मधेसीवादको सांस्कृतिक बुल्डोजर

July 16, 2008 at 2:48 pm Leave a comment

मधेसीवादको सांस्कृतिक बुल्डोजर

— ज्योति दनुवार

तर्राईका आदिवासी जनजाति, दलित र अल्पसङ्ख्यकलाई मधेसीका रूपमा चित्रित गर्नु कुनै पनि किसिमले न्यायसङ्गत होइन । मधेसको रूपमा ख्याति कमाएका भारतीय भूभागबाट नेपाल तर्राईमा राज्यकै प्रोत्साहनस्वरूप मधेसी समुदाय पटकपटक भित्रिएको तथ्य इतिहासले सावित गरसिकेको छ । त्यस्तै पहाडबाट पनि तर्राईमा अतिक्रमण विशेष किसिमले राज्यद्वारा नै प्रायोजित गरिएको थियो । तर्सथ, तर्राईभित्र मुख्य तीनथरीका सांस्कृतिक समूहहरू उपस्थित हुन पुगेका छन्ः तर्राईका रैथाने आदिवासी जनजातिहरू, भारतीय भूमिबाट आगन्तुक मधेसीहरू र औलो उन्मूलनपश्चात् पहाडबाट बसाइँ सरी आएका पहाडीहरू ।
यी तीन समुदायबीच मुख्यतया सांस्कृतिक र आर्थिक अन्तरविरोध रहँदै आएका छन् । मधेसीवादको मुख्य सामाजिक-सांस्कृतिक धरातल आर्य संस्कृति, हिन्दू धर्म र हिन्दी भाषा हो । तर, तर्राईका आदिवासी जनजातिहरूको जीवनपद्धति भने आदिम संस्कृति, प्रकृतिपूजा र स्थानीय मातृभाषामा आधारति छ । पहाडी समुदायले राज्यसत्ताद्वारा निर्मित र प्रवर्द्धित पहाडी संस्कृति, हिन्दू धर्म र नेपाली भाषा अर्न्तर्गत आफ्नो पहिचान बनाएको छ । यी तीनवटै सांस्कृतिक समुदायबीच आधारभूत भिन्नता हुँदाहुँदै केही समानता पनि देखिएका छन्, जुन समयक्रममा भएको अन्तरघुलनको परिणाम मात्र हो ।
यी तीनथरीका सांस्कृतिक समूहहरूमध्ये पहाडी समुदायको पहिचान अपेक्षाकृत प्रस्ट छ । तर, तर्राई आदिवासी र मधेसी समुदायका बीचमा पहिचानको प्रश्नमा जटिलता छ, जुन नहुनुपर्ने थियो । सापेक्ष रूपमा तर्राईमा समुदायको उपस्थिति काललाई आधार बनाइयो भने यो समस्याबाट पार पाउन सकिन्छ । मुसलमानलगायतका मधेसीहरू चौधौँ शताब्दीताकादेखि तर्राईमा जङ्गल पँmडानी गरेर अथवा थारूहरूको भूमि कब्जा गरेर प्रवेश गर्न थालेको देखिन्छ । तर, यस सर्न्दर्भमा मधेसी विद्वान्हरू प्रायः जनककालीन समयको सर्न्दर्भ उल्लेख गर्छन् र मधेसीहरू पनि तर्राईका आदिवासी हुन् भन्ने तर्क राख्छन्, जसको पर्याप्त आधार छैन ।
अर्कोतर्फ कृषि मजदुरका रूपमा सीमावर्ती भारतबाट हालको नेपाली सीमाभित्र प्रवेश गरेका यादव, बनियाहरू पनि मधेसी पहिचानभित्रै अटाएका छन् । उनीहरू सबैले आफूहरू असली तर्राईवासी भएको तथा कुनै पनि नेपालीभन्दा कम नेपाली नभएको सन्देश आक्रामक रूपले प्रवाह गररिहेका छन् । निश्चित रूपमा उनीहरू कसैभन्दा कम नेपाली छैनन् । तर, वस्तुगत सत्यलाई इन्कार गरी आत्मरतिमा रमाउने तरकिाले कुनै ठोस निष्कर्षा पुग्न सकिँदैन ।
संविधानसभाको चुनावमा तर्राईका २० जिल्लाबाट प्रत्यक्षतर्फकुल सिटको आधाभन्दा कममा मात्र जित्नसकेका मधेसी दल र नेताहरूमा सम्पर्ूण्ा तर्राई र त्यहाँको सम्पर्ूण्ा समुदायहरूको ठेकेदारी लिन खोज्ने प्रवृत्ति देख्दा बहुमत तर्राईवासीहरू छक्क परेका छन् । र पनि, ती समुदायका भावनाहरूलाई मधेसीवादको चास्नीभित्र राखेर मधेसी अगुवाहरूले राज्यसत्तासँग मोलतोल गररिहेको परिदृश्यबाट तर्राईमा असन्तुष्टि बढ्दै जाने प्रबल सम्भावना देखिन्छ ।
राज्यसत्तासँग मोलतोलकै सर्न्दर्भमा मधेसी वृत्तमा प्रायः दुई किसिमको राष्ट्रवादको हवाला दिइन्छ । एउटा मधेसी राष्ट्रवाद, अर्को पहाडी राष्ट्रवाद । तर, यो अवधारणासँग सहमत हुन सकिने ठाउँ देखिँदैन । नेपालमा सयभन्दा बढी जाति-जनजातिहरूको पहिचान र किटान भइसकेको छ । ती प्रत्येक जाति-जनजाति आफैँमा ‘राष्ट्र’ हुन् । तर्राईमा बसोबास गर्ने विभिन्न जाति-जनजाति मधेसी राष्ट्रवादको परिभाषाभित्र अटाउन सम्भव नै छैन । मुसहर राष्ट्रवाद, चमार राष्ट्रवाद, थारू राष्ट्रवाद, दनुवार राष्ट्रवाद, उराँव राष्ट्रवाद तर्राईका वास्तविकता हुन् र यसलाई असत्य सावित गर्ने प्रयास भनेको नै सांस्कृतिक साम्राज्यवाद हो ।
०६३ माघमा तर्राईबासीहरू सडकमा ओर्लेर वर्तमान राज्यसत्ताविरुद्घ चरम असन्तुष्टि पोखेपछि बलेको आगो ताप्न र ठूलो भाग खोज्न खाइपाई आएका राजनीतिक दलका मधेसी नेताहरू नयाँ दल खोलेको अथवा नयाँ दलमा प्रवेश गरेको उदाहरणबाट पनि यसको पुष्टि हुन्छ । अहिले फेर ितिनै नेताहरू संविधानसभामा रूपरङ्ग फेरेर तर्राईको मसिहाका रूपमा प्रवेश गरेका छन् । बुझ्नुपर्ने कुरा के हो भने ठाकुर, गुप्ता नामधारी नेताहरू हिजो पनि पौडेल, कोइराला, नेपालहरूसँग एकै ठाउँमा थिए र आज पनि ती सँगसँगै छन् । आवश्यकता पर्दा यिनीहरू फेरि एउटै भाषा बोल्नेछन् ।
राज्यले मधेसीहरूको समस्या तथा मुद्दालाई सम्बोधन गरसिकेको अथवा गर्न अस्वाभाविक अग्रसरता देखाइरहेका सर्न्दर्भमा तर्राईका बहुसङ्ख्यक आदिवासी र दलित भूमिपुत्रहरूको पहिचान र अधिकारलाई पनि उचित सम्बोधन गर्नुपर्छ । यसो नगरेको खण्डमा सधैँ प्रभावशाली रहिआएका उत्पीडकलाई वैधानिक रूपले स्थापित हुनमा मद्दत मिल्ने मात्र देखिन्छ । र, उत्पीडितहरू यथास्थानमा रहिरहने तथा उनीहरूको पीडा लम्बिँदै जाने सम्भावना रहन्छ । यसले समस्याको दर्ीघकालीन समाधानमा सहयोग गर्दैन । राज्यले तर्राईका त्रिपक्षीय सांस्कृतिक आयामको पनि वास्ता गरेको देखिँदैन । यसले काठमाडौँका परम्परागत संस्थापन पक्ष मधेसीवादको नयाँ आवरणभित्र तर्राई आदिवासी र दलितहरूलाई आफ्नो प्रभुत्वभित्र राखिरहन उद्यत त छैन भन्ने आशङ्का जन्माउँछ ।
मधेसीवादको सांस्कृतिक बुल्डोजरभित्र पिल्सिएर तर्राईका दलितहरूले आफ्नो पहिचान गुमाउनुपरेको कथाका आयाम बेग्लै छन् । नामेट हुने गरी यिनीहरूको मूल पहिचानमाथि मधेसीवादको जलप लगाइएको छ । तथ्यले प्रस्ट रूपमा भन्छ, अस्ट्रो ड्रभिडियन मूलका मुसहर, बाँतर, चमार, डुम, कुम्हार, लोहार, अमात, दुसाध, तत्मा, खत्वे, गोरहिया, केवट तथा धानुकजस्ता समुदाय यथार्थमा तर्राईका आदिवासी हुन् । यिनीहरू मूलतः बौद्ध हुन् र शङ्कराचार्यको हिन्दूकरण अभियानताका यिनीहरूलाई जबरजस्ती हिन्दू बनाइएको हो । यिनीहरू पनि राज्य तथा साहू-जमिनदारबाट चरम शोषण, दमन तथा उत्पीडनमा परेका छन् । तर्राईमा यिनीहरू नै अधिकांशतः जग्गा तथा नागरकिताविहीन समुदाय हुन् ।
राज्यले संविधानसभा चुनावको मुखैमा नागरकिता टोली खटाएर तर्राईमा नागरकिता वितरण गरेको चटक त देखायो तर त्यसले उत्पीडितहरूको नागरकिताविहीनताको समस्यालाई ज्यूँकात्यूँ राखिछोडे । अब ती टोलीहरूले कसको सेवा गरेर आए भन्ने कुरा यहाँ उल्लेख गररिहनु पर्दैन, नागरकिता बनाउने क्रममा सीमापारिबाट लेनदेन भएकोसम्बन्धी परेका हजारौँ उजुरीहरू यसबारेमा आफैँ बोल्छन् ।
राज्यका निकायहरूमा जातीय जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व र सहभागिताको प्रश्न हाल टड्कारो रूपमा उठिरहेको छ । पहाडी क्षेत्रका जाति-जनजातिको सामुदायिक स्वत्त्व सुरक्षित हुनेगरी पहिचान भइसकेका सर्न्दर्भमा तर्राई क्षेत्रका जाति-जनजातिको पनि वैयक्तिक पहिचान इमानदारीपूर्वक राज्यले गर्नुपर्छ र त्यसै आधारमा उनीहरूको प्रतिनिधित्व समग्रतामा सुरक्षित पार्नुपर्छ । अन्यथा तर्राई क्षेत्रको असन्तुष्टि यथास्थानमा नै रहिरहने र भूसको आगोझैँ सल्किरहने सम्भावना रहन्छ ।

-थारू कल्याणकारिणी सभाद्वारा ०६५ जेठ १६ गते आयोजित कार्यक्रममा प्रस्तुत कार्यपत्रको अंश)

http://www.kantipuronline.com/pNepal/article.php?&aid=40

Advertisements

Entry filed under: Uncategorized.

Madhesi Leaders’ Speech in CA Floor – July 9, 2008 “Ek Madhesh, Ek Pradesh”: How feasible is this proposition by Nepalese Madheshis?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 49 other followers


%d bloggers like this: