मधेसी एकता

October 22, 2007 at 5:06 am 1 comment

मधेसी एकता

मञ्चला झा

 

मैथिलीमा एउटा उखान छ- “घर फुटे गवाँर लुटे ।”यस उखानको मर्मलाई मधेसीहरूले सायद बुझ्नसकेका छैनन् । त्यसैले होला आपसी मतभेद, स्वार्थ, अहंकार र पदलोलुपताका कारण मधेसीहरू आपसमा फुट्दैछन् । गत जनआन्दोलनलगत्तै भएको मधेसी आन्दोलनले जहाँ मधेसीमा नयाँ आसा, विश्वास, जोश, जाँगर र उत्साहको भावनालाई जागृत गर्‍यो । भदौ महिनाले मधेसीहरूको महत्त्वाकांक्षामाथि तुषारापात गरेको छ । हिजो-अस्तिसम्म आफूलाई मधेसी भन्न डराउने गैरमधेसी खस सम्प्रदायको अगाडि मैथिली बोल्न हिचकिचाउने मधेसीहरूमा समेत मधेस आन्दोलनले आत्मविश्वास जगाउनुका साथै आफू नेपाली हुँ र राज्यमा आफ्नो पनि अधिकार छ भन्ने चेतनाको अभिवृद्धि गर्‍यो । माघको कठ्याङगि्रने जाडोको समेत पर्वाह नगरी नाङ्गो खुट्टा, धोती र फाटेका गञ्जी लगाएका मधेसी पुरुष तथा वर्षौंदेखि घुम्टोको आडमा बसेकी महिलासमेत आफ्नो नैसर्गिक अधिकार प्राप्तिको उक्त आन्दोलनमा सडकमा उत्रेर यो सिद्ध गरिदिएका छन् कि जब-जब जनताका प्रतिनिधि इमानदारिता, लगनशीलतासाथ जनताको हितार्थ अग्रसर हुन्छन्, जनमानस आफ्नो ज्यानको बलिदान दिन तत्पर रहन्छन् ।

वास्तवमा मधेसको यस युगान्तकारी आन्दोलनको श्रेय मधेसी जनअधिकार फोरमलाई जान्छ भने यस आन्दोलनको नायक बने उपेन्द्र यादव । यसरी मधेस आन्दोलनपश्चात मधेसी जनअधिकार फोरम मधेसीहरूको पर्यायवाची शब्द बनेको छ । मधेससित यस्तो अटुट नाता गाँसेको मधेसी जनअधिकार फोरमको क्रियाकलापमाथि जनमानसको ध्यान जानु स्वाभाविकै हो । यसैकारणले होला फोरमले भर्खरै सरकारसँग गरेको सम्झौता र तत्पश्चात भएको फुट सम्पूर्ण मधेसीहरूका लागि चासोको विषय बनेको छ । विशेषतः सम्झौता हुनेबित्तिकै एकपक्षले यसलाई ऐतिहासिक तर अर्को पक्षले गद्दारीको संज्ञा दिएपछि उत्पन्न आरोप-प्रत्यारोपको विवादमा फँस्न पुगेको फोरमको वर्तमान राजनीतिक अवस्थाले सम्पूर्ण मधेस र मधेसी नै दोधारमा परेका छन् ।

अर्कोतिर १७ वर्षदेखि मधेसको मुद्दालाई लिएर अग्रसर सद्भावना पार्टी तीन महिना अघिमात्र एकीकृत भएर पुनः विभाजित भएको हुनाले उनको एकीकरण “कर्कलाको पानी” सिद्ध भएको छ । आपसी समझदारीको कमी, पदलोलुपता, स्वार्थ र अहंकारको अन्तरकलहका कारणले दुई चिरामा विभाजित भएको यस पार्टीले समेत मधेसीहरूको मनोबललाई कमजोर तुल्याइदिएको छ । मधेसको मुद्दालाई लिएर विगत केही महिना यतादेखि हतियार उठाएका दर्जनौं सशस्त्र समूहबीच फुटको सिमाना छैन । एउटै सोच, विचार र दृष्टिकोण बोकेका गोइत र ज्वाला सिंहबीच फुटेको मुख्य कारण फेरि पनि व्यक्तिवादी सोच, निहित स्वार्थ तथा अहंकार नै हो । यस्तो पार्टीको कार्यदिशा कस्तो हुन्छ भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ । हाल जनतान्त्रिक कार्यप्रणालीमा देखिएको यिनै कमी-कमजोरी र त्रुटिका कारण त्यसले आफ्नो रणनीतिक लक्ष्य प्राप्त गर्छ भन्नेमा मधेसीहरू विश्वस्त छैनन् । यसरी मधेसको राजनीतिक अवस्था दिनदिनै गम्भीर हुँदै गइरहेको छ भने मधेसीहरूको भविष्य नै अन्योलमा परेको छ ।

मधेस आधारित राजनीतिक दलको इतिहास पुरानो छ । मधेसी राजनीतिलाई लिएर हिँड्ने काम ००७ सालकै आन्दोलनको पृष्ठभूमिमा रघुनाथ ठाकुरले गरेका थिए । यसपछि कुलानन्द झा, वेदानन्द झा, रामजनम तिवारीको तराई कांग्रेसदेखि गजेन्द्रनारायण सिंहको नेपाल सद्भावना पार्टीले मधेसी आवाजलाई संगठित रूपमा उठाउने प्रयास गरेका थिए । ०४६ सालपछि देशभर लगभग सयको संख्यामा मधेसी केन्दि्रत संस्थाहरू खुले भने ०६३ सालको आन्दोलनपछि मधेससँगै जोडिएर साझा मञ्चहरू बनाउने लहर नै देखिएको छ । तर अपसोच, प्रमुख दलभित्र मधेसी नेता त छन्, तर मधेसी आन्दोलनलाई नेतृत्व गर्ने सर्वमान्य नेतृत्व स्थापित हुनसकेको छैन र

यही मधेसीहरूका लागि विडम्बनाको विषय हो ।

संघीय प्रणाली समानुपातिक प्रतिनिधित्व, राज्यको प्रत्येक अंगमा समावेशीकरण सबैका मूल मुद्दा हुन् । तर यस मूल मुद्दामाथि केन्दि्रत नभएर मधेसीहरू फुटमै रर्मारहेका छन् । घतलाग्दो कुरा त के छ भने यतिका दल, पार्टीहरू खुलेर पनि हाम्रा मधेसी राजनीतिज्ञहरू सन्तुष्ट छैनन् । फेरि पनि नयाँ-नयाँ दल गठन गर्ने होडमा व्यस्त छन् । यस्तो अवस्थामा के मधेसी सहिदहरूको सपना साकार होला ? वर्तमान समयमा राजनीतिक पार्टीहरूले, केन्द्रीय नेतृत्वहरूले बुझ्नुपर्ने के छ भने माघ महिनाको कठ्याङगि्रने जाडोमा तातिएको मधेसी स्वरको सही राजनीतिक आँकलन हुनसकेन भने त्यो मधेस र मधेसीप्रति अन्याय र बेइमानी हुनेछ । तसर्थ यदि वास्तवमा मधेस जनअधिकार फोरम, सद्भावना, जनतान्त्रिक तराई मुक्तिमोर्चा र ज्वाला, गोइत, विस्फोटक, मधेसी मुक्ति टाइगर, मधेसी कोब्रा, मधेसी तूफान एवं मधेसी भाइरस किलरजस्ता संगठन मधेस हितको उद्देश्य लिएर विद्रोह गरिरहेका छन् भने सर्वप्रथम यिनीहरूलाई आपसमा संगठित हुन आवश्यक छ ।

मधेसलाई एउटा यस्तो सशक्त नेतृत्वको आवश्यकता छ, जो मधेसको सबै संगठन, सबै नेतागण तथा मधेसवासीलाई एउटै छातामुनि संगठित गरेर अहिंसात्मक, असहयोग आन्दोलनद्वारा यस्तो दबाबको सिर्जना गरोस्, जसले राष्ट्रिय स्तरसाथै अन्तर्राष्ट्रिय स्तरमा पनि नैतिक समर्थन एवं सहयोग प्राप्त हुनसकोस् । मधेसीहरूले बुझ्नुपर्ने के छ भने मधेसीको असहज परिस्थितिनिम्ति प्रमुख दोषी राज्य हो । तर एकापसमा फुटेर आफ्नो खुट्टामा आफैं बञ्चरो हान्नुसट्टा एकापसमा मिलेर आपसी समझदारीसाथ बढ्नु बुद्धिमता होला ।

source::http://www.kantipuronline.com/kolnepalinews.php?nid=124936

Advertisements

Entry filed under: Articles.

Tarai churning झंडा र राष्ट्रीयता

1 Comment Add your own

  • 1. ALL INDIA MADHESI STUDENT ASSOCIATION (AIMSA), INDIA  |  November 10, 2007 at 5:37 pm

    Hi,
    we appreciate this artical
    we must need to unite any how.
    1st is that in this crucial situation of terai we are laging a visionary leader in terai. who can unite evryone and lead the terai to path of peace, prosperity harmony is society as well as simulteneouly for the development of terai of nepal.
    As we think “DIVISION HAVE NO ANY DESTINATION”.
    MADHESI PEOPLE NEEDS SOCIAL REVOLUTION INSIDE THEIR COMMUNITY TO END THE RACISIM BETWEEN THEMSELVES
    There is somany racisim inside terai and every one filling i am bigger than other. these raciasim are the cancer viruses of our madhesi society who allow otherS to apply DIVIDE AND RULE POLICY IN OUR MADHESI SOCIETY.

    NOTE:-
    PLEASE VISIT OUR AIMSA URL
    http://indiamadhesi.wordpress.com
    it’s all about ALL INDIA MADHESI STUDENT ASSOCIATION (AIMSA), INDIA

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 47 other followers


%d bloggers like this: