प्रशान्त-क्रेजले उब्जाएको प्रश्न

October 9, 2007 at 2:34 pm 7 comments

प्रशान्त-क्रेजले उब्जाएको प्रश्न


रामरिझन यादव

विगत करबि एक दशकको नेपाली राजनीतिलाई वस्तुपरक ढङगबाट व्याख्या-विश्लेषण गर्ने हो भने कैयौँ पूर्ववत् मान्यताहरू धराशयी भएको पाइन्छ । नेपालको राष्ट्रिय अखण्डताको प्रतीकका रूपमा बखान हुँदै आएको राजतन्त्र आफ्नो अन्तिम दिन गनिरहेको छ भने एकात्मक र केन्द्रीकृत राज्यप्रणालीको विकल्प नेपालमा छैन भन्ने कथित आधारभूत सोच एवम् दृष्टिकोण पूर्ण रूपमा गलत सावित भएको छ । यहाँसम्म कि हिन्दू र हिन्दूत्व यहाँको प्राण हो अनि गणतन्त्रात्मक शासन प्रणालीको यहाँ कुनै गुन्जाइस छैन भन्ने सयौँ वर्षको स्थापित मान्यता मरणासन्न अवस्थामा पुगिरहेको छ । यस्तो बेला एउटा ‘इन्डियन आइडल’ प्रशान्त तामाङप्रतिको नेपाल-‘क्रेज’ ले यस्ता थुप्रै प्रश्नहरू जन्माएको छ, जसको सही, ठोस र वस्तुपरक जवाफ खोज्नु अहिलेको आवश्यकता हो ।

प्रशान्त तामाङ दार्जीलिङका हुन् । उनको राष्ट्रियता भारतीय हो । प्रहरी ब्यान्डमा काम गर्दा दिनहुँ ‘जन-गण-मन अधिनायक जय हो भारत भाग्य विधाता पन्जाब सिन्ध गजुरात मराठा’ भन्ने भारतीय राष्ट्रिय गीतबाट आफनो दैनिक दिनचर्या सुरु गर्ने प्रशान्तले नेपाली भाषा बोल्दैमा र ढाकाटोपी लगाउँदैमा नेपालीहरूले यति जोडतोडका साथ नारा, जुलुस र उत्सव नमनाउनुपर्ने हो । काठमाडौँका सडकमा कहिल्यै नदेखिएको मध्यरातीमा दीपावलीझैँ पटाका नपड्काउनुपर्ने हो । तर, व्यवहारमा एउटा विशुद्ध नेपालीले प्राप्त गरेको विजयभन्दा भारतीय नागरकिको विजयमा ठूलो उत्सव मनाइनुले कतिपय नेपालीभाषी नेपालीहरूमा एकलकाँटे सोच र विचार अद्यावधि कायम रहेको प्रतीत हुन्छ ।

पञ्चायतकालमा राजा महेन्द्रको भाषिक राष्ट्रवादलाई अहिले नेपाली जातीय राष्ट्रवादमा रूपान्तरण गरएिको देखिन्छ । त्यसैले प्रशान्त तामाङलाई नेपालीको जातीय पहिचानको प्रतीक, नेपाल र संसारभर िछरएिर रहेका नेपालीहरूको गौरव, नेपालीको सान, नेपाली जातिका एकताका प्रतीक, नेपालीपनको पुनर्जागरण तथा नेपालीहरूको गहनाजस्ता कैयौँ विशेषणयुक्त श्रीपेचबाट अलङ्कृत गरेको देख्दा नेपालीय मधेसी मन चिसिन्छ, तातिन्छ र उम्लिन्छ ।

एक करोड नेपालीय मधेसीहरूको भाषा, संस्कृति, रहनसहन र परम्परा आफनै मुलुकमा एउटै राष्ट्रियता बोकेका डेढ करोडभन्दा बढी पहाडी मूलका नेपालीहरूसँग त्यति मिल्दैन, बरु भारतसँग मेल खान्छ । यस्तो परििस्थतिमा धोती, कुर्ता र गम्छामा सजिएर कुनै भारतीयले नोबेल पुरस्कार थाप्छ भने त्यस खुसीलाई नारा, जुलुस र उत्सवमा रूपान्तरण गरी मधेसीहरूले मधेसलाई नै जुलुसमय बनाउँछन् भने त्यो पनि अतिवादी चिन्तनधाराबाट ग्रस्त भएको बुझ्नुपर्छ ।

सुगौली सन्धिले प्रशान्त तथा प्रशान्तजस्ता थुप्रै गोर्खालीहरूलाई भौगोलिक परििधभित्र बाँधे पनि भाषा, संस्कृति र परम्परालाई छेकवार गर्न नसकेकाले नेपालीभाषी नेपालीहरूको मन र मस्तिष्क प्रशान्तको विजयमा रमाएको कुरालाई स्वाभाविक मान्न सकिएला । तर, जुन रूपमा तिनीहरूले खुसी व्यक्त गरेका छन्, त्यस अतिशयोक्तिलाई व्याख्या-विश्लेषण गर्ने हो भने औसत नेपालीभाषी नेपालीहरू अहिले पनि राजा महेन्द्रको भाषिक राष्ट्रवादबाट यो वा त्यो अर्थमा प्रभावित रहेको देखिन्छ । यहाँसम्म कि ठूलाबडा केही नेपालीभाषी लेखक तथा पत्रकारहरू पनि यस रोगबाट अछूतो रहन सकेका छैनन् ।

अरुणा लामा, लैनसिंह वाङ्देल, रणधीर सुब्बा, तुलसी घिमिरे, नीरुता सिंह सबै भारतबाट आएका प्रतिष्ठित र लोकपि्रय विद्वान्, कलाकार, गायक तथा नेताहरू हुन् । नेपाल सरकारले नेपालीभाषीको हैसियतले उनीहरूलाई प्रदान गरेको इज्जत, प्रतिष्ठा, पद र सम्मानको कुनै लेखाजोखा छैन । तर, मुलुकको दोस्रो सबभन्दा बढी बोलिने भाषा मैथिलीको नेपालमा पठनपाठनदेखि साहित्य-सिर्जनामा प्राध्यापक डा धीरेश्वर झा ‘धीरेन्द्र’ ले जुन योगदान गरेका छन्, त्यतिको स्तरमा एउटा मैथिलीभाषी नेपाली साहित्यकारले आजसम्म गर्न सकेको देखिँदैन । तर, डा धीरेन्द्र मैथिलीभाषी भारतीय नागरकि भएकाले त्यो मर्यादा र सम्मान नेपाली शासकबाट पाउन सकेनन्, जुन सम्मान र प्रतिष्ठा नेपालीभाषी भएकाले लैनसिंह वाङ्देलले पाए ।

राजा महेन्द्रले कुनै नेपालीभाषीलाई दार्जीलिङबाट उठाएर प्रज्ञा-प्रतिष्ठानको उपकुलपति बनाउन सक्छन् भने ४० वर्षदेखि प्राध्यापन गररिहेका डा धीरेन्द्र त्यस पदमा किन पुग्न सक्तैनन् भन्ने प्रश्न उहिलेदेखि सचेत नेपालीय मधेसीहरूको मनमा उठिरहेको अवस्थामा नेपालीभाषी नेपालीहरूले प्रशान्तबारे आवश्यकताभन्दा बढी चासो देखाएकाले मधेसीहरूको मनमा चिसो पसेको हो । खासगरी ‘एउटैै भाषा एउटै भेष, प्राणभन्दा प्यारो छ’ भन्ने पञ्चायतकालीन सूत्रबाट प्रशिक्षित व्यक्तिहरूले कपिलवस्तुभन्दा कालिम्पोङलाई काठमाडौँको नजिक ल्याउने प्रयास गरेको देखिन्छ । बहुजातीय र बहुभाषिक समाजमा राजा महेन्द्र शैलीको राष्ट्रवाद अफापसिद्ध भइसकेको अवस्थामा प्रशान्तलाई नेपाली जातिको सान र पहिचानका रूपमा प्रस्तुत गर्नु पक्कै पनि २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनको अपमान हो । यहाँसम्म कि उक्त महान् जनआन्दोलनको परपिूरकका रूपमा भएको माघे मधेसी विद्रोहलाई बुझ्न, सम्झन र आत्मसात् गर्न नसक्नु हो ।

गोर्खालीको वीरता, साहस र सौर्यको इतिहाससँग प्रशान्तलाई जोड्ने हो भने त्यो केही हदसम्म जायज हुन्छ । किनभने, प्रशान्त तथा प्रशान्तजस्तै थुप्रै पहाडी नेपालीहरूको पुर्खाले वीरताको युद्ध लडेको इतिहास छ । गोर्खा नेपालमा छ तर भारतीय नेपालीभाषीहरू आफूलाई गोर्खाली भन्न रुचाउँछन् । यसको मूल कारण फेर िपनि पहिचानको सङ्कट नै हो । सुगौली सन्धिले भौगोलिक सीमा निर्धारण गरेको सयौँ वर्ष बितिसक्दा पनि स्वतन्त्र भारतमा नेपालीभाषीहरूको पहिचानको सङ्कट कायमै थियो, जसरी मधेसीहरूको नेपालमा अद्यावधि रहेको छ ।

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाद्वारा सन् ‘८० को दशकमा चलाइएको छुट्टै गोर्खाल्यान्ड राज्य प्राप्तिको आन्दोलनले केही हदसम्म उक्त समस्यालाई हल गरेपछि नेपालीभाषी भारतीयहरूले अलग पहिचान कायम गर्न आफ्नो क्षेत्रलाई गोर्खा पर्वतीय परष्िाद्, आफ्नो भाषा र आफूलाई गोर्खाली भन्न थालेका हुन् । दार्जीलिङका नेपालीभाषी समुदायका नेता सुवास घिसिङ गोर्खा पर्वतीय परष्िाद्को प्रमुख हुन पाउनुपूर्व सन् १९५० को नेपाल-भारत सन्धिको कट्टर विरोधी थिए । तर, त्यसबारे अचेल उनी बोल्दैनन् ।

प्रशान्तले पनि गीत गाउँदा नेपाली शब्द उच्चारण गर्नुभन्दा बढी गोर्खा शब्द नै प्रयोग गरेको देखियो । ‘गोर्खाको छोरा हुँ, गोर्खाली मेरो नाम’ भन्ने गीतले नेपालीभाषीहरूको मन र भावनालाई छुन सकेको होला तर यसले यस पङ्क्तिकारका पिता विश्वनाथ यादवलाई खासै असर पार्दर्ैन । यसको मूलकारण फेर िपनि राजनीति नै हो । सन् १९१४ को बि्रटिस भारतसँगको युद्धमा मधेसीहरूको भावनात्मक एकता आफ्नै देशको सरकारभन्दा उपनिवेशवादी बि्रटिस भारततर्फ थियो । र, सायद त्यसैले होला, दुई वर्षपछि सुगौली सन्धि हुँदा बि्रटिस भारतले तराईवासीहरूलाई कुनै प्रकारको दुःख नदिने सर्तनामा गराएको तथ्य इतिहासको पानामा अङ्कित छ । तर, इतिहासबाट सिक्न नचाहनेहरू मधेस र मधेसीको सवालमा संवेदनशील हुन सकेनन् । उनीहरूलाई राष्ट्रको मूलधारमा ल्याउनुभन्दा उपेक्षित तथा तिरस्कृत गररिहे ।

शासकहरूको यो षड्यन्त्रकारी सोचमाथि प्रत्यक्ष वा अप्रत्यक्ष स्वीकृति दिनेहरूका लागि प्रशान्त तामाङ नेपालीको पहिचान, नेपालीको सान र नेपालीको ज्यान हुनसक्छ, मधेसीका लागि होइन । मधेसीका लागि ऊ भारतीय हो । भारतीय टीभी च्यानलको प्रतिभावान उद्यमी हो । त्यसैले, इन्डियन आइडल हुन सकेको हो । तसर्थ, प्रशान्तको विजयमा धरान तात्तियो, काठमाडौँ उम्लियो तर जनकपुर, राजविराज र नेपालगन्ज उप|mन सकेन । किनभने, नेपाल अहिले पनि साँचो अर्थमा राष्ट्रिय-राज्य -नेसन स्टेट) बन्न सकेको छैन । राष्ट्रिय-राज्यको निर्माण एकलकाँटे गीत गाएर हुँदैन । बहुराष्ट्रिय सोच र दृष्टिकोण हुनुपर्छ । बहुलवादी समाजको चरत्रि बोकेको राष्ट्रमा एक भाषा एक भेषको नीतिले प्रशान्त तामाङहरूलाई उचाल्न सक्छ । तर, आफ्नै मुलुकका मैथिली, भोजपुरी र अवधिजस्ता भाषाहरूलाई हामी आफैँले अपनाउन र चिन्न नसकेको यथार्थलाई आत्मसात् नगरुन्जेेल वास्तविक अर्थमा राष्ट्रियता मजबुत हुन सक्दैन । ऐतिहासिक जनआन्दोलनले दिएको मूल सन्देश पनि यही हो ।

अल्पसङ्ख्यक समुदायको सुरक्षाको प्रश्न अहम् विषय बनिरहेको वर्तमान विश्वमा भारतीय नेपालीभाषीहरू पनि त्यही प्रक्रियाबाट गुजि्रनुपरेको छ, जसरी आज नेपालमा मधेसीहरू गुजि्ररहेका छन् । गोर्खाल्यान्ड आन्दोलन नभएको भए भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषालाई समावेश गर्न गाह्रै थियो । आफ्नो भाषालाई राज्यले मान्यता नदिएका कारण सिक्किमकी नेपालीभाषी सांसद दिलकुमारी भण्डारी एकताका भारतीय संसद्मा क्वाँ-क्वाँ रोएकी थिइन् । नेपाली भाषाले भारतीय संविधानको आठौँ अनुसूचीमा प्रवेश पाएपछि भारतीय नेपालीभाषीहरूले त्यस दिनलाई दीपावलीका रूपमा मनाउँछन् भने नेपालका मधेसीभाषीहरूले आफनो देशमा त्यस स्तरको मान्यता अझै पाउन सकेका छैनन् । त्यसैले भाषा, संस्कृति र परम्पराले जातीय पहिचानलाई फराकिलो पार्छ भन्ने सोचका आधारमा दार्जीलिङवासी भारतीयहरूलाई आफ्नै मुलुकका मैथिली, भोजपुरी र अवधिभन्दा बढी प्रश्रय दिन खोजिएको हो भने त्यसले कालान्तरमा राष्ट्रियताको प्रश्नमा कलह निम्त्याउँछ ।

उदेकलाग्दो कुरा त के छ भने जसले हिन्दी भाषाको नाम पनि सुन्न चाहँदैन, तिनीहरूले नै हिन्दी गीत गाएर इन्डियन आइडल बनेका प्रशान्त तामाङलाई आफ्नो सान ठान्छन् । र, के अर्थमा गर्व गर्छन् भने प्रशान्त तामाङ नेपालीभाषी हो । यसरी आफ्नो समुदायको भएकै कारण अन्तरक्ष्िा वैज्ञानिक कल्पना चावला र सुनीता विलियम्सप्रति भारतीयहरूले पनि खुब खुसी व्यक्त गरेका थिए, नारा-जुलुस लगाएका थिए । तर, आफ्नै मुलुकका एक अल्पसङ्ख्यक जातिमध्ये रहेका गोर्खालीका छोरा प्रशान्त तामाङ इन्डियन आइडल भएपछि दिल्लीको एक उरन्ठेउले एफएम रेडियोले अपशब्द प्रयोग गर्दा सिलिगुडीमा झन्डै साम्प्रदायिक दङ्गा भड्केको थियो । पहाडको रानी दार्जीलिङप्रति मात्र होइन, नेपालप्रति समेत भारतीय शासकको दृष्टिकोण राम्रो नभएकाले यस प्रकारको स्थिति सिर्जना भएको हो । तर, बुझ्नुपर्ने कुरा के छ भने भारतीय हैकमवाद तिनै प्रशान्त तामाङ र उनले पाएको इन्डियन आइडल उपाधिमार्फत नेपालमाथि आफ्नो सांस्कृतिक वर्चस्व कायम राख्ने प्रयास गर्दैछ, जसको खुलासा आगामी दिनहरूमा हँुदै जानेछ ।

http://kantipuronline.com/Nepal/distrikone.php

Advertisements

Entry filed under: Articles.

Open border, closed minds MUSLIMS of NEPAL: Becoming an assertive minority

7 Comments Add your own

  • 1. Prashant  |  October 10, 2007 at 7:51 pm

    The article seems no ironical at all and the writer seems no better than being Zealous of what love, affection Nepali people has given to him, but the writer misses someone on the show “Udit Narayan” In the whole article he has not mentioned Udit….why? Prashant represented the voice of Nepali people all over the world and he was supported by kathmandu,pokhara, dharan but not by janakpur, rajbiraj, birgunj why? It’s obvious that people become happy when thier own achieve something and it’s a matter of pride that prashant is Indian idol. So try to throw positive things in this achievement and don’t try to arouse communality in this period where Indians are killing in our country.

  • 2. madhesi putri  |  October 11, 2007 at 9:38 pm

    eh prashant chup oie, u shouldnt be tamang, u should be some crazy pahadi bahun?

  • 3. To madhise Putri  |  October 12, 2007 at 8:21 pm

    Laga na dil mein laga na jab apne community k log par kohi kuch kehta hai to lag na? So try respecting others emotions and sentiments too. When I wrote few owrds opposing writer of the article madhesi putri came out of nowhere! likewise People who are tru Nepalis came out of nowhere to rescue prashant when he was on the show.So try understanding the negative thoughts on the article and don’t comment without thinking. Am i wrong?

  • 4. To madhise Putri  |  October 12, 2007 at 8:24 pm

    Can you show one person from your community who voted for prashant while at contest? I am afraid you won’t find even a single among millions of you? Can you explain why is this?

  • 5. black_mamba  |  October 17, 2007 at 6:32 pm

    Is this gonna Kill You? No i Dont Think so !

  • 6. madhesi putri  |  October 17, 2007 at 11:32 pm

    to ‘to madhesi putri’

    laga to bahot hai
    tara you are still unable to recognize the fact that prashant in not a nepali, but just a nepali origin.
    what if madhesis start supporting bihar and UP, the reason will ethnic division, and more clashes, and the division of country,
    so think of unity of people emotionally within the country first, i hope u r matured enogh to understand this

  • 7. bikash jha  |  October 21, 2007 at 7:35 pm

    i am strongly opposed to what mr.Ramrijhan yadav has said upon nepal’s nationalism. Nepal sorunded by india naturally fears the submerging of itself within india and also that Mr.ram rijhan said the inheritants of terai supported british govt in india then nepals govt, i must say that british govt had thrown the dowry to some local “samantas” in teari when war was waged in between nepal and british india that no way mean supporting to british govt by terai people. What terai people wants today is participation in every aspect of national life in nepal but not the seperatism. i must challenge Mr rijhan that mithilanchal never mean against national soverenty of nepal . We found our selves in nepal by merging the land of ours in nepal and we dont need to feel like “gaddars”. We are the people never waged war against the country but can hill people also say this? so Mr ram please dont drag entire terai people in your line of treasonry. we are not treasoners. When it is talked of hinduism yes we in terai are also hindus and this is the fact which can unite all of us in nepal in one single lineup.
    Thanks

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 49 other followers


%d bloggers like this: