तराई दमन, गृहयुद्धको विजारोपण

July 22, 2007 at 12:44 pm 2 comments

तराई दमन, गृहयुद्धको विजारोपण

-राजेश ढुङ्गाना

गृहमन्त्री कृष्णप्रसाद सिटौलाको पछिल्लो गैरजिम्मेवार र अराजनीतिक धम्कीपछि मधेसमा कुनै पनि बेला आगोको लप्का उठेर मुलुक खरानीमा परिणत हुने निश्चितप्रायः छ । माघको मधेस आन्दोलनमा चालीसजना मधेसीको ‘सिकार’ गरिसकेका गृहमन्त्री सायद त्यही रक्तस्वादले गर्दा हुनसक्छ बारम्बार मधेस समस्याको समाधान ‘दमन’बाहेक अर्थोक देख्दैनन् । एउटा व्यक्तिको यो ‘मीठो’ स्वादका खातिर काङ्गे्रस, प्रजातन्त्र र मुलुकले पहिला नै गम्भीर क्षति बेहोरिसकेको छ । माघको मधेस दमनले मधेस समस्याको समाधान दमन होइन बरु दमन समस्यालाई थप चर्काउनु हो भन्ने सिद्ध भइसकेको अवस्थामा पनि फेरि घोषित रूपमै दमनको ‘खेती’ किन ?

गृहमन्त्री भनेको राज्यको जिम्मेवार प्रतिनिधि हो । उसले कुनै उरन्ठेउलो सिकारीले झैं पन्ध्र दिनमा समर्पण गर्न आउने भए आऊ नत्र ढुकुरलाई झैं तारो हान्नेछु भन्ने फरमान जारी गर्नुहुन्छ – बरु अशान्तिका जड माओवादीलाई भन्नुपर्दथ्यो- विगतका सम्झौताअनुसार कानुनको दायरामा आऊ नत्र सरकारमा बस्नुको औचित्य सकिन्छ । समस्या माओवादीमा छ । समाधान मधेसमा दमन गरेर खोज्नु भनेको पखालाको औषधि सिटामोट हो भन्नु जस्तै हो । गृहमन्त्रीको मधेसीलाई पन्ध्र दिनपछि चरालाई झैं तारो हान्ने घोषणाले यदि कार्यरूप पायो भने बुझनुपर्ने सबैले अहिले नै बुझिराख्दा हुन्छ- देश रगतको आहालमा परिणत हुनेछ, जसलाई यो त्यसै पनि कमजोर भएको मुलुकले थेग्न सक्दैन । त्यसैले मधेसमा दमन थाल्नु भनेको मुलुकमाथि प्रहार गर्नु हो । सिटौलाको बारम्बारको दमन घोषणाले कुनै अदृश्य शक्ति छिटोभन्दा छिटो मुलुकमा निको नहुने रोग लगाउन प्रयत्नरत छ भन्ने प्रष्ट हुन्छ । त्यसको कार्यान्वयनका पात्र वर्तमान गृहमन्त्री हुन् । यही नै उनको गृहमन्त्रीत्वको निरन्तरता हो र उनलाई नै गृहमन्त्री बनाउनुपर्ने माओवादीको ‘सफल’ दबाब । सिटौलासँग असन्तुष्ट हुँदाहुँदै पनि सिटौला कोइरालाभन्दा बलिया र प्रधानमन्त्री सिटौलासँग ‘निरीह’ बन्नुपरेको यही बलियो षड्यान्त्रिक शक्तिकै कारणले हो भन्ने कुरा क्रमशः प्रष्टिँदै छ ।

गृहमन्त्रीको त्यो अभिव्यक्ति आएको दिन माओवादीका तर्फाट सीपी गजुरेलले र्सार्वजनिक रूपमा भनेका छन्- मधेसी देशद्रोही हुन् । उनीहरू देशको सिमाना भत्काउन चाहन्छन् । त्यसैले वार्ता होइन दमन गर्नुपर्दछ । गृहमन्त्री र माओवादीका तर्फाट एकै दिन एउटै आसयमा आएका धारणा संयोग होइन । यसअघि पनि गृहमन्त्री र प्रचण्डबाट पटकपटक मधेस दमनका कुरा आएकै हुन् । मधेस आन्दोलनको प्रारम्भदेखि नै माओवादी मधेसमा सैनिक दमनको नीतिमा खुलेरै आएको हो । प्रचण्डले त प्रष्ट भनेकै छन्- सरकारले र्दुइ हजार सेना देओस् र माओवादीका एक हजार सेना मिलाएर मधेश समस्या एक हप्तामै ‘समाधान’ गर्नेछौं । प्रस्ट रूपमा भन्नुपर्दछ- सरकारलाई सुरुदेखि नै मधेस आन्दोलनको दमन गर्न माओवादीको चर्को दबाब छ । त्यसमाथि गृहमन्त्र स्वयम् यो दमनको मामला र अन्य विषयहरूको पनि माओवादीका पक्षमा भएपछि ‘दमन’ दुर्भाग्यपूर्ण रूपमा सिङ्गो सरकारको नीति बन्न पुगेको छ । कम्तीमा प्रधानमन्त्रीले नसच्याउन्जेलसम्मका लागि गृहमन्त्रीको घोषणा सरकारको नै नीति भनी नबुझने ठाउँ छैन । मधेसले बनाएका मधेसका नेताका रूपमै मधेसी जनताले गर्व गर्ने कोइराराको छविमा सिटौलाको दमन घोषणाले प्रहार गरेको छ । चालीसजनाको हत्या सिटौलाले गरे पनि कोइरालाले सिटौलालाई सजायको सट्टा पुरस्कृत गर्दा सम्पूर्ण्ा मधेस झस्केको छ । कोइरालाको यसमा ध्यान नपुग्नु मधेसी जनताका लागि पीडाको विषय भएको छ । त्यसमाथि गृहमन्त्रीको अहिले आएको धम्कीले काङ्गे्रसले आफ्नो आभारभूमि गुमाउने छ । र, सिटौलाले माओवादीसँगको योजनामा दमनलाई कार्यान्वयन गरे भने एउटा मधेसी मात्र मारियो भने गृहयुद्धलाईर् इश्वरले पनि रोक्न सक्ने छैनन् । कोइरालालाई अझै पनि मधेसले ‘आफ्नै’ ठान्दछ । त्यसैले कोइरालाले सिटौलाको खतरनाक खेललाई तत्काल निर्णायक हस्तक्षेप गर्नुपर्दछ । सिटौलाले मधेसलाई गरेको ‘दुश्मन’को घोषणालाई गिरिजाबाबुले सच्याउनर्ैपर्दछ । नत्र कोइराला, प्रजातन्त्र, काङ्गे्रस र मुलुक एकैपटक सिद्धिन्छ । मधेस दुश्मन होइन । तर माओवादीसँगको मिलिभगतमा गृहमन्त्री मधेसलाई ‘देशद्रोही’ बनाउन कम्मर कसेर लागेका छन् । मधेसलाई माओवादीसँगको सहकार्यमा सिटौलाले बन्दुक पड्काउनुअघि कोइराला र कांगे्रसले गतिलै हस्तक्षेप गरेर मधेसी जनतामा लागेको भावनात्मक चोटको उपचार गर्नुपर्दछ । जबजब प्रत्येक दिन मन्त्रीका रूपमा टेलिभिजनमा सिटौलाको अनुहार देखिन्छ- त्यो प्रत्येक क्षण मधेसी जनताको मुटुमा व्रि्रोह सुरु हुन्छ । चोट कति गहिरो छ- काङ्गे्रस र कोइरालाले बुझनुपर्दछ । कोइरालालाई मधेसी जनताले गर्ने विश्वासलाई समस्या समाधानका लागि सदुपयोग गरिनुपर्दछ । इतिहासले कोइरालालाई यो ऐतिहासिक जिम्मेवारी पनि सुम्पेको छ ।

मधेसको आन्दोलनलाई शान्ति सुरक्षाको सवालमा ल्याएर हालिदिनु मूर्खता हो । झन् राजावादीहरूको खेल भनेर सजिलो उपाय खोज्नु त भूल मात्र होइन-झुट पनि हो । तराईले पहिचान खोजेको हो र प्रतिनिधित्व र सहभागिता खोजेको हो । यो शान्ति-सुरक्षाको सवाल पटक्कै होइन । यतिबेला पनि शान्ति-सुरक्षामाथिको प्रहार माओवादीबाटै भएको छ । तराई समस्यालाई शान्ति-सुरक्षाको दर्जामा राखेर माओवादी आफ्ना डर-त्रास, अपहरण, हत्या, जबर्जस्ती, निरन्तरको सम्पत्ति जफत, कुटपिट, चन्दाको नाममा फिरौती जस्ता आदि अनगिन्ती दुर्श्कर्महरूलाई गृहमन्त्रीको सहयोगमा ओझेलमा राख्न चाहन्छ । देशलाई बन्धक बनाएर सोझै राज्यसत्तालाई कब्जा गर्ने वा त्रासको वातावरणमा संविधानसभालाई आफ्नो पक्षमा पार्न चाहन्छ माओवादी । आफ्नो त्यो कार्यलाई ओझेलमा राख्ने ‘चलाखी’ गर्दैछ माओवादी । अशान्ति र असुरक्षाको मूल कारण आफू भएको कुरालाई अन्यत्र मोडेर माओवादी रणनीतिक रूपमा तराई दमन चाहन्छ ।

यदि माओवादीको योजनामुताविक गृहमन्त्रीले माओवादी योजनालाई ‘फत्ते’ गरे भने गृहमन्त्री र माओवादीको उद्देश्य त निश्चय नै पूरा होला, तर देश नफुत्कने गृहयुद्धमा फस्नेछ । एउटा जाति र समुदायमाथि भएका ‘दमन’को परिणाम के हुन्छ – संसारका यस्ता घटनालाई सबैले एकपटक तत्काल नसम्झने हो भने देशचाहिँ ‘बिर्सनु’ पर्दछ ।

source::http://www.nepal.hk/?p=1281

Advertisements

Entry filed under: Articles.

Deadline for talks- or dead-end to talks? Peaceful Resolution of Ethnopolitical Movement in Nepal Madhesh

2 Comments Add your own

  • 1. Son of Tirhut  |  July 22, 2007 at 3:09 pm

    I can’t understand why you some Bahuns come to medicate our wound and some come to renew our wound. The only thing that every madhesi knows is almost all of you khasiya are same for us. And now we don’t like to be ilusioned any more, so madhesi brother please be aware of these fraud Khasiya bahuns. And the last warning that we “the madhesi” like to make you know is if you keep on doing this kind of suppression to us then the days are not so far for encounter with civil war and finally a new country.

    Jai Madhes!!!!!

  • 2. Son of Tirhut  |  February 21, 2008 at 7:33 am

    And the new countries name will be Bharat.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 49 other followers


%d bloggers like this: