पहिचान र स्वाभिमाननिम्ति

December 29, 2007 at 9:56 am 1 comment

पहिचान र स्वाभिमाननिम्ति

महन्थ ठाकुर , अध्यक्ष, तर्राई-मधेस लोकतान्त्रिक पार्टर्ीीवं संयोजक, बृहत् राजनीतिक शक्ति निर्माण अभियान

देश र मधेस दुवै अहिले युगान्तकारी परिवर्तनको पर्खाइमा छन् । आज देशका जनता र्सवसत्तावादीहरूको अन्त्य गरी र्सार्वभौम सत्तासम्पन्न हुन चाहन्छन् । राजकीयसत्ता लगायत सम्पर्ूण्ा शक्तिको स्रोत हातमा लिई आफ्नो सर्वोच्चता स्थापित गर्न चाहन्छन् । तर यतिमात्रै जनताको चाहना होइन । जनताको वास्तविक चाहना हो, सबै प्रकारको शोषणको अन्त्य र यसको जडोको समाप्ति ।ऐतिहासिक र अभूतपर्ूव एकबद्धतापर्ूण्ा मधेस आन्दोलन र प्रातःस्मरणीय महान उत्र्सर्गी ४२ सपुतको रगतको सन्देश यही हो । तर शासकको रूपमा परिणत राजनीतिक शक्ति जनताको यस पवित्र चाहनामाथि तुषारापात गराउन उद्यत छन् । परिणामस्वरूप सिमान्तकृत मधेसी समुदाय, आदिवासी, दलित, जनजाति, महिलामाथि भइरहेको चौतर्फी शोषण र भेदभाव कालक्रमसाथ संस्थागत हु“दै गइरहेछ । तर सहिदको रगत खेर जाने छैन । उहा“हरूको सहादतले दिएको सन्देश पूरा गर्न हामी कृतसंकल्प छौं । हाम्रो यात्राको पवित्र लक्ष्य पनि यही हो । यात्रा संर्घष्ापर्ूण्ा भए पनि हाम्रो विजय निश्चित छ । यस विजययात्रामा सहयात्री बन्न हामी सबै मधेस अधिकारवादीलाई हार्दिक आमन्त्रण गछौर्ं । धेरै अबेर भइसक्यो, अब पर्खाइमा पर्नुहुन्न । लक्ष्यप्रति अग्रसर हुनु नै आजको एकमात्र आवश्यकता हो ।मधेस आफ्नो पहिचान, अधिकार र स्वाभिमानका लागि संर्घष्ामा जुटेको छ । यो मुक्तिका लागि संर्घष्ा हो । भेदभावपर्ूण्ा औपनिवेशिक शासनको अन्त्यका लागि संर्घष्ा हो।

शाहवंशीय शासकले पहाडी राज्य जितेका थिए । उनीहरूले पहाडमा आफ्नो शासन-प्रशासन पनि क्षेत्रीय रूपमा नै चलाए । तर तर्राई-मधेसमा उनीहरूले औपनिवेशिक शासकको रूपमा शासन गरे । शासन-प्रशासन तथा आर्थिक विकासका कार्यक्रममा मधेसीलाई सहभागी गरेनन् । अन्नपात, वीउ-विजन, काठ, हात्ती, लत्ताकपडाको आपर्ूर्ति मधेसबाट गरे । मधेस र मधेसीलाई भने उपेक्षित राखे । लोकतन्त्रका लागि आन्दोलनमा मधेसीले सदैव संर्घष्ाशील रही सहभागिता प्रदान गरे । तर शक्तिको ढा“चामा कुनै परिवर्तन आएन । राजनीतिक, आर्थिक तथा रोजगारको क्ष्ँेत्रमा मधेसी, महिला, दलित, आदिवासी, जनजाति उपेक्षित भए । शिक्षा, स्वास्थ्य, सामाजिक सेवाको क्षेत्रमा पछाडि परे । शासन-प्रशासनमा सहभागिता घट्दै गयो । आवाज उठाउ“दा विखण्डनवादी र साम्प्रदायिक भनियो । नेपाली राष्ट्रियता र संस्कृतिलाई परिभाषित गर्दा पनि मधेसीलाई टाढा राखियो । एउटा भाषा र एउटा भेषमा राष्ट्रियता देख्ने प्रयास भयो । निरंकुश राजतन्त्रमा राष्ट्रियता देख्ने प्रयास भयो । महेन्द्रवादी मण्डले राष्ट्रवाद अर्थात् भारत विरोधमा आधारित राष्ट्रवादको निसाना बन्यो मधेस, बेधिए र ज्यान गुमाए मधेसीहरू । मधेसी नागरिक बनेर राष्ट्रियतालाई राष्ट्रिय बनाउन खोजे, शासन-प्रशासनमा, सेना र पुलिसमा भर्ना भई राष्ट्रका यी संगठनलाई राष्ट्रिय रूप दिन खोजे, संसदमा आफ्नो भाषामा बोल्न खोजे, आफ्नो भेषभूषामा आउन खोजे, तर नारायणहिटीदेखि सिंहदरबारसम्म राज्यको हरेक अंगमा उपेक्षित र अपमानित हुनपर्‍यो।

शिर निहुराएर मुख थुनेर बस्न बाध्य बनाउने वातावरण तयार गरियो । आफ्नै घरखेत खलिहानमा, आफ्नै जग्गाजमिन भूमिमा विदेशी ठानिएको पीडा भोग्नुपर्‍यो । खण्डित राष्ट्रियता र अन्धराष्ट्रवादको तरवार सबै ठाउ“मा मेधसीको शिरमाथि झुन्ड्याइयो । यो क्रम अहिले पनि जारी छ । भर्खरै चिरप्रतिक्षित सातदलीय २३ सूत्रीय सहमति र्सार्वजनिक भएको छ । यसका लागि संविधानसभाको चुनाव स्थगित गराइयो । राष्ट्रको ढुकुटी खेर फालियो, तर प्राप्ति ऋणात्मक नै रह्यो । सत्तँ र पदको बा“डफा“ड बाहेक अरू केही भएन । मधेसीलाई सम्बोधित गर्ने तर्राई-मधेसका जनताको आकांक्षालाई नियाल्न, वास्तविकतालाई बुझ्ने चाहनाको झलक पनि देखिएन ।अब मधेसी शिर निहुराएर होइन, ठाडो गरेर बा“च्न चाहन्छन् । आफ्नो घरखेत खलिहान, जग्गाजमिनको व्यवस्थापन आफैं गर्न चाहन्छन् । मधेसीहरू मधेसी सरकार चाहन्छन् । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका चाहन्छन् । शासन-प्रशासन, पुलिस, सत्तँमा मधेसी देख्न चाहन्छन् । लैंगिक, वर्गीय, जातीय शोषण र सबै प्रकारका असमानताको अन्त्य चाहन्छन्।

हाम्रँे माटोको, मधेसी सहिदको रगतको यही प्रण हो । हाम्रँे कदम त्यसैले अरू कसैको इसारामा होइन, यही माटो र सहिदको रगतको निर्देशनमा उठाइएको कदम हो । त्यसैले हामी गौरवान्वित छौं । यसमा पश्चातापको कहीं कतै कुनै गुञ्जाइस छैन । आफ्ना जनता, माटो र बलिदान विपरीत हि“ड्ने पछुताउ“छन् । न्याय र सत्यका लागि कदम उठाउने गर्व गर्छन्।

यो लक्ष्य प्राप्तिका लागि सामन्ती वर्चस्ववाद र शोषणको पृष्ठपोषक राजतन्त्रको अन्त्य जरुरी छ । समता र लोकतन्त्रको अभ्यास जरुरी छ । त्यसैले तर्राई-मधेस लोकतान्त्रिक पार्टर्ीीे लक्ष्य छ, गणतन्त्रात्मक लोकतान्त्रिक संघीय नेपाल र आत्मनिर्ण्र्ााहितको स्वशासित तर्राई-मधेस- एक प्रदेश।

हामीमाथि विखण्डनवादी, साम्प्रदायवादी, विदेशीको इसारामा हि“डेको आरोप लगाइन्छ । तर वास्तवमा विखण्डनवादी त ती हुन्, जो अरूको कुरा सुन्न चाह“दैनन् । साम्प्रदायवादी ती हुन्, जो आफ्नैमात्र समुदायको वर्चस्व चाहन्छन् । हामी समतावादी हौं । मधेसी असमानताका सिकार बनाइएका छन् । त्यसैले हामी मधेसवादी हौं । हामी परिवर्तनवादी हौं । हामी वर्तमान अवस्थामा बस्न चाह“दैनौं । पहिचान मेटाउनु, दबाएर राख्नु एकताको आधार हुन सक्दैन । यो युग जोड्ने युग हो, तोड्ने होइन । वषौर्ंदेखि आपसमा लडिरहेका राष्ट्र, जातजाति एकअर्कालाई स्वीकार गरेर बस्न खोजिरहेका छन् । हामीलाई स्वीकार गर्दा हामी अस्वीकार गर्दैनौं, तर हामी आफ्नो पहिचान र स्वाभिमानको रक्षा गर्न दृढ छौं । त्यसैले हाम्रो एउटैमात्र भनाइ छ, हरथोक साझा र सबैमा आधा । तर्राई-मधेस लोकतान्त्रिक पार्टर्ीीो लक्ष्य पर्ूर्तिका लागि समर्पित रहनेछ । यसका लागि सबै मधेसी अधिकारवादीको एकजुटता आवश्यक छ । यसका लागि हाम्रो पार्टर्ीी तर्राई-मधेस बृहत् राजनीति शक्ति निर्माण अभियानलाई निरन्तरता दिनेछ । हामी पुनः सम्पर्ूण्ा मधेसी अधिकारवादी शक्तिलाई एकजुटताको आग्रह गछौर्ं, किनभने लक्ष्य प्राप्तिको यही एकमात्र उपाय हो।

केही विद्वान, राजनेता, र्सवसाधारणले हाम्रो प्रयासको यथार्थ चित्रण गर्नुभएको छ । हामी उहा“हरूप्रति आभारी छौं । उहा“हरूले व्यक्त गर्नुभएको विचारलाई मार्गदर्शनको रूपमा लिन्छौं।

संविधानसभाको हामी विरोधी होइनौं । सबैको र्सार्थक र न्यायपर्ूण्ा उपस्थितियुक्त उपलिब्धमूलक संविधानसभा हुने वातावरण हुनुपर्‍यो । सहज रूपमा शान्तिपर्ूण्ा तरिकाबाट आफ्नो अभिमत प्रकट गर्ने जनताको अधिकारको हामी सम्मान गर्र्छौं । तर बल प्रयोग गरी समस्याको समाधान खोज्ने मानसिकतासित हाम्रो पर्ूण्ा असहमति छ । त्यसैले यसका लागि र्सवप्रथम मधेसमा शान्तिपर्ूण्ा अवस्था र स्थिति सहज हुनु आवश्यक छ।

नेपाल सद्भावना पार्टर्ीीआनन्दीदेवी) र मधेसी जनअधिकार फोरमबाट समूहगत रूपमा र जिल्ला-जिल्लाबाट समूहगत एवं व्यक्तिगत रूपमा तर्राई-मधेस लोकतान्त्रिक पार्टर्ीी समाहित हुनुभएका एवं हाम्रँे अभियानलाई र्समर्थन गर्नुभएका सबैमा म आफ्नोतर्फाट र तर्राई-मधेस लोकतान्त्रिक पार्टर्ीीे तर्फाट हार्दिक स्वागत गर्छर्ुु

न्यायपर्ूण्ा र जायज मागनिम्ति संर्घष्ाको हाम्रँे यस यात्रामा स्नेह, र्समर्थन र सहयोग गर्ने सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्र्छौं । यस्तै सहयोग, र्समर्थन र मार्गदर्शनको आशा राख्छौं ।
source::http://www.kantipuronline.com/kolnepalinews.php?&nid=132667

 

 

Advertisements

Entry filed under: Articles.

The year of the madhes We have a right to declare independence – Mahanta Thakur

1 Comment Add your own

  • 1. आकार  |  January 12, 2008 at 4:27 am

    कुरा कत्ति मिठो छ , तर ठाकुर ले पनि खै किन बिखण्डन ल्याउने अभिव्यक्ति दिए ???

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 47 other followers


%d bloggers like this: