कि त्यसबाट लुगा लगाउन नाडी र नलीखुट्टो छिराउन सम्भव हुँदैन । यसभित्रका कैदीलाई दिसा-पिसाब गर्न बिहान-बेलुका खोल्ने गरिन्छ र दिसा-पिसाब गरिसकेपछि पुनः ताल्चा लगाइन्छ ।

यिनै सेलकोठरीमा दुर्गानन्द झा, म, दलसिंह थापा र दुखा सहनी चारैजनालाई अठार महिना राखियो । हामी तीनजना मृत्युदण्डको हाँसीहाँसी प्रतीक्ष्ाा गर्दै थियौं । कस्तो विश्वास आफ्नो जीवन नेपाल र नेपाली जनताको सुनौलो भविष्यका लागि काम लागेकोमा खुसी हुँदै स्वतन्त्रताका गीत गाउँदै दिन काट्थ्यौं ।

म अहिले पनि दुर्गानन्द झाको चमकिलो अनुहारले गर्वयुक्त स्वरमा ‘कैद मांगी थी, रिहाइ तो नहीं मांगा था’ गीत पटक-पटक गाउँदै गरेको सम्झन्छु । यो मलाई अहिले नै गाइरहेझैं लाग्छ । फाँसी जाने रातको पूर्वसन्ध्यामा दुर्गानन्द झाले गीता पाठ गरिसकेपछि हामी दुवैजनालाई सम्झाई आफ्नो सेलकोठरीमा गएको क्ष्ाण मलाईर् याद आउँछ । मैले उहाँले भनेका कुराको आशय बुझ्न प्रयत्न गरेँ ।

मैले बुझेको आशय थियो- मलाई जेल अधिकारीले फाँसीका लागि लिन आउँदा म सुतेको हुन सक्छु । जेलरले मलाई सुतेको वा डरले ओछ्यानमा पल्टिरहेको कायर सम्झी उसले बेसकरी कराएर बोलाउन नपरोस् । त्यसभन्दा पहिल्यै तिमीहरूले मलाई कोट्याएर ब्युँझाइदिनु । ताकि म हाँसीहाँसी फाँसी चढ्न तम्तयार भएर सेलको ढोकामा उभिन सकुँ । फाँसी दिन लिन आउनेहरू मलाई फाँसीमा चढ्न पूर्वतयार रहेको पाउन् ।

लगातारको दुःख, कष्ट र भोकले पगाल्न र झुकाउन नसकेका उनी अदम्य साहसका मूर्तिझैं थिए । त्यस्तो बेलामा पनि उनमा चनाखो बुद्धि थियो । जनताले निरंकुशता विरुद्ध स्वतन्त्रताको लडाइँलाई चाहिने साहस एवं गौरवपूर्ण इतिहास सहिद दुर्गानन्द झाले नयाँ पिढीका लागि रचेर गएको सम्झना भइरहेको छ, यतिखेर मलाई ।

यो राणाकालीन र निरंकुश राजा महेन्द्रको शासनकालको यातनागृह अहिले पनि रहिरहेको छ । यसलाई लोकतान्त्रिक सरकारले पनि संग्रहालय बनाउनसकेका छैनन् । अहिले पनि त्यो यातनाकेन्द्र नेता, सरकार, संसदको अकर्मण्यताको प्रतीक बन्न पुगेको छ । यातनागृहले हाम्रो लोकतन्त्रलाई गिज्याइरहेको प्रतीत हुन्छ ।

विभिन्न यातना भोगी पन्ध्र वर्ष आठ महिनाको लामो जेल जीवन बिताई म भने ०३४ साल असोजमा आममाफी अन्तर्गत जेलमुक्त भएँ । तर म अहिले पनि देशको भलाइ र जनताको स्वतन्त्रताको लागि ठूलो दुःखकष्ट भोगेका राजनीतिक बन्दीलाई सम्भिmरहेको छु । जो हरेक दुःखकष्टलाई सहज रूपमा लिई जनताको स्वतन्त्रताका लागि लडेका थिए । तर आज तिनकै नेतागणले राणा र राजतन्त्रकालमा झैं भाइ-भतिजावाद र व्यक्तिवादी चरित्रको शासन सञ्चालन गरिरहेको पाउँछु । स्वतन्त्रताका लागि लड्ने युवा स्वतन्त्रता प्राप्तिपछि पनि नेताले कोरेको लक्ष्मणरेखाभित्र बस्न बाध्य छन् । ०७ साल पूर्वदेखि दोस्रो जनआन्दोलनसम्मको राष्ट्रिय राजनीतिमा त्याग र बलिदान दिई ठूलो सहयोग पुर्‍याएका मधेसी जनतालाई बारम्बार ठग्ने गरेकाले सम्पूर्ण मधेस असन्तोषको ज्वालामा बलिरहेको छ ।

आफ्नो अधिकार र पहिचानका लागि लड्ने मधेसी जनतालाई न्याय र अधिकार प्रदान गर्नुको सट्टा आफूलाई जनताको सरकार भन्नेहरूले निरंकुश शासनकालझैं निहत्था जनतामाथि गोली प्रहार गर्न पुगे । यो लोकतान्त्रिक सरकारको चरित्र होइन । मधेसका जायज मागमा हिन्दू अतिवादी र राजावादीहरूको हात देख्न थाल्नेहरूले नबिर्सिउन्, मधेसीबाटै निरंकुश राजा महेन्द्रमाथि बम प्रहार गर्ने दुर्गानन्द झा थिए । मधेसमा हिन्दू अतिवादीको लागि कुनै ठाउँ छैन । सधैं शान्त र अनुशासित मधेसमा जुन बन्दुक उठेका छन्, त्यसका लागि पूर्वाग्रही र अनुदार नेता जिम्मेवार छन् । अहिले पनि समय छ, सबै असन्तुष्ट पक्ष्ासँग खुला हृदयले सम्पूर्ण देश र मधेसको हितमा वार्ता गरियोस् । संघीय राज्यव्यवस्था, समान जनसंख्याको आधारमा चुनाव क्ष्ाेत्रको निर्धारण, समानुपातिक प्रतिनिधित्व प्रणाली, सबै भाषाभाषी, दलित, पिछडिएका वर्ग र अल्पसंख्यकलाई राष्ट्रिय राजनीतिको मूलप्रवाहमा अविलम्ब समावेश गरियोस् । राज्यका सबै अङ्गमा सबैको समान पहुँच हुन सकोस् । सम्पूर्ण देश नेताको क्रान्तिकारी भाषण होइन, क्रान्तिकारी परिवर्तन हेर्न चाहन्छन् । नेताको बोलाइ र गराइमा एकरूपता चाहन्छन् ।

source::http://www.kantipuronline.com/kolnepalinews.php?&nid=116094

Advertisements

Entry filed under: Articles.

SUICIDAL GAME THAT IT IS Talking about nationality and freedom

3 Comments Add your own

  • 1. Son of Tirhut  |  July 19, 2007 at 11:14 am

    Thakur Ji,
    The arcticle made my eyes filled with tears and sorrow. You ending is also very positive but do you think these Kahasiya Bahun politician will negotiate with the madhesi agitators. They still have the mentality of ruling terai as colinial state. we have given our life for this country but in every revolution but instead these bahuns have given us heavy tax, rape, murder ,loot, and shooting as animals.
    So real terai basi (Madhesi and tharu) we should be aware of these bahuns politicians while going for table talk.

    Jai Madhes!!!!!

  • 2. Madhesi  |  July 20, 2007 at 8:35 am

    Arvind ji, the article is very impressive and Madhesi shouldn’t forget our great Madhesi SASHID Durga Nanda Jha. Really tears came out from my eyes. Great !
    We should have seen the statue of our great Sashid whole over in the Madhesh but unfortunately are only KHAS status and village name “like Madan Nagar in Rajbiraj’ in whole over Madhesh. We are proud of Durga Nanda, others unknown along with 24 Madhesi gun down by KHAS Bahun during Madhesi Janandolan III. Let’s unite all Madhesi who made us proud of being Madhesi. All this KHAS have given the name as Dacoit, Jangi Raj, Rajabadi, Hindu Extremist and many more etc… Does not see Madhesi like Durga Nanda.

  • 3. Dirgha Raj Prasai  |  April 20, 2009 at 12:28 am

    Dear friends !
    The article is very fine. I extend thanks to Mr. Thakur that he has expressed the life history of our previous system. Dear friend ! I am sorry, that is history. But, you have to understand as a democratic leader. You should have to take the leadership as a nationalistic leader.
    But, why you are opposing Hinduism & Nepalese monarchy ? Without people oreiented monarchy and Hindu kingdom, how you can unite and save the unity, identity and sovereignty of Nepal ? Without the sovereign Nepal the history of your politics also will finish. Then I request to be like N.Mandela following the foot-prient of Hinduism & monarchysm for the nation.
    Thank you.

    Dirgha Raj Prasai

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 47 other followers


%d bloggers like this: