कवि शिरोमणिको मधेश अनुभूति

May 22, 2009 at 1:41 am Leave a comment

 

कवि शिरोमणिको मधेश अनुभूति

डा. रामदयाल राकेश
कवि शिरोमणि लेखनाथ पौड्यालले ‘मधेश’ शब्दलाई दुई भौगोलिक भू-भागमा हेर्ने प्रयास गर्नुभएको छ । एउटा भौगोलिक भू-भाग छिमेकी राष्ट्र भारतमा अवस्थित मधेश र अर्को भू-भाग हो नेपालमा अवस्थित मधेश । भौगोलिक अवस्थिति अनुसार शिवालिक पहाडदेखि गड्ढा मैदानसम्मको भू-भागलाई ‘मधेश’ भनिएको छ जुन तर्कसड्ढत देखिन्छ । मधेश शब्दको व्युत्पित्तिनै गरिएको छ मध्य देशबाट । मधेश शब्दबाट अर्को अर्थ पनि लाग्न जान्छ त्यो हो भारत वर्ष जसको शाब्दिक अर्थ हुन्छ आभामा रत देश । लेखनाथ पौड्यालको एउटा कविता ।’म मधेशमा’ शीर्षक राखिएको उहाँको काव्य सङ्ग्रह ‘लालित्य’मा प्रकाशित छ । यसमा उहाँले मधेशलाई भारत देश सम्झेर नै वर्णन गर्नुभएको छ । यस कविताको प्रारम्भ नै यसरी गरिएको छ

‘प्रभाव गड्ढातटको विशेष

हेरेर आएँ म फिरी मधेश ।

बस्नै पर्‍यो क्यै दिन झोपडीमा

फसेर दैवी गतिको कडीमा ।’

हुनत सम्पूर्ण मधेश प्रदेशको हावापानी, जलवायु, मौसम र जीवनशैलीमा प्रायः समानता पाइन्छ । एउटै किसिमको उराठलाग्दो मौसमको अनुभूत हुन्छ । उही उखरमालो गर्मी, तातो तावा जस्तो सम्पूर्ण तराई प्रदेश, हुरीबतास युक्त तातो हावा, धूलधूसरित समतल मैदान । घरमा बस्यो भने पनि पसीनै पसिनाले निथ्रुक भिजेको जिउ, झिड्ढा, लामखुट्टे र उडुसको टोकाइबाट रातभरि निद्रा नलाग्ने । रातभरि उकुस मुकुसमा समय काट्नुपर्ने । चैत र वैशाख महिनामा त झन् प्रचण्ड घाम लाग्ने । सम्पूर्ण वातावरणमा कहीँ पनि शितलताको आभास एवं अनुभव नहुने । गर्मीको असहृय वेदनाको वर्णन गर्न कविशिरोमणि पौड्यालले केही शब्द खर्चनु भएको छ ।

‘उराठिलो चैत्र मास

धुलै धुलैका सब तर्फ राश

गर्मी बढेको छ, हावा छ तातो

निस्क्यो भने बाहिर उड्छ सातो ।’

काठमाडौँजस्तो शीतल ठाउँमा बस्ने कविलाई मधेशको यस्तो अनुभव हुनु सर्वथा स्वाभाविक हो । कटु अनुभवलाई यसरी अभिव्यक्त गर्नुभएको छ ‘मध्यान्ह-बेला छ पला -पलामा

चुहन्छ खाली पसिना थलामा ।

पल्टी तताएँ भरिशक्य खाट

भएन निद्रासित भेटघाट ।’

मधेशको यस्तो यथार्थवादी अनुभव नेपाली वाङ्मयको कुनै पनि विधामा अहिलेसम्म भएको पाइँदैन । मधेशको यस्तो हृदय विदारक दृश्यबाट नेपाली साहित्य अहिलेसम्म वञ्चित नै भएको पाइन्छ ।

कवि शिरोमणिलाई मधेशमा पाइने चराचुरूड्ढीहरूको चालामालासित पनि परिचित हुने अवसर प्राप्त भयो । कस्तो सुक्ष्म निरीक्षण छ कविको ।

‘सारौँ, परेवा र चिवे, भँगेरा-

काका क.. दि चोट्टा चिडिया घनेरा ।

त्यै जीर्ण छानू उघिनी उजारी

बोक्छन् चुचाले खर चट्ट घारी ।’

कवि शिरोमणिलाई यो सबै हृदय विदारक दृश्य हेरेपछि सर्वसम्मत निष्कर्ष पुगनमा सजिलो भएको छ । प्रकृतिको जीवनमा पनि बलियाले निर्धालाई कसरी सताउँछ, कसरी उसको अस्तित्वलाई सत्यानास गर्दछ, कसरी बाँच्नका लागि सङ्घर्ष गर्नुपर्दछ यसको मार्मिक र मर्मस्पर्शी वर्णन उहाँले गर्नु भएको छ ।

जहानियाँ शासनको पनि उहाँलाई जीवनानुभव रहेछ । उहाँले आˆनो जीवनाभूतिलाई यसरी अभिव्यक्ति दिनुभएको छ

‘कतै कसैको मरणान्त दुर्गति

कतै भने सम्पत्ति माथि सम्पत्ति

कहाँ छ त्यो ईश दयानिकेतन

तँलाई मालूम छ कि यो कुरा ।’

कवि शिरोमणिलाई नेपालमा अवस्थित मधेशको महत्त्व र महिमा पनि उत्तिकै मात्रामा थाहा छ । कवि शिरोमणि मधेशप्रति अतिनै भावुक, अति नै संवेदनशील हुनुहुन्छ । उहाँको हृदयमा मधेशप्रति अतिशय अनुराग छ, अत्यन्तै स्नेहिय भावना छ, अति नै प्रेमिल संवेदनात्मक अनुभूति छ ।

नेपालको मुकुटमणि हिमाल छ भने उसको पैतलातुल्य मधेशको अवस्थितिलाई पनि अस्वीकार गर्न सकिन्न । मधेश शस्य, श्यामल, त छँदैछ यो अन्नको भण्डार पनि छ । मधेशको सभ्यता र संस्कृतिसित जोसुकैलाई सम्बन्ध स्थापित गर्न सन्देश दिन्छ यसको अवस्थितिले वषर्ाऋतुमा चारैतिर पानी नै पानीको दृश्यावलोकन गर्न सकिन्छ । नीलो नभमा कालो बादल । क्षितिजको कुनै कुनामा इन्द्रधनुषी छवि र छटा । सप्तरड्ढी इन्द्रेनी मधेशको सौन्दर्यमा मुखरित हुन्छ । शरदऋतुमा त प्रकृति पहेँलो परिधानमा भएर प्रस्तुत हुन्छे । किनभने धानको हरियो बाला हावामा झुलिरहेको पाइन्छ । यो अपूर्व प्रतिभा र अद्भूत दृश्यावली मधेसमा यत्र-तत्र देखापर्दछ । तसर्थ यसलाई धनधान्यले भरिपूर्ण भनिएको छ ।

‘यसमा कम छन् बस्नी बास

मलेरियाको यो छ निवास ।

दक्षिणपट्टी धान्याडगार

सूक्ष्म तराई खण्ड अपार ।

यो छ मटीलो भाग मधेश

यसमा उब्जा हुन्छ विशेष

राष्ट्रकोषको पोषण पूर्ति

गर्छ सदा यो मड्ढलमूर्ति ।’

कवि शिरोमणि मधेश मर्मज्ञ हुनुहुन्छ र उहाँले मधेशको मर्मस्पर्शी र मार्मिक वर्णन गर्न पुग्नु भएको छ ।

source:http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=9925&cat_id=22

 

Advertisements

Entry filed under: Uncategorized.

Lumbini, birthplace of the Buddha, struggles with identity Multiethnic Federalism

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 49 other followers


%d bloggers like this: