निर्वाचनमा जातीयता

April 6, 2008 at 9:25 am 3 comments

निर्वाचनमा जातीयता

 तुलानारायण साह

मधेसका समाचारमा उम्मेदवारको जाति र मतदाताको जातीय संख्या जोडेर विश्लेषण गर्ने गरेको पाइन्छ । समग्र मधेसी समुदायलाई मधेसवाद-समुदायवाद) अथवा त्यसै सर्न्दर्भलाई जातिवाद भनेको भए बेग्लै हुन्थ्यो । मधेसी समुदायभित्रका जाति यादव, थारू, साह आदिलाई छुट्याएर तिनै जातिका आधारमा मतदान हुनसक्ने मनसायका विश्लेषण पाइएको छ । यस्ता विश्लेषकले मधेस राजनीतिको सतही तथ्य बढाइचर्ढाई प्रस्तुत गरेर त्यस समाजप्रति दुराग्रह पोख्ने गरेको देखिन्छ ।

विगतको मधेस राजनीति

नेपालमा निर्वाचन प्रणाली सुरु भएताका मधेसमा नेपाली कांग्रेसको प्रभाव थियो । कांग्रेसको भारतीय कांग्रेस पार्टर्ीी त्यहा“का नेतास“गको सत्संगका कारण भारतीय शैलीकै चुनावी राजनीतिक संस्कार मधेसमा कायम हुन पुग्यो । केही ठाउ“मा वामपन्थीहरूको पनि राम्रै प्रभाव थियो । वीपी कोइराला, तुलसीलाल अमात्य, विष्णुबहादुर मानन्धरजस्ता नेता प्रथम संसदीय निर्वाचनमा मधेसी समुदायको बाहुल्य भएका ठाउ“बाट निर्वाचित भएका थिए । पञ्चायतकालमा मधेस-कांग्रेस, वामपन्थी र पञ्चहरूको मिश्रति प्रभावस्थल रहयो । पञ्चायती निर्वाचनमा मोरङमा उमेशजंग थापा, सुनसरीमा दिलबहादुर श्रेष्ठ, होमबहादुर श्रेष्ठ, सिरहामा कृष्णचरण श्रेष्ठ, धनुषामा हेमबहादुर मल्ल, महोत्तरीमा भोजराज घिमिरे, र्सलाहीमा ताम्रराज मास्के, रामजीबाबू थापा, मोहनविक्रम अधिकारी, रौतहटमा द्रोणशमशेर राणा, नवलपरासीमा रवीन्द्रनाथ शर्मा, यादवप्रसाद पन्त, रूपन्देहीमा दीपक बोहरा, निरञ्जन थापालगायतका पञ्चको जित तिनीहरूको जातीय भोटका कारण होइन, बरु त्यहींका रैथाने मधेसी भोटका कारण हुने गथ्र्यो । त्यसबेला मधेसमा बहुदलवादीको प्रभाव पनि कम थिएन । पञ्चायतकालमा बहुदलवादीको प्रमुख क्रीडास्थल सीमा क्षेत्रमा भारतीय बजार र मधेसका बस्ती हुन्थे । त्यसैको नतिजा देखियो- २०३६ र २०४६ को आन्दोलनमा । बहुदल-निर्दल निर्वाचनमा मधेसका अधिकांश जिल्लामा बहुदलले जितेको थियो । पछि विद्यार्थी राजनीतिको केन्द्रबिन्दु मधेसकै -विराटनगर, जनकपुर, वीरगन्ज, नेपालगन्ज) का क्याम्पस बनेका थिए । नतिजा सबैलाई स्पष्ट छ- २०४६ पछिका निर्वाचनमा सुनसरी मोरङबाट गिरिजाप्रसाद कोइराला, सप्तरीबाट कुवेर शर्मा, सिरहाबाट विष्णुबहादुर वाइबा, धनुषाबाट लीला कोइराला, आनन्द ढुंगाना, महोत्तरीबाट शरदसिंह भण्डारी, वसन्त गुरुङ, र्सलाहीबाट रामहरि जोशी, मीना पाण्डे, रौतहटबाट माधवकुमार नेपाल, बाराबाट ऋषिकेश गौतम, पर्सर्ााट कृष्णप्रसाद भट्टर्राई, रमेश रिजाल, नवलपरासीबाट देवेन्द्रराज क“डेल, रूपन्देहीबाट धनपति उपाध्याय, रामकृष्ण ताम्राकार, कपिलवस्तुबाट दीपकुमार उपाध्याय, बा“केबाट सुशील कोइरालालगायत दर्जनांै पहाडे समुदायका नेताले मधेसीको सैद्धान्तिक भोटका बलमा जितेका थिए । त्यस अवधिमा मधेसी समुदायकै नेता पनि सैद्धान्तिक मत पाएरै जित्थे । उदाहरणको लागि सप्तरीबाट जित्ने गजेन्द्र नारायण सिंह, जेपी गुप्ता, रामकुमार चौधरी आआफ्ना स्वजातीय भोटका कारण होइन, बरु सैद्धान्तिक भोट पाएर जितेका थिए । धनुषाबाट स्मृतिनारायण चौधरी, रामचन्द्र झा, विमलेन्द्र निधिहरू आआफ्ना जातीय भोटले होइन, बरु सैद्धान्तिक र व्यक्तित्व प्रभावका कारण जित्दै आएका छन् ।

नेपालको सर्न्दर्भमा निर्वाचनको मतदान शैलीमा जातीयताको रङ केवल मधेसमा मात्रै होइन, पहाडी क्षेत्रलगायत काठमाडौंमा पनि त्यति नै देखि“दै आएको हो । काठमाडौं उपत्यकामा अधिकांश निर्वाचनमा नेवार समुदायकैले जित्ने गरेको सत्य सबैसामु र्छलंगै छ । जातीय प्रभाव ग्रामीण भेगमा मात्र होइन, क्याम्पसको राजनीति, पेसागत संगठन -प्राध्यापक संघ, इन्जिनियर्स एसोसिएसन) को निर्वाचनमा पनि देखि“दै आएको हो । पञ्चायतकालमा दलमाथि प्रतिबन्ध लागेका अवस्थामा झा“गिएको विद्यार्थी राजनीति अहिलेसम्म कायमै छ । यो पंक्तिकारस“ग पनि विद्यार्थी राजनीतिका केही अनुभव छन् । खासगरी स्ववियु निर्वाचनताका उम्मेदवार चयन गरिंदा जातीय, क्षेत्रीय एवं लैंगिक समीकरणलाई महत्त्वसाथ हेरिन्थ्यो । इन्जिनियरिङ कलेज पुल्चोकमा अध्ययरत रह“दा चार वर्षा स्ववियु र नेपाल इन्जिनियरिङ विद्यार्थी समाज -नेस) को गरी कम्तीमा ६ वटा निर्वाचन अनुभव संगालियो । खास मज्जा त मतगणनाका बेला हुन्थ्यो । कतिपय मतपत्रमा नेवार समुदायको उम्मेदवारमा मात्र छाप लागेको पाइन्थ्यो भने कतिपय मधेसी समुदायका उम्मेदवारमा मात्र । कुनै कुनै मतपत्रमा सबै सिटमा एकै प्यानेलको उम्मेदवारलाई मत दिइएको हुन्थ्यो तर त्यही प्यानलको मधेसी उम्मेदवारलाई छाडिएको हुन्थ्यो । कुनैकुनैमा एउटै प्यानलमा छाप लागेको हुन्थ्यो तर नेवार समुदाय बाहेककालाई मात्र । कुनैकुनै मतपत्रमा त केटी उम्मेदवार मात्रलाई मत गएको हुन्थ्यो । मतदानको यो शैली बुझेरै टिकट वितरण गर्ने बेला विपक्षी उम्मेदवारको नाम हेरेर आफ्नो पक्षको उम्मेदवार छनोट गर्ने गरिन्थ्यो । कुनैकुनै बेला एक पक्षबाट केटा उम्मेदवार र अर्को पक्षबाट केटी उम्मेदवारबीच प्रतिस्पर्धा भएका बेलामा केटी उम्मेदवारको जित पहिल्यै घोषणा गरेसरह हुन्थ्यो । पेसागत संघसंस्थाको निर्वाचनमा पनि त्यस्तै नै हुने गरेको पाइन्छ । खासगरी सभापतिमा बाहुन, छेत्रीले उम्मेदवारी पाएपछि उपसभापति र सविचमा मधेसी एवं नेवार समुदायकालाई दिने, कोषाध्यक्षमा महिला उम्मेदवार दिने पुरानै चलन हो । तर्सथ नेपालको हरेक तहको निर्वाचनमा जातीयताले एउटा पक्षका रूपमा भूमिका खेल्दै आएको छ । अहिले आएर मधेसको राजनीतिमा पनि जातीयताको केही प्रभाव पर्नसक्ने सत्य हो तर यो पनि सत्य हो कि जातीय फ्याक्टर मधेसमा मात्र होइन, पहाडमा पनि उत्तिकै लागू हु“दै आएको हो । जहा“सम्म छोरी आफ्नै जातलाई दिने प्रसंग छ, त्यसमा कसैले बिर्सन नहुने पक्ष के छ भने जानीजानी आफ्नो इच्छाले कुनै पनि बाबुआमाले छोरी अर्को जातलाई दिने इच्छा राख्दैनन् । छोरीले आफूखुसी बिहा गरेको खण्डमा परिवारद्वार स्वीकार गर्नेहरूको संख्या पहाडी समुदायमा अलि बढी होला तर समग्रमा नेपाली समाजको बनोट जातिवाद, धर्मवाद र नातावादमा आधारित रहेको सत्यलाई बिर्सिनु ह“ुदैन ।

मधेसी समाजका समस्या

मधेसी समाज केवल राजनीतिक समस्याका कारण मात्र पछाडि परेका होइनन्, यसका अनेक सामाजिक पक्ष पनि छन् । पञ्चायती व्यवस्थाले दलमाथि प्रतिबन्ध मात्र लगाएको थिएन, कर्मचारीतन्त्रलाई बिगारेको पनि थियो । राणाकालको तुलनामा पञ्चालयतकालमा शक्तिकेन्द्रहरूको संख्यामा बढोत्तरी भएपछि कर्मचारीतन्त्रलाई झन् बढी भ्रष्टाचार उन्मुख बनाएको थियो । सरकारी जागिर खान पुगेका पढेलेखेका मधेसी महेन्द्रीय राष्ट्रवादको सिकार मात्र भएनन् बरु तिनले आफ्नो मनोबल कमजोर पनि बनाए । भ्रष्टहरू दुवै समुदाय हुन्थे तर त्यसमा पहाडे समुदायकाहरू राज्यपोषित हुने भएकाले अगुवाको भूमिका निर्वाह गर्ने गर्थे, मधेसीहरू तिनको पिछलग्गु हुन्थे । त्यस अवधिमा मधेसी समाजले प्रजातान्त्रिक आन्दोलनमा व्यापक सहभागिता त जनायो तर अपेक्षाकृत संख्यामा नेता जन्माउन सकेन । पढेलेखेका मधेसीबाट सुरक्षा, सद्भाव नपाएको समाज हो मधेस । मधेसी समाजको विगतको सबैभन्दा ठूलो समस्या भनेकै पढेलेखेका वर्गमा आफ्नै समाज, गाउ“, ठाउ“स“ग विलगाव हुने चाहना र त्यहा“का नेताको पिछलग्गु हुने भावना थियो । पढेलेखेकाले त्यस समाजमा विकृति, विसंगत्रि्रति आक्रमण गर्नुपथ्र्यो, त्यसको बहिष्कार गर्नुपथ्र्यो, त्यसविरुद्धमा अभियान चलाउनुपथ्र्यो, सिर्जनशील हुने चाहना राख्नुपथ्र्यो तर दर्ुभाग्यवश त्यसो नगरेर उल्टै त्यस्ता पक्षलाई अंगीकार गर्न पुगे । मौन र्समर्थन गर्दै त्यस अनुकूल आफूलाई ढाल्ने प्रयास गरेे । अपवादमा कसैले त्यस्तो गर्न खोज्नेको अवस्थामा पढेलेखेकाले प्रोत्साहन होइन, हतोत्साह गर्ने प्रयास गरे । यी सबैको फलस्वरूप अहिले पनि मधेसमा दाइजोप्रथा बढ्दै जानु, पढाइलाई केवल प्रमाणपत्र प्राप्त गरी जागिर खाने माध्यमका रूपमा लिनु, जागिर र राजनीतिक पदलाई जसरी पनि पैसा कमाउने भा“डो बनाउनुजस्ता विकृति धेरै हदसम्म कायम छन् । राजनीतिमा पनि मधेसीको अवस्था त्यस्तै थियो । नेताको सट्टा अनुयायी बने, धेरैजसोले आफूलाई मतदाता भन्दा माथि उठाउनै सकेनन् ।

अहिले भने राजनीतिकर्मीले लक्ष्मणरेखा तोड्दै छन् । ढिलै भए पनि महन्त ठाकुर, उपेन्द्र यादव, जेपी गुप्ता, वृषेशचन्द्र लाल, महेन्द्र राय यादवहरूको प्रयास सराहनीय छ । पढेलेखेका मधेसी समुदायमा अहिले पनि हिम्मत आएको देखि“दैन । तिनको तुलनामा युवापुस्ता जुझारु देखिएका छन् । भोलिको मधेसको तस्बिर बुझ्न घरघरायसीमा अल्भिmसकेका बुद्धिजीवी भनाउ“दालाई हेरेर पुग्दैन बरु तीस वर्षुनिका मधेसी युवापुस्तालाई हर्ेर्नुपर्छ । आफ्ना पुस्तामा सीके लालहरू अपवाद हुन् तर युवापुस्तामा प्रशान्त झाहरू सामान्य हुन पुगेका छन् । जतिजति शिक्षा र बाहिरी दुनिया“स“ग सत्संग बढ्दै गएको छ, युवापुस्ताका मनमा जातिवादको घर भत्कि“दै गएर जुझारु मधेसवादको भावनाले बलियो जरा बनाउ“दै गएको छ ।

भोलिको मधेसको कल्पना गर्दा पञ्चालयकालमा विस्थापित हुनपुगेका वीपीको राष्ट्रवाद र जबरजस्ती स्थापित हुनपुगेको महेन्द्रीय राष्ट्रवाद -जसलाई २०४६ पछिका दिनमा गिरिज्ााप्रसाद र माधव नेपालले पनि स्वीकार गरेको देखियो) को आयु धेरै लामो छैन । यसपटकको निर्वाचनमा मधेसमा जातिवादभन्दा पनि समुदायवाद अर्थात् मधेसवाद हाबी हुने हो ।

जसरी २०४८ को निर्वाचनमा प्रजातन्त्रवादीहरूको लहरले पञ्च उम्मेदवारको उठिबास भएको थियो त्यसैगरी यसपटकको निर्वाचनमा -खासगरी मधेसमा) मधेसवादको लहरले काम गर्नेछ, नकि मधेसी समुदायभित्रका केबल जातीय पक्षले ।

source::http://kantipuronline.com/kolnepalinews.php?&nid=143182

Advertisements

Entry filed under: Articles.

Plain Politics – Prachanda`s protests The rumblings in Nepal’s Tarai Inside Nepal

3 Comments Add your own

  • 1. DIVAS  |  April 8, 2008 at 6:55 am

    Good write-up!
    my impression:
    Some figures whom I’ll have to greet as CA members despite my unwillingess:

    * Ram Bdr Thapa(Badal): The greatest yet unrecognized person behind Madhesi-Pahadi communal violence. He had arrogantly threatened the Madhesis of Safaya(Purge) who were protesting against Maoist high-handedness in Lahan.

    *Hridayesh Tripathi, Rajendra Mahato: Despite being a clean figure, Tripathi for accusing all Paharis of looting the Madhesis, & Mahato for fanning extremism even as a Minister.

    *Govinda Raj Joshi, Sharad Singh Bhandari, Bijay Gacchedar, Kamal Thapa: They’ll leave no stone unturned to corrupt themselves.

    *Ram Saran Mahat, Ishwor Joshi, K P Oli: “No one adopts politics to become a saint.”

    *Girija P Koirala, Surya B Thapa: Farting Old Horses! Go Benares!!

    *Suggestion to all Voters: Vote for a person from your own caste, race, gender, ethnicity, and religion. Don’t blame others for exploitation later!

    FROM:
    http://drdivas.wordpress.com/2008/04/08/dont-vote-for/

  • 2. aAkaR  |  April 18, 2008 at 1:14 pm

    निर्वाचन मा जातियता को कुरा पक्कै उठेको छ । (मधिसे र पहाडे भनेर) अझ अहिले त तमलोपा ले “जोडा बयल मे मोहर लगावो,पहडियाके हिंगा लगावो” भन्ने धुँवादार नारा पनि दिएकोरै’छ तराईका भित्रि गाँउहरुमा ! खै के भन्ने ????

  • 3. deepak shrestha  |  April 25, 2008 at 9:01 am

    dw]z / kxf8L ljrsf] n8fO{ geO{ of] dw]z jf;Lsf] klxrfgsf] n8fO{sf] ?kdf dw]z cfGbf]ngnfO{ lng’k5{ / o; cfGbf]ngsf] g]t[Tj ug]{ g]t[Tj ju{n] klg a’em\g’ k5{ . xfdL kxf8L d”nsf ePklg xfd|f] efiff / ;+:s[lt dw]z;+u g} w]/} ldN5, xfdL rf}yL, h’/lztn, 57 kj{ h:tf dw]zL ;+:s[lt xfd|f] cGt/dgdf k;L ;s]sf] 5 . cjsf] af6f] eg]sf] dw]zdf /x]sf dw]zL / kxf8L jLr kmf6f] Nofpg] p208 sfo{ geO{ ;d:ofsf] h/f] kQf nufO{ To;nfO{ pv]Ng] k|oTg x’g’k5{ .

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 48 other followers


%d bloggers like this: