मधेशी आन्दोलनका विस्तृत अध्ययन प्रतिवेदन

November 17, 2007 at 9:13 pm Leave a comment

धनुषा महोत्तरी सर्लाही रौतहट बारा र पसा्रमा मधेशी आन्दोलनका क्रममा भएकॊ ज्यादती सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन ०६३

 

सार्वजनिक भएको मितिः ०६३ चैत २२ गते

 

मानवअधिकार सन्धि अनुगमन समन्वय समिित

सचिवालयः अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक

 

 

कार्यकारी सारांश

<br>
मधेशी जनअधिकार फोरमको अगुवाईमा ०६३ माघ २ गतेदेखि माघ २५ गतेसम्ममा तराईमा भएको आन्दोलनका क्रममा धनुषामा दुई जना र सर्लाहीमा पाँच जनाले ज्यान गुमाएको पाइयो । मधेशी आन्दोलनको क्रममा बारा जिल्लामा दुई जना र पसा्र जिल्लामा दुई जना गरी जम्मा चार जनाको मृत्यु भएको थियो । बारा जिल्लामा १ सय २ जना पसा्र जिल्लामा १ सय २५ र रौतहट जिल्लामा २३ जनासमेत गरी जम्मा २ सय ५० जना घाइते भएको अस्पतालको रेकर्डबाट देखियॊ । बारा जिल्लामा २९ जना पसा्र जिल्लामा ३९ जना र रौतहट जिल्लामा १९ जना समेत जम्मा ८७ जना प्रहरीहरु र रौतहट जिल्लामा १७ जना सर्वसाधारणलाई माओवादीले कुटपिट गरी घाइते पारेका थिए । यस क्रममा धनुषामा राज्यबाट ४ सय ३३ जना घाइते भएकोमा त्यसमध्ये ६ जनालाई गोली लागेको थियो । यसैगरी धनुषा महोत्तरी र सर्लाहीमध्ये मधेशी आन्दोलनका क्रममा सबैभन्दा कम प्रभावित जिल्ला भने महोत्तरी देखियो जसमा जम्मा ४ जनामात्र घाइते भएका थिए ।

मधेशी आन्दोलनका क्रममा मधेशी फोरमका कार्यकर्ताले गरेको तोडफोडबाट सबैभन्दा बढी धनुषामा नीजि तथा सरकारी सम्पत्ति क्षति भएको पाइयो । पीडितले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन र सरकारी कार्यालयले संकलन गरेको विवरणका आधारमा धनुषामा सरकारी तथा नीजि सम्पत्ति गरी जम्मा ७ करोड २१ लाख ६४ हजार रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको पाइयो । यस क्रममा महोत्तरीमा १८ लाख बराबराको सरकारी सम्पत्ति क्षति भएको छ भने करिब दुई लाख बराबरको नीजि सम्पत्ति क्षति भएको थियो । त्यसैगरी सर्लाहीमा पनि मधेशी जनअधिकार फोरम कार्यकर्ताले गरेको तोडफोडबाट नीजि र सरकारी सम्पत्ति क्षति भएको पाइयो ।

धनुषा महोत्तरी र सर्लाहीमा मधेशी जनअधिकार फोरमले गरेको आन्दोलनले अराजक रुप लिएर तोडफोड आगजनी र लुटपाट गर्न थालेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको पाइयो । त्यस क्रममा लाठीचार्ज अश्रुग्याँस प्रहार तथा केही स्थानमा गोली समेत प्रहार गरिएको पाइयो । मधेशी जनअधिकार फोरमका कार्यकर्ताले धनुषामा भने सालिक तोडफोड गैरमधेशी समुदायको नीजि सम्पत्ति लुटपाट तथा आगजनी र गैरमधेशी महिलामाथि कतिपय अवस्थामा गम्भीर दुव्र्यवहार गरेको पाइयो ।

मधेशी आन्दोलनका घाइतेले उपचार गराइ रहेको जनकपुर अाचलमा आन्दोलनकारी लुकेको वहानामा प्रहरी प्रवेश गरी हस्तक्षेप तथा घाइतेमाथि लाठीजार्च गरेको पाइयो । त्यसैगरी मधेशी आन्दोलनका क्रममा जनकपुरको मुस्लिम टोलमा प्रहरीले हस्तक्षेप गरी मस्जिदमा नवाज पढिरहेका र घरमा काम गरिरहेका महिलाहरुलाई समेत कुटपिट गरेको पाइयो ।

मधेशी जनअधिकार फोरमले ०६३ माघ २ गतेदेखि सुरु गरेको मधेशी आन्दोलनले पछिल्लो समयमा िहंसात्मक रुप लियो । आन्दोलनकारीहरुले सरकारी कार्यालयहरु राजनीतिक दलका कार्यालयहरु राष्ट्रिय विभूतिहरुका शालिक र व्यक्तिगत सम्पत्तिमा आगजनी तथा तोडफोड गरेका थिए । आन्दोलनको क्रममा सरकारी तथा नीजि सम्पत्ति नोक्सान हुदाँ मानिसको बाँच्न पाउने हक गुमेको अध्ययनको क्रममा पाइयॊ । यसैगरी आन्दोलनको क्रममा बारा र रौतहट जिल्लाको सरकारी कार्यालय तथा पार्टी कार्यालयहरु व्यक्तिगत सम्पत्तिमा आगजनी लुटपाट र तोडफोड हुँदा रौतहट जिल्लामा ६ करोड ६७ लाख ३२ हजार र बारा जिल्लामा २२ लाख ९६ हजार २ सय ३१ रुपैंया गरी दुई जिल्लामा जम्मा ६ करोड ९० लाख २८ हजार २ सय ३१ रुपैंया बराबरको क्षति भएको देखिन आउँछ । पसा्र जिल्लाको क्षति विवरण संकलन हुने क्रममा रहेको छ ।

यसैगरी आन्दोलनको क्रममा आन्दोलनकारीहरुले शान्तिपूर्ण रुपमा आन्दोलन साचालन गर्ने भने पनि हतियार सहित आन्दोलनमा सरिक भएको प्रहरी तथा सरकारी कार्यालयहरुलाई आक्रमणको निशाना बनाएको प्रहरीलाई लक्षित गरी गोली तथा बम प्रहार गरेको हतियार खोसेको भाँचिदिएको जलाइदिएको र खोसेका केही हतियार फिर्ता नगरेका स्थलगत अध्ययनको क्रममा पाइयो । सुरक्षाकर्मीबाट पनि आवश्यक भन्दा बढी बल प्रयोग गरी आन्दोलनकारीलाई घाइते पारेकॊ गोली प्रहार गर्दा प्रचलित कानून हनन गरी अन्धाधुन्ध गोली चलाइएको पाइयो । माओवादीले फोरमको आन्दोलन विथाल्न कतिपय अवस्थामा राजावादीको घुसपैठ भन्दै सर्वसाधारण समेतलाई कुटपिट गरी घाइते पारेको अध्ययनको क्रममा पाइयो ।

Read Full Report, PDF 317kb, 76 pages

Advertisements

Entry filed under: Articles.

Mithila sambat as the national sambat Nepal Encyclopædia Britannica Version

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 46 other followers


%d bloggers like this: